ईसाई धर्म
पछाडि

लेवी 18

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेहले मोशालाई भन्‍नुभयो,

2“इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।

3तिमीहरूले प्रवास गरेको इजिप्टियनहरूले गरेका कामहरूझैँ नगर। अब म तिमीहरूलाई कनान देशमा लैजाँदैछु। यसकारण त्यहाँका मानिसहरूले गर्ने कामहरूझैँ नगर। तिनीहरूका विधि-विधानहरूलाई नपछ्याऊ।

4तिमीहरूले मेरा विधि-विधानहरू पालन गर्नू। अनि मेरा उर्दीहरू होशियारीसाथ पालन गर्नू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।

5मेरा उर्दी र आज्ञाहरू पालन गर्नू। किनकि ती पालन गर्ने मानिस त्यसैद्वारा जिउनेछ; म नै याहवेह हुँ।

6“ ‘तिमीहरूमध्ये कसैले पनि आफ्नो नजिकको नातेदारसँग सहवास नगर्नू; म नै याहवेह हुँ।

7“ ‘आफ्नी आमासित सहवास गरेर आफ्ना बुबाको अपमान नगर्नू। त्यो तेरी आमा हो; त्यससित यस्तो सम्बन्ध नराख्नू।

8“ ‘तैँले आफ्नो बुबाको पत्नीसित सहवास नगर्नू; त्यसो गर्नाले तैँले आफ्ना बुबाको अपमान गर्छस्।

9“ ‘आफ्नी बहिनीसित अर्थात् आफ्ना बुबाको छोरी वा आमाकी छोरी, चाहे त्यो एउटै घरमा वा कहीँकतै जन्मेकी होस्, त्यससित सहवास नगर्नू।

10“ ‘आफ्नो छोराको छोरीसित अथवा आफ्नी छोरीकी छोरीसित सहवास नगर्नू; त्यसले तेरो अपमान हुनेछ।

11“ ‘आफ्नी सौतेनी आमापट्टिबाट तेरा बुबाद्वारा जन्मिएकी छोरीसित सहवास नगर्नू; त्यो तेरी बहिनी हो।

12“ ‘आफ्ना बुबाको दिदीबहिनीसित सहवास नगर्नू; त्यो तेरा बुबाका नजिकको नातेदार हो।

13“ ‘आफ्नी आमाकी दिदीबहिनीसित सहवास नगर्नू; किनकि त्यो तेरी आमाकी नजिकको नातेदार हो।

14“ ‘आफ्ना बुबाको भाइकी पत्नीकहाँ सहवासको लागि गएर काकाको अपमान नगर्नू; त्यो तेरी काकी हो।

15“ ‘आफ्नी बुहारीसित सहवास नगर्नू। त्यो तेरो छोराकी पत्नी हो; त्यससित यस्तो सम्बन्ध नराख्नू।

16“ ‘आफ्नो भाउजूसित सहवास नगर्नू; त्यसले तेरो दाजुको अपमान हुनेछ।

17“ ‘कुनै स्त्री र त्यसकी छोरी दुवैसित सहवास नगर्नू। त्यसका छोराकी छोरीसित अथवा त्यसकी छोरीकी छोरीसित सहवास नगर्नू; ती नजिकका नातेदार हुन्। त्यो त दुष्‍टता हो।

18“ ‘आफ्नी पत्नीको जीवनकालमा त्यसकी दिदी वा बहिनीलाई सौता ल्याएर सहवास नगर्नू।

19“ ‘कुनै स्त्रीको रजस्वलाको अशुद्धिमा त्यस स्त्रीकहाँ सहवासको लागि नजानू।

20“ ‘आफ्नो छिमेकीको पत्नीसित सहवास गरेर आफूलाई अपवित्र नबनाउनू।

21“ ‘आफ्ना सन्तानलाई मोलेखको निम्ति बलिदान गर्न नदिनू। किनकि तिमीहरूले आफ्ना परमेश्‍वरको नाम अपवित्र तुल्याउनु हुँदैन। म नै याहवेह हुँ।

22“ ‘स्त्रीहरूसँगझैँ पुरुषसँग सहवास नगर्नू; त्यो त घृणित कार्य हो।

23“ ‘कुनै पशुसित सहवास गरेर आफूलाई त्यससित अपवित्र नतुल्याउनू। कुनै स्त्रीले पनि सहवासका निम्ति पशुकहाँ नजानू; त्यो त अस्वभाविक भ्रष्‍टता हो।

24“ ‘तिमीहरूले यी कुराहरूमध्ये कुनैमा पनि आफूलाई अपवित्र नतुल्याउनू। किनकि तिमीहरूको सामु म जुन जातिहरूलाई बाहिर धपाउँदैछु, तिनीहरू यस्तै किसिमले आफूलाई अपवित्र बनाए।

25त्यो देशसमेत अपवित्र भयो। यसकारण मैले तिनीहरूका पापका निम्ति तिनीहरूलाई दण्ड दिएँ। अनि त्यस देशले आफ्ना देशवासीहरूलाई ओकलेर फालिदियो।

26तर तिमीहरूले मेरा उर्दी र आज्ञाहरू पालन गर्नू। स्वदेशमा जन्मेका अथवा तिमीहरूसित बस्‍ने परदेशीहरूले यस्ता घिनलाग्दा कुनै पनि काम नगर्नू।

27किनकि यी घिनलाग्दा काम तिमीहरूभन्दा अगि त्यस ठाउँमा बस्‍ने मानिसहरूले गरेका थिए, र देश अपवित्र भयो।

28अनि यदि तिमीहरूले देशलाई अपवित्र तुल्यायौ भने त्यसले तिमीहरूभन्दा पहिलेका जातिहरूलाई ओकलेर फालिदिएझैँ, तिमीहरूलाई पनि ओकलेर फालिदिनेछ।

29“ ‘यदि कसैले यीमध्ये कुनै घृणित काम गर्‍यो भने त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्।

30मैले राखेका विधिहरू पूरा गर्नू। अनि तिमीहरू आउनुभन्दा पहिले गरिएका घिनलाग्दा रीतिको अनुसरण नगर्नू। तिमीहरूले त्यस्ता कुराहरूसित आफूलाई अपवित्र नतुल्याउनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath