लेवी 15
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1याहवेहले मोशा र हारूनलाई भन्नुभयो,
2“इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘यदि कुनै मानिसको शरीरबाट धातु बग्छ भने त्यो धातु अशुद्ध हो।
3चाहे त्यो त्यसको शरीरबाट बहिरह्यो अथवा थामिए तापनि त्यसले उसलाई अशुद्ध बनाउँछ। त्यसको धातुस्रावले त्यसलाई यसरी अशुद्ध बनाउँछ:
4“ ‘धातुस्राव बगेको मानिस सुतेको ओछ्यान अशुद्ध हुनेछ। अनि त्यो मानिस बस्ने हरेक थोक अशुद्ध हुनेछ।
5जसले त्यसको ओछ्यान छुन्छ, त्यसले आफ्ना लुगाहरू धोओस्, र पानीले नुहाओस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
6धातुस्राव भएको मानिस बसेको कुनै पनि ठाउँमा जो बस्छ, त्यसले आफ्ना लुगाहरू धोओस्। पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहनेछ।
7“ ‘धातुस्राव बग्ने मानिसलाई जसले छुन्छ, त्यसले आफ्ना लुगाहरू धोओस्, र पानीले नुहाओस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
8“ ‘यदि धातुस्राव बग्ने मानिसले कुनै शुद्ध मानिसलाई थुक्यो भने त्यस मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्; अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
9“ ‘त्यो मानिस सवार हुँदा बसेको प्रत्येक चीज अशुद्ध हुनेछ।
10अनि जसले त्यसको मुन्तिर भएको जुनसुकै कुरालाई पनि छुन्छ, त्यो साँझसम्म अशुद्ध रहनेछ। जसले ती कुराहरू उठाउँछ, त्यसले आफ्ना लुगाहरू धोओस्। अनि पानीले नुहाओस्; र त्यो साँझसम्म अशुद्ध रहनेछ।
11“ ‘धातुस्राव बग्ने मानिसले आफ्नो हात पानीले नधोई कुनै मानिसलाई छोयो भने त्यसले आफ्ना लुगाहरू धोओस्। अनि पानीले नुहाओस्; र त्यो साँझसम्म अशुद्ध रहनेछ।
12“ ‘त्यस मानिसले माटोको कुनै भाँडा छोयो भने त्यो फुटाइयोस्। अनि काठको भाँडा हो भने त्यसलाई पानीले पखालियोस्।
13“ ‘कुनै मानिस धातुस्रावबाट शुद्ध पारियो भने त्यसले आफ्नो शुद्धीकरणका लागि सात दिन गनोस्। त्यसले आफ्ना लुगा धोओस् र ताजा पानीले नुहाओस्, तब त्यो शुद्ध हुनेछ।
14आठौँ दिनमा त्यसले दुई वटा ढुकुरहरू अथवा दुई वटा कलिला परेवाहरू लिएर याहवेहको सामु भेट हुने पालको प्रवेशद्वारमा आओस्, र ती पुजारीलाई देओस्।
15पुजारीले तिनीहरूलाई चढाओस्। एउटालाई पाप शुद्धीकरण बलिका लागि र अर्को होमबलिका लागि। यस प्रकार पुजारीले त्यस मानिसको धातुस्रावको कारण याहवेहको सामु प्रायश्चित गर्नेछ।
16“ ‘कुनै मानिसको वीर्य आफैँ निस्क्यो भने त्यसले आफ्नो सम्पूर्ण शरीर पानीले नुहाओस्; र त्यो साँझसम्म अशुद्ध रहनेछ।
17कुनै लुगा अथवा छालामा वीर्य लागेको छ भने त्यसलाई पानीले धोइयोस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
18कुनै पुरुषले स्त्रीसित सम्भोग गरेपछि दुवैले पानीले नुहाऊन्। अनि तिनीहरू साँझसम्म अशुद्ध रहनेछन्।
19“ ‘कुनै स्त्रीको नियमित रजस्वला भएको छ भने त्यसको रजस्वलाको अशुद्धता सात दिनसम्म रहनेछ। अनि त्यसलाई छुने जो कोही पनि साँझसम्म अशुद्ध रहनेछ।
20“ ‘आफ्नो रजस्वलाको समयमा जे-जेमाथि त्यो सुत्छे वा बस्छे; त्यो अशुद्ध हुनेछ।
21जसले त्यसको ओछ्यान छुन्छ, त्यो अशुद्ध हुनेछ। त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
22जसले त्यो बसेको चीज छुन्छ, त्यसले आफ्ना लुगा धोओस्। अनि पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहनेछ।
23त्यो बसेको ओछ्यान होस् अथवा कुनै पनि वस्तु होस्, त्यसलाई कसैले छोयो भने त्यो साँझसम्म अशुद्ध रहनेछ।
24“ ‘यदि कुनै पुरुषले साँच्चै त्यससित सम्भोग गर्यो, र त्यसको रजस्वलाको रगतले त्यसलाई छोयो भने त्यो सात दिनसम्म अशुद्ध रहनेछ। त्यो सुतेको जुनसुकै ओछ्यान पनि अशुद्ध हुनेछ।
25“ ‘यदि कुनै स्त्रीको आफ्नो रजस्वलाको समयबाहेक अर्को समयमा धेरै दिनसम्म रगत बगिरह्यो अथवा आफ्नो रजस्वला नथामिएर रगत बगिरह्यो भने त्यसको रजस्वलाको समयमा झैँ रगत बगिरहुन्जेल त्यो अशुद्ध हुनेछे।
26त्यसको रक्तस्राव भएको समयमा त्यसको रजस्वलाको समयमा झैँ त्यो सुतेको जुनसुकै ओछ्यान पनि अशुद्ध हुनेछ। अनि त्यसको रजस्वलाको समयमा झैँ त्यो जे-जेमाथि बस्छे, त्यो पनि अशुद्ध हुनेछ।
27जसले ती चीजहरूलाई छुन्छ, त्यो अशुद्ध हुनेछ। त्यसले आफ्ना लुगा धोओस्। अनि पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहनेछ।
28“ ‘आफ्नो रक्तस्राव बन्द भएपछि त्यसले सात दिन गनोस्। अनि त्यसपछि त्यो शुद्ध हुनेछे।
29आठौँ दिनमा त्यसले दुई वटा ढुकुरहरू अथवा दुई वटा कलिला परेवाहरू लिएर ती भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ ल्याओस्।
30पुजारीले तीमध्ये एउटालाई पाप शुद्धीकरण बलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा बलिदान गरोस्। यसरी पुजारीले त्यसका निम्ति त्यसको स्रावका अशुद्धिको लागि याहवेहको सामु प्रायश्चित गर्नेछ।
31“ ‘तिमीहरूले इस्राएलीहरूलाई अशुद्ध तुल्याउने कुराहरूदेखि अलग्गै राख्नू; ताकि तिनीहरूबीच भएको मेरो वासस्थानलाई अपवित्र तुल्याइएको कारण तिनीहरू आफ्ना अशुद्धतामा मर्नेछैनन्।’ ”
32कुनै मानिसको धातुस्रावको निम्ति वीर्य स्खलन भएको कारण कोही अशुद्ध भएको निम्ति,
33मासिक रजस्वलामा भएकी स्त्रीका निम्ति, र कुनै पुरुषको वीर्य स्खलन अथवा स्त्रीका रक्तस्रावको निम्ति र विधिपूर्वक अशुद्ध रहेकी स्त्रीसित सम्भोग गर्ने पुरुषका निम्ति नियमहरू यिनै हुन्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath