विलाप 5
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1हे याहवेह, हामीमाथि के आइपरेको छ, त्यो सम्झनुहोस्; हेर्नुहोस्, हामी कति अपमानित भएका छौँ।
2हाम्रो उत्तराधिकार अपरिचितहरूलाई र हाम्रा घर विदेशीहरूलाई सुम्पिइएको छ।
3हामी बुबाविहीन भएका छौँ; हाम्रा आमाहरू विधवाहरूजस्ता भएका छन्।
4आफ्नै पिउने पानी पनि हामीले दाम तिरेर पिउनुपर्छ; हाम्रो आफ्नै दाउरा पनि दाम तिरेर किन्नुपर्छ।
5हामीलाई खेद्नेहरू हाम्रा पाइलाहरूमै छन्; हामी थाकेका छौँ र विश्राम पाएका छैनौँ।
6हाम्रो पेट भर्नका लागि हामीले आफैँलाई इजिप्ट र अश्शूरका अधीनमा सुम्पिदियौँ।
7हाम्रा पितापुर्खाले पाप गरे, र मरेर गए; तर हामीले तिनीहरूका पापको दण्ड भोगिरहेका छौँ।
8दासहरूले हामीमाथि शासन गर्दछन्; अनि तिनीहरूका हातबाट हामीलाई छुटकारा दिने कोही पनि छैन।
9मरुभूमिमा तरवार भिरेका शत्रुहरू भएकोले हामीले आफ्नो जीवनको खतरा मोलेर रोटी जुटाउँछौँ,
10हामीलाई भोकले गर्दा ज्वरो आएको छ, र हाम्रो छाला चुल्होझैँ रन्केको छ।
11सियोनमा स्त्रीहरू र यहूदाका सहरहरूमा कुमारीहरू बलात्कारको शिकार भएका छन्।
12शासकहरूको हात बाँधेर तिनीहरूलाई झुण्ड्याइएको छ; अगुवाहरूलाई अलिकति पनि इज्जत दिइएको छैन।
13जवान मानिसहरू जाँतो पिँध्न बाध्य छन्; अनि जवान केटाहरू दाउराका भारीले थिचिएर लड्बडाउँदै हिँड्छन्।
14अगुवाहरू सहरका मूलढोकामा भेला हुन छोडेका छन्; जवान केटाहरूले आफ्ना सङ्गीत छोडिदिएका छन्।
15हाम्रा हृदयबाट आनन्द गइसक्यो; हाम्रो नाच शोकमा बदली भइसक्यो।
16हाम्रा शिरबाट मुकुट खसेको छ। हामीलाई धिक्कार छ; किनभने हामीले पाप गरेका छौँ!
17यसले गर्दा हाम्रा हृदय मूर्छित भएका छन्; यी कुराहरूले गर्दा हाम्रा आँखा धमिला भएका छन्;
18किनकि सियोन पर्वत उजाड भएको छ; अनि त्यहाँ स्यालहरू शिकार खोज्दै यताउति घुमिहिँड्छन्।
19हे याहवेह, तपाईं अनन्तकालसम्म राज्य गर्नुहुन्छ; तपाईंको सिंहासन पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।
20तपाईंले हामीलाई किन सधैँ बिर्सनुहुन्छ? तपाईंले हामीलाई किन यति लामो समयसम्म त्याग्नुहुन्छ?
21यदि तपाईंले हामीलाई पूर्णतया इन्कार गर्नुभएको छैन र तपाईं हामीसित औधी रिसाउनुभएको छैन भने,
22हे याहवेह, हामीलाई तपाईंमा पुनर्स्थापित गर्नुहोस्, र हामी तपाईंकहाँ फर्कन सकौँ; हाम्रा दिनहरू पहिलेको जस्तै नयाँ बनाइदिनुहोस्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath