विलाप 1
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1एक समय मानिसले भरिएको त्यो सहर, अहिले कस्तो सुनसान भएको छ! त्यो सहर एक समयमा राष्ट्रहरूको बीचमा महान् राजकुमारी थिई, अहिले त्यो विधवाजस्ती भएकी छे! प्रदेशहरूको बीचमा त्यो रानीजस्ती थिई, अहिले दासत्वमा परेकी छे।
2रातभरि त्यो धुरुधुरु रुन्छे; त्यसका गालामा आँसु बगिरहन्छ। त्यसका सबै प्रेमीहरूमध्ये त्यसलाई सान्त्वना दिने कोही पनि छैन। त्यसका सबै साथीहरूले त्यसलाई विश्वासघात गरेका छन्; तिनीहरू सबै त्यसका शत्रु भएका छन्।
3कष्ट र कठोर परिश्रमपछि यहूदालाई निर्वासनमा लगिएको छ। अब त्यो राष्ट्रहरूको बीचमा रहन्छे; त्यसले आराम गर्ने ठाउँ पाउँदिन। त्यसलाई खेद्नेहरू सबैले त्यसलाई आपत् परेकै बेला पक्रेका छन्।
4सियोनमा जाने बाटोहरूले शोक गर्छन्; किनकि त्यसका तोकिएका चाडहरूमा कोही पनि आउँदैनन्। त्यसका सबै मूलढोकाहरू उजाड भएका छन्; त्यसका पुजारीहरू सुस्केरा हाल्छन्, त्यसका जवान केटीहरू शोक गर्छन्; अनि त्यो कठोर वेदनामा छे।
5त्यसका शत्रुहरू त्यसका मालिक भएका छन्; त्यसका शत्रुहरू विजयी भएका छन्; त्यसका धेरै पापहरूको कारण याहवेहले त्यसलाई दुःखमा पार्नुभएको छ। त्यसका छोराछोरीहरू शत्रुहरूकै सामु निर्वासनमा लगिएका छन्।
6सियोनकी छोरीबाट सबै गौरव हटिसकेको छ। त्यसका राजकुमारहरू घाँसे खर्क नपाएका कमजोर मृगहरूजस्तै भएका छन्; तिनीहरू दुर्बल भएर तिनीहरूलाई खेद्नेहरूको अगि-अगि भागेका छन्।
7यरूशलेमले सङ्कष्ट र भौँतारिएको बेलामा आफ्ना धनसम्पत्तिको सम्झना गर्दछे, जुन धनसम्पत्ति त्यसका बितेका पुराना दिनहरूमा थिए। जब त्यसका मानिसहरू शत्रुहरूका हातमा परे, तब त्यसलाई मदत दिने कोही पनि थिएन। त्यसका शत्रुहरूले त्यसलाई देखे, र त्यसको विनाशमा ठट्टा गरे।
8यरूशलेमले घोर अपराध गरेकी छे; यसैकारण त्यो अशुद्ध भएकी छे। त्यसलाई आदर गर्नेहरू सबैले त्यसलाई घृणा गर्छन्; किनकि तिनीहरूले त्यसको नग्नता देखेका छन्; त्यसले सुस्केरा मार्छे, र लाजले आफ्नो मुख लुकाउँछे।
9त्यसको अशुद्धपन त्यसको फरियामा टाँसिएको थियो; त्यसले आफ्नो भविष्यको बारेमा सम्झिन। त्यसको पतन भयङ्कर थियो; त्यसलाई सान्त्वना दिने कोही पनि थिएन। “हे याहवेह, मेरो सङ्कष्टमा मलाई सहायता गर्नुहोस्; किनकि शत्रुहरू विजयी भएका छन्।”
10त्यसका सबै धनसम्पत्तिहरू शत्रुले हात पारेका छन्; त्यसले यरूशलेमको पवित्रस्थानमा गैरयहूदीहरू प्रवेश गरेको देखेकी छे, जसलाई आफ्नो सभामा पस्न तपाईंले निषेध गर्नुभएको थियो।
11त्यसका सबै मानिसहरू सुस्केरा मार्दै रोटीको खोजी गर्दछन्; तिनीहरू जीवित रहनका निम्ति आफ्ना धनसम्पत्तिहरू खानेकुरासँग साट्दछन्। “हे याहवेह, हेर्नुहोस् र विचार गर्नुहोस्; किनकि म त तुच्छ भएको छु।”
12“यहाँबाट भएर जाने तिमीहरू सबै, के तिमीहरूलाई यी कुराहरूको वास्ता छैन? चारैतिर आँखा लगाएर हेर। उहाँको भयङ्कर क्रोधको दिनमा उहाँले मलाई दिनुभएको मेरो कष्टजस्तो अर्को कुनै कष्ट छ?
13“उहाँले माथिबाट आगो पठाउनुभएको छ; त्यो आगो मेरा हड्डीभित्र सल्किएको छ। उहाँले मेरा पाउका निम्ति जाल फैलाउनुभएको छ, र उहाँले मलाई फर्काउनुभएको छ। उहाँले मलाई उजाड पार्नुभएको छ, र अटुट पीडामा छोड्नुभएको छ।”
14“मेरा अपराधहरू मेरै जुवामा बाँधिएका छन्; उहाँकै हातद्वारा ती एकसाथ मेरो घाँटीमा बुनिएका छन्। त्यसको भार मेरो घाँटीमा झुण्डाइदिनुभएको छ; अनि प्रभुले मेरो शक्ति घटाइदिनुभएको छ। उहाँले मलाई तिनीहरूका हातमा सुम्पिदिनुभएको छ, जसको म सामना नै गर्न सक्दिनँ।”
15प्रभुले मेरो बीचमा रहेका सबै वीर योद्धाहरूलाई इन्कार गर्नुभएको छ; मेरा जवानहरूलाई धुलोपिठो पार्नलाई उहाँले मेरो विरुद्धमा सेना जम्मा गर्नुभएको छ। उहाँले यहूदाका कुमारीहरूलाई आफ्नो दाखको कोलमा पेल्नुभएको छ।
16“यी सबै कारणले म रुन्छु, र मेरा आँखाबाट आँसुका धारा बग्छन्। मलाई सान्त्वना दिने कोही पनि नजिक छैन, र मेरो आत्मा पुनर्जीवित गर्ने कोही पनि छैन। मेरो शत्रु विजयी भएको कारण मेरा छोराछोरीहरू बेसहारा भएका छन्।”
17सियोनले आफ्नो हात फैलाउँछे, तर त्यसलाई सान्त्वना दिने कोही पनि छैन। याहवेहले याकोबको विरुद्धमा आज्ञा दिनुभएको छ; त्यसका छिमेकीहरू त्यसका शत्रु होऊन्; यरूशलेम तिनीहरूका बीचमा एक अशुद्ध कुरा भएकी छे।
18“याहवेह न्यायी हुनुहुन्छ, तर पनि मैले उहाँका आज्ञाको विरुद्धमा विद्रोह गरेँ। हे सारा जातिहरू हो, सुन; मेरो पीडालाई हेर। मेरा जवान मानिस र कुमारीहरू निर्वासनमा लगिएका छन्।
19“मैले मेरा मित्रहरूलाई बोलाएँ, तर तिनीहरूले मलाई धोका दिए। मेरा पुजारीहरू र मेरा अगुवाहरू आफू जीवित रहनका निम्ति खानेकुरा खोज्दा-खोज्दै सहरमा नै नष्ट भए।
20“हेर्नुहोस्, हे याहवेह, म कस्तो कष्टमा छु! मेरो प्राण मभित्र पीडामा मडारिन्छ, र मेरो हृदय व्याकुल छ; किनकि म अति विद्रोही भएको छु। घरबाहिर तरवार नष्ट गर्नमा सक्रिय छ भने, घरभित्र पनि मृत्यु मात्र छ।
21“मानिसहरूले मेरो सुस्केरा सुनेका छन्, तर मलाई सान्त्वना दिने कोही पनि छैन। मेरा सबै शत्रुहरूले मेरो कष्टको बारेमा सुनेका छन्; तपाईंले जे गर्नुभयो, त्यसमा शत्रुहरू रमाउँछन्। तपाईंले घोषणा गर्नुभएको दण्डको दिन ल्याउनुहोस्, र मेरा शत्रुहरू पनि मजस्तै कष्टमा परून्।
22“शत्रुहरूका सबै दुष्ट कामहरू तपाईंको सामु आऊन्; मेरा पापहरूको कारण मसँग जस्तो व्यवहार गर्नुभयो, तिनीहरूसँग पनि त्यस्तै व्यवहार गर्नुहोस्। मेरा सुस्केरा धेरै छन् र मेरो हृदय दुर्बल छ।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath