यहोशू 4
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1जब सम्पूर्ण मानिसहरूले यर्दन नदी पार गरिसके, तब याहवेहले यहोशूलाई भन्नुभयो,
2“प्रत्येक कुलबाट एक-एक जना गरी बाह्र जना मानिसहरू छान्।
3अनि तिनीहरूलाई यर्दनको बीचबाट ती पुजारीहरू उभिएकै ठाउँबाट बाह्र वटा ढुङ्गाहरू ल्याउन लगाउनू। अनि ती ढुङ्गाहरूलाई तैँले लगेर आज राति तिमीहरू बस्ने ठाउँमा राख्नू।”
4यसकारण यहोशूले इस्राएली कुलबाट एक-एक जना गरी तिनले नियुक्त गरेका बाह्र जना मानिसहरूलाई बोलाए।
5अनि तिनीहरूलाई भने, “याहवेह तिमीहरूका परमेश्वरको सन्दुकको अगाडि यर्दन नदीको बीचमा जाओ। तिमीहरू हरेकले इस्राएलका कुलहरूको संख्याअनुसार एक-एक वटा ढुङ्गा काँधमा बोकेर ल्याओ।
6यो तिमीहरूका बीचमा एउटा सम्झनाको रूपमा रहोस्।” भविष्यमा जब तिमीहरूका छोराछोरीहरूले “यी ढुङ्गाहरूको अर्थ के हो?” भनेर सोध्लान्,
7तब तिनीहरूलाई यसो भन्नू, “याहवेहको करारको सन्दुकको सामु बग्दै गरेको यर्दनको पानी रोकिएको थियो। याहवेहको करारको सन्दुक बोकेर पुजारीहरूले यर्दन पार गर्दा पानी रोकिएको थियो। यी ढुङ्गाहरू इस्राएलका मानिसहरूका निम्ति सधैँको लागि स्मारकको रूपमा रहनेछन्।”
8यसकारण यहोशूले इस्राएलीहरूलाई आज्ञा गरेझैँ तिनीहरूले गरे। याहवेहले यहोशूलाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले इस्राएलका कुलहरूको संख्याअनुसार यर्दनको बीचबाट बाह्र वटा ढुङ्गाहरू बोकेर ल्याए। अनि तिनीहरूले ती ढुङ्गाहरू आफ्ना छाउनीसम्म आफूसँग बोकेर लगे; र त्यहाँ छाउनीमा राखे।
9करारको सन्दुक बोक्ने पुजारीहरू उभिएको जमिन यर्दनको बीचबाट ल्याइएका ढुङ्गाहरूलाई यहोशूले खडा गरे। अनि ती ढुङ्गाहरू आजको दिनसम्म त्यहीँ छँदैछन्।
10याहवेहले यहोशूलाई आज्ञा दिनुभएझैँ मानिसहरूले नगरुन्जेल, सन्दुक बोक्ने पुजारीहरू यर्दनको बीचमा उभिरहे। मोशाले पनि यहोशूलाई त्यस्तै निर्देशन दिएका थिए। अनि मानिसहरूले हतार-हतार गरेर नदी पार गरे।
11अनि तिनीहरू सबै जना नदी पार गरिसकेपछि मानिसहरूले हेरिरहेकै बेला याहवेहको सन्दुक र पुजारीहरू नदीको अर्कोपट्टि आए।
12मोशाले तिनीहरूलाई निर्देशन दिएझैँ रूबेन, गादका र मनश्शेको आधा कुलका मानिसहरू, लडाइँका निम्ति हतियार लिएर अरू इस्राएलीहरूको अगि नदी तरेर गए।
13युद्धका निम्ति हतियार भिरेका लगभग चालीस हजार मानिसहरू पार भएर याहवेहको सामु यरीहोको मैदानतिर लडाइँका निम्ति गए।
14त्यस दिन याहवेहले यहोशूलाई इस्राएलको नजरमा उच्च पार्नुभयो। अनि तिनीहरूले मोशाको आदर गरेझैँ, तिनको जीवनकालभरि तिनको पनि आदर गरे।
15तब याहवेहले यहोशूलाई भन्नुभयो,
16“साक्षी पाटीको सन्दुक बोक्ने पुजारीहरूलाई यर्दनबाट निस्केर माथि आउनू भनी आज्ञा गर्।”
17यसकारण यहोशूले पुजारीहरूलाई, “यर्दनबाट निक्लेर माथि आओ” भनी आज्ञा गरे।
18अनि पुजारीहरू याहवेहको करारको सन्दुक बोकेर नदीबाट बाहिर निक्लेर आए। तिनीहरूका पाइलाले सुक्खा भूमिमा टेक्ने बित्तिकै यर्दनको पानी आफ्नो ठाउँमा फर्केर आयो र पहिलेझैँ भरिएर बग्न थाल्यो।
19पहिलो महिनाको दशौँ दिनमा मानिसहरू यर्दनबाट उक्लेर गए, र यरीहोको पूर्वीय सिमाना गिलगालमा छाउनी हाले।
20अनि यहोशूले यर्दनबाट तिनीहरूले ल्याएका बाह्र वटा ढुङ्गाहरूलाई गिलगालमा खडा गरे।
21तिनले इस्राएलीहरूलाई भने, “भविष्यमा तिमीहरूका बालबच्चाहरूले आफ्ना आमाबुबालाई, ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ भनेर जब सोध्लान्,
22तब तिनीहरूलाई यसो भन्नू, ‘इस्राएलीहरूले सुक्खा जमिनबाट यर्दन नदी तरेका थिए।’
23किनकि याहवेह तिमीहरूका परमेश्वरले यर्दन नदीलाई हामीहरूले पार नगरुन्जेल सुकाउनुभयो। हामीले लाल समुद्रपार नगरेसम्म याहवेह तिमीहरूका परमेश्वरले जसरी लाल समुद्रलाई सुकाउनुभयो, त्यसरी नै उहाँले यर्दनलाई पनि सुकाउनुभयो।
24उहाँले यसो गर्नुभयो; ताकि सारा पृथ्वीका मानिसहरूले याहवेहका हात शक्तिशाली छन् भनी जानून्। त्यसरी नै तिमीहरूले पनि याहवेह तिमीहरूका परमेश्वरको भय सधैँ मान।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath