ईसाई धर्म
पछाडि

यहोशू 22

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तब रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई यहोशूले बोलाए।

2अनि तिनीहरूलाई भने, “तिमीहरूले याहवेहका सेवक मोशाले आज्ञा गरेका सबै थोक गरेका छौ, र मैले तिमीहरूलाई आज्ञा दिएका हरेक कुरा पालन गरेका छौ।

3यतिका दिनदेखि लिएर आजसम्मै तिमीहरूका दाजुभाइहरूलाई नत्यागी तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरले दिनुभएका सबै आज्ञाहरू पूरा गरेका छौ।

4अब याहवेह तिमीहरूका परमेश्‍वरले प्रतिज्ञा गर्नुभएअनुसार उहाँले तिमीहरूका दाजुभाइहरूलाई विश्राम दिनुभएको छ। याहवेहका सेवक मोशाले तिमीहरूलाई यर्दनपारि दिएका आ-आफ्ना देशमा भएका तिमीहरूका घरमा फर्केर जाओ।

5तर तिमीहरूले याहवेहका सेवक मोशाले दिएका आज्ञाहरू बडो होसियारीसाथ पालन गर्नू। याहवेह तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्नू, उहाँमा आज्ञाकारी हुनू, उहाँको आज्ञापालन गर्नू; उहाँमा लागिरहनू। तिमीहरूका सारा हृदयले र सारा प्राणले उहाँको सेवा गर्नू।”

6त्यसपछि यहोशूले तिनीहरूलाई आशिष् दिए, र पठाइदिए। अनि तिनीहरू आ-आफ्ना घरतिर गए।

7(मनश्शेको आधा कुललाई मोशाले बाशानमा ठाउँ दिएका थिए। तिनीहरूको अर्को आधा कुललाई यहोशूले तिनीहरूका दाजुभाइहरूसँग यर्दनको पश्‍चिमतिरको ठाउँ दिए।) जब यहोशूले तिनीहरूलाई आ-आफ्ना घरमा पठाए, तब तिनीहरूलाई आशिष् दिए।

8अनि तिनीहरूलाई भने, “तिमीहरू प्रशस्त सम्पत्ति, गाईबस्तुको ठूलो बथान, सुन, चाँदी, काँसो, फलाम र धेरै मात्रामा लुगाफाटाहरू लिएर आफ्ना घरमा फर्क। अनि तिमीहरूका शत्रुहरूबाट लुटेका मालसामानहरू आफ्ना दाजुभाइहरूसँग बाँडफाँड गर।”

9यसकारण रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलले इस्राएलीहरूलाई शीलोमा छोडे। अनि याहवेहले मोशाद्वारा आज्ञा दिनुभएअनुसार तिनीहरूले प्राप्‍त गरेका आफ्नै देश गिलादतिर फर्कन कनानबाट हिँडे।

10जब तिनीहरू कनानको देश यर्दनको नजिकमा भएको गेलीलोतमा आइपुगे, तब रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलले यर्दनको छेउमा एउटा विशाल वेदी बनाए।

11अनि जब तिनीहरूले कनानको सिमाना गेलीलोतमा, यर्दनको छेउ इस्राएलीहरूको किनारापट्टि वेदी बनाएको कुरा अरू इस्राएलीहरूले सुने,

12तब इस्राएलका सारा समुदायले तिनीहरूको विरुद्धमा युद्ध गर्न शीलोमा भेला भए।

13यसकारण इस्राएलीहरूले पुजारी एलाजारका छोरा पीनहासलाई रूबेनी, गादी, मनश्शेको आधा कुलकहाँ पठाए।

14तिनीहरूले उनीहरूसँग इस्राएलको हरेक वंशबाट एक-एक जना मुखिया छानेर दश जना पठाए। तिनीहरू इस्राएलका हरेक कुलहरूका परिवारबाटका अगुवाहरू थिए।

15तिनीहरू गिलादमा रूबेन, गाद र मनश्शेको आधा कुलका मानिसहरूकहाँ पुगेपछि तिनीहरूले उनीहरूलाई भने,

16“याहवेहको सारा समुदायले यसो भन्दछ: तिमीहरूले कसरी इस्राएलका परमेश्‍वरसित यसरी विश्‍वासघात गर्न सक्यौ? तिमीहरूले कसरी याहवेहदेखि तर्केर उहाँको विरुद्धमा आफ्ना लागि वेदी बनायौ?

17के पोरको पाप हाम्रा निम्ति पर्याप्‍त थिएन? याहवेहको समुदायमाथि विपत्ति आइलागे तापनि हामीले आजको दिनसम्म आफूलाई त्यस पापदेखि शुद्ध पार्न सकेका छैनौँ!

18अनि के अब तिमीहरू याहवेहदेखि तर्किरहन्छौ? “ ‘यदि तिमीहरू याहवेहको विरुद्धमा आज बागी भयौ भने भोलि उहाँ इस्राएलका सम्पूर्ण समुदायसँग क्रोधित हुनुहुनेछ।

19यदि तिमीहरूले अधिकार गरेको देश अशुद्ध भएको छ भने याहवेहको समागम पाल भएको देशमा आओ र हामीसँगै जमिनको उपभोग गर। तर याहवेहको वेदीबाहेक आफ्ना निम्ति अर्कै वेदी बनाएर याहवेह हाम्रा परमेश्‍वर अथवा हाम्रो विरुद्धमा बागी नहोओ।

20जब जेरहका छोरा आकानले अर्पण गरिएका कुराहरूको विषयमा विश्‍वासघात गरेका थिए, तब के सारा इस्राएलको समुदायमाथि क्रोध परेको थिएन? त्यहाँ त्यो एकलै मात्र आफ्नो पापले मरेन।’ ”

21तब रूबेन, गाद र मनश्शेको आधा कुलले इस्राएली वंशका मुखियाहरूलाई जवाफ दिए:

22सर्वशक्तिमान्, परमेश्‍वर, याहवेह! सर्वशक्तिमान्, परमेश्‍वर, याहवेह! उहाँले जान्‍नुहुन्छ! अनि इस्राएलले पनि जानोस्! यो याहवेहको विरुद्ध विद्रोह अर्थात् अनाज्ञाकारिता हो भने आज हामीलाई बाँकी नराख्नुहोस्!

23याहवेहबाट तर्केर जान र यसमाथि होमबलि, अन्‍नबलि अर्थात् मेलबलि चढाउन भनी हामीले आफ्नै वेदी बनाएका हौँ भने याहवेह आफैँले हामीबाट लेखा लिऊन्!

24“त्यसो होइन! हामीले आउँदा कुनै दिनमा तिमीहरूका सन्तानले हाम्रा सन्तानलाई, याहवेह इस्राएलका परमेश्‍वरसँग तिमीहरूको के सरोकार? भन्लान् कि भन्‍ने डरले पो यसो गरेका हौँ।

25याहवेहले यर्दनलाई तिमीहरू र हाम्रा बीचमा सिमाना बनाइदिनुभएको छ। हे रूबेनीहरू र हे गादीहरू हो! याहवेहमा तिमीहरूको कुनै भाग छैन भनेर तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई याहवेहको भय मान्‍नबाट रोक्न सक्नेछन्।

26“त्यसकारण हामीले भन्यौँ, ‘हामी तयार भएर एउटा वेदी बनाऔँ, तर होमबलि अर्थात् बलिदानहरूका निम्ति होइन।

27तर यसको ठिक विपरीत तिमीहरू, हामीहरू र हाम्रा भावी पुस्ताहरूको बीचमा यो एउटा साक्षीको रूपमा रहोस्, ताकि हाम्रा होमबलिहरू, बलिदानहरू र मेलबलिहरूद्वारा उहाँको वासस्थानमा याहवेहलाई हामी सेवा गर्नेछौँ। अनि भविष्यमा तिमीहरूका सन्तानले हाम्रा सन्तानलाई याहवेहमा तिमीहरूको कुनै भाग छैन भनी भन्‍न नपाऊन्।’

28“अनि हामीले भन्यौँ, ‘यदि कुनै दिन तिनीहरूले हामीलाई अर्थात् हाम्रा सन्तानलाई यसो भन्यो भने हामी यसो भन्‍नेछौँ: हाम्रा पितापुर्खाहरूले होमबलि र बलिदानहरू चढाउन होइन, तर हामी र तिमीहरूका बीचमा साक्षीको रूपमा बनाएको याहवेहको वेदीको ढाँचालाई हेर।’

29“उहाँको समागम पालको सामु खडा रहेको याहवेह हाम्रा परमेश्‍वरको वेदीलाई छोडेर आज अर्कै वेदी बनाएर त्यसमाथि होमबलि, अन्‍नबलि र बलिदानहरू चढाएर याहवेहको विरुद्धमा बागी भएर उहाँदेखि तर्किएर जाने काम हामीबाट टाढा रहोस्!”

30जब पुजारी पीनहास र तिनीसँग भएका समुदायका अगुवाहरू र इस्राएलका वंशहरूका मुखियाहरूले रूबेनका, गादका र मनश्शेहरूले भन्‍न चाहेका कुरा सुने, तब तिनीहरू प्रसन्‍न भए।

31अनि पुजारी एलाजारका छोरा पीनहासले रूबेनीहरू, गादीहरू र मनश्शेहरूलाई भने, “आज हामी जान्दछौँ कि याहवेह हामीसँग हुनुहुन्छ। किनकि यस विषयमा तिमीहरूले याहवेहप्रति विश्‍वासघात गरेका छैनौ। अब तिमीहरूले इस्राएललाई याहवेहको हातबाट छुटाएका छौ।”

32तब पुजारी एलाजारका छोरा पीनहास र अगुवाहरू गिलादमा रूबेनी र गादीहरूसँग भेटघाट गरेर कनानमा फर्के। अनि इस्राएलीहरूलाई त्यसको विवरण दिए।

33त्यो विवरण सुनेर इस्राएलीहरू प्रसन्‍न भए, र परमेश्‍वरको प्रशंसा गरे। अनि रूबेनीहरू र गादीहरू बसेको देशमा तिनीहरूको विरुद्धमा युद्ध गरेर नष्‍ट पार्ने कुरा तिनीहरूले फेरि गरेनन्।

34अनि रूबेनीहरू र गादीहरूले त्यस वेदीलाई यो नाम दिए: हाम्रा बीचमा एउटा मात्र साक्षी हुनुहुन्छ, जो केवल याहवेह परमेश्‍वर हुनुहुन्छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath