ईसाई धर्म
पछाडि

यहोशू 21

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तब लेवी कुलका मुखियाहरू, पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका अरू कुलका मुखियाहरूकहाँ आए।

2अनि तिनीहरूले कनान देशको शीलोमा तिनीहरूलाई भने, “याहवेहले तपाईंलाई मोशाद्वारा हामीलाई हाम्रा गाईबस्तुका निम्ति खर्कसहितको बस्‍ने सहरहरू दिनू भनी आज्ञा गर्नुभयो।”

3यसकारण याहवेहले आज्ञा गर्नुभएझैँ, इस्राएलीहरूले तिनीहरूका आफ्नै उत्तराधिकारको भागबाट लेवीहरूलाई यी सहरहरू र खर्कहरू दिए:

4पहिलो चिट्ठा वंशअनुसार कहातीहरूका निम्ति निस्क्यो। हारून पुजारीका सन्तान लेवीहरूलाई यहूदा, शिमियोन र बेन्यामीनका कुलहरूबाट तेह्र वटा सहरहरू भाग लगाइयो।

5कहातका बाँकी रहेका सन्तानहरूलाई एफ्राइम, दान र मनश्शेको आधा कुलहरूका वंशहरूबाट दश वटा सहरहरू भाग लगाइयो।

6गेर्शोनका सन्तानहरूलाई इस्साखार, आशेर, नप्‍ताली र बाशानमा भएको मनश्शेको आधा कुलहरूका वंशहरूबाट तेह्र वटा सहरहरू भाग लगाइयो।

7मरारीका सन्तानहरूले वंशअनुसार रूबेन, गाद र जबूलूनका कुलहरूबाट बाह्र वटा सहरहरू पाए।

8यसरी याहवेहले मोशाद्वारा आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू र तिनीहरूका खर्कहरू दिए।

9तिनीहरूले यहूदा र शिमियोनका कुलहरूबाट भाग लगाइएका सहरहरू यिनै हुन्।

10यी सहरहरू हारूनका सन्तानहरूलाई दिइयो, जो लेवीका वंशका कहाती थिए। किनकि पहिलो चिट्ठा तिनीहरूको नाममा परेको थियो:

11तिनीहरूले उनीहरूलाई किर्यत-अर्बा (अर्थात्, हेब्रोन) लाई यहूदामा भएको पहाडी मुलुकबाट चारैतिरका खर्कहरूसमेत दिए। (अर्बा अनाकका पुर्खा थिए।)

12तर त्यस सहरका खेतहरू र गाउँहरूचाहिँ तिनीहरूले यपून्‍नेका छोरा कालेबलाई तिनको पैतृक सम्पत्तिको रूपमा दिएका थिए।

13यसकारण पुजारी हारूनका सन्तानहरूलाई तिनीहरूले हेब्रोन (हत्याको अभियोग लागेको व्यक्तिको लागि शरण-नगर) लिब्ना,

14यत्तीर, एश्तमो,

15होलोन, दबीर,

16ऐन, युत्ता र बेथ-शेमेश, तिनीहरूका खर्कहरूसमेत यी दुई कुलहरूबाट नौ वटा सहरहरू दिइएको थियो।

17अनि बेन्यामीनको कुलबाट तिनीहरूले उनीहरूलाई यी सहरहरू दिए: गिबोन, गेबा,

18अनातोत र अल्मोन, तिनीहरूका खर्कहरूसमेत, चार वटा सहरहरू दिइएको थियो।

19हारूनका सन्तान, पुजारीहरूका निम्ति जम्मा तेह्र वटा तिनीहरूका खर्कहरूसमेत सहरहरू थिए।

20बाँकी रहेका लेवीहरूका कहाती वंशहरूलाई एफ्राइमको कुलबाट सहरहरू दिइएको थियो:

21एफ्राइमको पहाडी मुलुकमा तिनीहरूलाई यी सहरहरू दिइएको थियो: शेकेम (हत्याको अभियोग लागेको व्यक्तिका निम्ति शरण-नगर), गेजेर,

22किब्सैम र बेथ-होरोन, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू दिइएको थियो।

23दानको कुलबाट पनि तिनीहरूले यी सहरहरू पाए: एल्तके, गिब्बतोन,

24अय्यालोन र गात-रिम्मोन, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू पाए।

25मनश्शेको आधा कुलबाट तिनीहरूले यी सहरहरू पाए: तानाक र गात-रिम्मोन, तिनीहरूका खर्कहरूसँगै दुई वटा सहरहरू पाए।

26यी सबै दश सहरहरू र तिनीहरूका खर्कहरू कहाती वंशका बाँकी रहेकाहरूलाई दिइएको थियो।

27लेवी वंशका गेर्शोनीहरूलाई यी सहरहरू दिइएको थियो: मनश्शेको आधा कुलहरूबाट: बाशानमा भएको गोलान (हत्याको अभियोग लागेको व्यक्तिका निम्ति शरण-नगर) र बेएश्तरा, तिनीहरूका खर्कहरूसमेत दुई वटा सहरहरू दिइएको थियो।

28इस्साखारको कुलबाट: किश्योन, दाबरत,

29यर्मूत र एन-गन्‍नीम, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू दिइएको थियो।

30आशेरको कुलबाट: मिशाल, अब्दोन,

31हेल्कत र रहोब, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू थिए।

32नप्‍तालीको कुलबाट: गालीलमा भएको केदेश (हत्याको अभियोग लागेको व्यक्तिका निम्ति शरण-नगर) हम्मोत-डोर र कर्तान, तिनीहरूका खर्कहरूसमेत तीन वटा सहरहरू थिए।

33गेर्शोनी वंशका सहरहरू, तिनीहरूका खर्कहरूसमेत जम्मा तेह्र वटा थिए।

34मरारी वंशकाहरू, जो लेवीहरूका बाँकी रहेकाहरू थिए। तिनीहरूलाई यी सहरहरू दिइएको थियो: जबूलूनको कुलबाट: योक्नाम, कर्तह,

35दिम्ना र नहलल, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू थिए;

36रूबेनको कुलबाट: बेसेर, यहसा,

37कदेमोत र मेपात, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू थिए।

38गादको कुलबाट: गिलादको रामोत (हत्याको अभियोग लागेको व्यक्तिका निम्ति शरण-नगर), महनाइम,

39हेश्बोन र याजेर, तिनीहरूका खर्कहरूसमेत जम्मा चार वटा सहरहरू थिए।

40लेवीहरूका बाँकी रहेका सबै मरारी वंशलाई दिइएका सहरहरू जम्मा बाह्र वटा थिए।

41इस्राएलीहरूले अधिकार गरेका इलाकामा लेवीहरूका सहरहरू तिनीहरूका खर्कहरूसमेत, जम्मा अठचालीस वटा थिए।

42यी सहरहरूका चारैतिर खर्कहरू थिए; प्रत्येक सहरहरूमा यस्तै थियो।

43यसरी याहवेहले इस्राएलीहरूका पुर्खाहरूलाई दिनेछु भनी शपथ खानुभएका सबै देश तिनीहरूलाई दिनुभयो। अनि तिनीहरूले ती देशहरूमाथि अधिकार गरे, र त्यहाँ बसोबास गर्न लागे।

44याहवेहले तिनीहरूका पुर्खाहरूसँग शपथ खानुभएझैँ, उहाँले तिनीहरूलाई चारैतिरबाट शान्ति दिनुभयो। तिनीहरूका कुनै पनि शत्रु तिनीहरूको विरुद्धमा खडा रहन सकेनन्। याहवेहले तिनीहरूका सबै शत्रुहरूलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो।

45याहवेहले इस्राएलीहरूलाई गर्नुभएका असल प्रतिज्ञाहरूमध्ये एउटै पनि असफल भएनन्; हरेक प्रतिज्ञाहरू पूरा भए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath