यहोशू 20
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1त्यसपछि याहवेहले यहोशूलाई भन्नुभयो:
2“मैले मोशालाई आज्ञा दिएझैँ शरण-सहरहरू नियुक्त गर्न इस्राएलीहरूलाई भन्,
3ताकि कसैले कसैलाई संयोगवश र अनजानमा मार्यो भने त्यो त्यहाँ भागेर गई रगतको बदला लिनेबाट सुरक्षित रहोस्।
4जब तिनीहरू यी सहरहरूमध्ये एउटामा भागेर जान्छन्, तब सहरको मूलढोकाको प्रवेशद्वारमा खडा रहून्, र त्यस सहरका प्रधानहरूलाई आफ्नो मुद्दा बताऊन्। तब ती प्रधानहरूले हत्यारालाई आफ्नो सहरमा लगेर त्यसलाई तिनीहरूसँग बस्न ठाउँ देऊन्।
5यदि रगतको बदला लिनेले त्यसलाई खेद्यो भने प्रधानहरूले त्यस अभियुक्तलाई सुम्पिदिनुहुँदैन। किनकि त्यसले आफ्नो छिमेकीलाई अनजानमा मारेको हो र त्यसको छिमेकीसँग कुनै दुश्मनी थिएन।
6न्यायका निम्ति सभाको सामु खडा नभएसम्म र त्यस समय सेवा गर्दैगरेको प्रधान पुजारीको मृत्यु नभएसम्म हत्यारा त्यस सहरमा बस्नुपर्छ। त्यसपछि तिनीहरू भागेर आएको सहरबाट आफ्नो घर फर्केर जान सक्नेछ।”
7यसकारण तिनीहरूले नप्तालीको पहाडी मुलुकमा रहेको गालीलमा केदेश र एफ्राइमको पहाडी मुलुकमा भएको शेकेमलाई र यहूदाको पहाडी मुलुकमा भएको किर्यत-अर्बा (अर्थात्, हेब्रोन) लाई अलग गरे।
8यरीहो पारि यर्दनको पूर्वपट्टि रूबेनको कुलमा भएको पठारमा भएको उजाडस्थानको बेसेर, गादको कुलमा भएको गिलादको रामोत र मनश्शेको कुलमा भएको बाशानको गोलानलाई छुट्याए।
9इस्राएलीहरू अर्थात् तिनीहरूसँग बसोबास गर्ने विदेशीहरूमध्ये कसैले कसैलाई अनजानमा मार्यो भने त्यो ती छुट्याइएका सहरहरूमा भागेर जानसक्थ्यो। अनि न्यायका निम्ति सभाको सामु खडा हुनुभन्दा अगि त्यसलाई रगतको बदला लिनेले मार्न पाउँदैनथियो।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath