ईसाई धर्म
पछाडि

यहोशू 19

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1दोस्रो चिट्ठा वंशअनुसार शिमियोनको कुललाई पर्‍यो। तिनीहरूको उत्तराधिकारको भाग यहूदाको इलाकाभित्र पर्थ्यो।

2तिनीहरूको भागमा यी सहरहरू थिए: बेर्शेबा (अर्थात्, शेबा), मोलादा,

3हसर-शूआल, बाला, एसेम,

4एल्तोलद, बतूल, होर्मा,

5सिक्लग, बेथ-मर्काबोत, हसर-सूसा,

6बेथ-लबाओत र शारूहेन गरी तेह्र वटा सहरहरू र तिनीहरूका गाउँहरू।

7ऐन, रिम्मोन, एतेर र आशान गरी चार वटा सहरहरू र तिनीहरूका गाउँहरू,

8अनि बालाथ-बेर (दक्षिणमा रामा) सम्म चारैतिरका सहरहरूका सबै गाउँहरू। योचाहिँ वंशअनुसार शिमियोनको कुलको उत्तराधिकार थियो।

9शिमियोनीहरूको उत्तराधिकारको भाग यहूदाको भागबाट लिइएको थियो। किनकि यहूदाको भाग तिनीहरूलाई चाहिएको भन्दा धेरै थियो। यसरी शिमियोनीहरूले आफ्नो उत्तराधिकारको भाग यहूदाको इलाकाभित्र पाए।

10तेस्रो चिट्ठा वंशअनुसार जबूलूनको कुलका निम्ति निस्क्यो: तिनीहरूको उत्तराधिकारको सिमाना सारीदसम्म पुग्थ्यो।

11पश्‍चिमतिर त्यो मरलामा पुगेर दब्बेशेतलाई छोएर योक्नामको छेउको खोल्सासम्म फैलिएको थियो।

12सारीदबाट त्यो पूर्वपट्टि घुमेर सूर्योदय हुने किस्लोथ-तबोरको इलाकापट्टि हुँदै, दाबरतदेखि माथि याफियासम्म पुगेको थियो।

13त्यसपछि त्यो पूर्वपट्टि बढेर गात-हेपेर र इथ-कासीनमा हुँदै, रिम्मोनबाट निस्केर नेआ भएतिर घुमेको थियो।

14अनि त्यो सिमाना उत्तरतर्फ हन्‍नतोनतिर घुमेर यिप्‍ताह-एलको बेँसीमा टुङ्गिएको थियो।

15त्यसमा काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथलेहेम गरी जम्मा बाह्र वटा सहरहरू र तिनीहरूका गाउँहरू थिए।

16यी सहरहरू र तिनीहरूका गाउँहरू वंशअनुसार जबूलूनको उत्तराधिकारको भाग थियो।

17चौथो चिट्ठा वंशअनुसार इस्साखारको कुललाई पर्‍यो।

18तिनीहरूका इलाकामा यी सहरहरू सामेल थिए: यिजरेल, कसुल्‍लोत, शूनेम,

19हपारैम, शीओन, अनाहारत,

20रब्बीत, किश्योन, एबेस,

21रेमेत, एन-गन्‍नीम, एन-हद्दा र बेथ-पसेस।

22सिमानाले तबोर, शहसूमा र बेथ-शेमेशलाई छोएर यर्दन नदीमा टुङ्गिन्थ्यो। यसका सोह्र वटा सहरहरू र तिनीहरूका गाउँहरू थिए।

23यी सहरहरू र तिनीहरूका गाउँहरू वंशअनुसार इस्साखारको कुलको उत्तराधिकारको भाग थियो।

24पाँचौँ चिट्ठा वंशअनुसार आशेरको कुललाई पर्‍यो।

25तिनीहरूको भागमा यी सहरहरू सामेल थिए: हेल्कत, हली, बेतेन, अक्षाप,

26अल्‍लम्मेलेक, अमाद र मिशाल। पश्‍चिमतिर सिमानाले कर्मेल र शीहोर-लिब्नातलाई छुन्थ्यो।

27त्यसपछि त्यो पूर्वमा बेथ-दागोनतिर फर्केर जबूलून र यिप्‍ताह-एलको बेँसीलाई छोएर, उत्तरतिर बेथ-एमेक र देब्रेपट्टि काबूललाई पार गरेर नीएलमा पुगेको थियो।

28त्यो अब्डोन, रहोब, हम्मोन र कना भएर महा सीदोनसम्म पुगेको थियो।

29त्यसपछि सिमाना रामातिर फर्केर टायरको किल्‍लामा हुँदै होसातिर मोडिन्थ्यो। अनि अक्जीबको इलाकामा महासागरमा निस्किआएको थियो।

30उम्मा, अपेक र रहोब पनि तिनीहरूको इलाकामा पर्दथे। यसका बाइस वटा सहरहरू र तिनीहरूका गाउँहरू थिए।

31यी सहरहरू र तिनीहरूका गाउँहरू वंशअनुसार आशेरको कुलको उत्तराधिकारको भागमा थियो।

32छैटौँ चिट्ठा वंशअनुसार नप्‍तालीको कुललाई पर्‍यो:

33तिनीहरूको सिमाना हेलेप र सानन्‍नीममा भएको मोरेको ठूलो रूखबाट भएर अदामी-नेकेब र यब्नेल हुँदै लक्‍कूममा गएर यर्दन नदीमा टुङ्गिएको थियो।

34त्यो सिमाना अज्नोथ-तबोरबाट पश्‍चिमतिर मोडिएर हुक्‍कोकमा निस्किएको थियो। यसले दक्षिणतिर जबूलूनलाई र पश्‍चिममा आशेरलाई, र पूर्वमा यर्दन नदीलाई छोएको थियो।

35पर्खाल लगाइएका सहरहरू सिद्दिम, सेर, हम्मत, रक्‍कत, किन्‍नरेत,

36अदमा, रामा, हासोर,

37केदेश, एद्रई, एन-हासोर,

38यिरोन, मिग्दल-एल, होरेम, बेथ-अनात र बेथ-शेमेश थिए। यसका उन्‍नाइस वटा सहरहरू र तिनीहरूका गाउँहरू थिए।

39यी सहरहरू र तिनीहरूका गाउँहरू वंशअनुसार नप्‍तालीको कुलको उत्तराधिकारको भाग थियो।

40सातौँ चिट्ठा वंशअनुसार दानको कुललाई पर्‍यो।

41तिनीहरूका उत्तराधिकारका प्रान्तहरूमा यी सहरहरू सामेल थिए: सोरा, एश्तोल, इर-शेमेस,

42शालवीन, अय्यालोन, इत्ला,

43एलोन, तिम्ना, एक्रोन,

44एल्तके, गिब्बतोन, बालात,

45यहूद, बेने-बेरक, गात-रिम्मोन,

46मे-यरकोन र रक्‍कोनसँगै जोप्पातिर फर्केको इलाका।

47(दानवंशीहरूले तिनीहरूको अधिकारको प्रान्त गुमाएको हुनाले तिनीहरू माथि गए। अनि लेशेममाथि आक्रमण गरेर लिए। त्यसलाई तरवारले नष्‍ट गरे; अनि त्यसलाई कब्जा गरे। तिनीहरू लेशेममा बसोबास गरे। अनि लेशेमलाई तिनीहरूको पुर्ख्यौली दानको नाम दिए।)

48यी सहरहरू र तिनीहरूका गाउँहरू वंशअनुसार दानको कुलका उत्तराधिकारको भाग थियो।

49जब तिनीहरूले देशलाई विभाजन गरेर भाग लगाउने काम गरी सिद्ध्याए, तब इस्राएलीहरूले नूनका छोरा यहोशूलाई तिनीहरूकै बीचमा उत्तराधिकारको भाग दिए।

50याहवेहले तिनीहरूलाई आज्ञा गर्नुभएअनुसार गरे। यहोशूले मागेका सहर एफ्राइमको पहाडी मुलुकमा भएको तिम्नथ-सेरह तिनीहरूले दिए। अनि त्यहाँ तिनले सहरलाई निर्माण गरे, र त्यहीँ बसोबास गरे।

51भेट हुने पालको प्रवेशद्वारमा याहवेहको उपस्थितिमा शीलोमा चिट्ठा हालेर पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका कुलका वंशका मुखियाहरूले तोकेका मुलुकहरू यिनै हुन्। यसरी तिनीहरूले देश बाँडफाँड गर्ने काम सिद्ध्याए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath