यहोशू 13
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1जब यहोशू धेरै वृद्ध भए, तब याहवेहले तिनलाई भन्नुभयो, “तँ धेरै वृद्ध भएको छस्। तर अधिकार गर्नुपर्ने देशहरू अझ धेरै छन्।
2“बाँकी रहेका देशहरू यिनै हुन्: “पलिश्तीहरू र गेशूरीहरूका समस्त इलाका:
3इजिप्टको पूर्वमा पर्ने शीहोर नदीदेखि उत्तरमा पर्ने एक्रोनका इलाकासम्म। यी इलाकाहरू कनानीहरूको भागमा गनिन्छ। यद्यपि त्यहाँ पाँच पलिश्ती शासकहरूले गाजा, अश्दोद, अश्कलोन, गित्ती र एक्रोनमा शासन गर्छन्। अनि अव्वीहरूको इलाका
4दक्षिणमा; कनानीहरूका सबै देशहरू, सीदोनीहरूको आरादेखि एमोरीहरूको इलाका अपेकसम्म;
5गबालीहरूको इलाका; समस्त पूर्वको लेबनान, हेर्मोन पर्वतको मुन्तिरको बाल-गाददेखि लेबो-हमातसम्म।
6“लेबनानदेखि मिस्रापोत-मैमसम्मका पहाडी क्षेत्रका सबै बासिन्दाहरू अर्थात् सीदोनीहरू, तिनीहरूलाई म आफैँले इस्राएलीहरूको सामुबाट निकालिदिनेछु। मैले तँलाई निर्देशन दिएअनुसार निश्चित रूपमा यो देश इस्राएलीहरूका निम्ति उत्तराधिकारस्वरूप छुट्याउनू।
7अनि यसलाई नौ वटा कुलहरू र मनश्शेका आधा कुलको बीचमा उत्तराधिकारको रूपमा बाँडिदिनू।”
8याहवेहका सेवक मोशाले तिनीहरूलाई अगिबाटै तोकिदिएअनुसार मनश्शेको आधा कुल, रूबेनीहरू र गादीहरूले यर्दनको पूर्वपट्टिका प्रान्तहरू उत्तराधिकारको रूपमा पाएका थिए।
9यो अर्नोनको घाटीको किनारमा भएको अरोएरदेखि घाटीको बीचमा भएको सहरसम्म फैलिएको थियो। अनि यसमा दीबोनसम्मै मेदेबाको पठार पनि सामेल थियो।
10अनि अम्मोनीहरूको सिमानासम्म एमोरीहरूका राजा सीहोनका सबै सहरहरू, जसले हेश्बोनमा राज्य गर्नेगर्थे।
11यसमा गेशूरी र माकातीहरूको इलाका गिलाद, सम्पूर्ण हेर्मोन पर्वत र सलेकासम्मै समस्त बाशान पनि पर्दथ्यो।
12अर्थात् अस्तारोत र एद्रईमाथि शासन गर्ने रपाईहरूका आखिरी पुस्ताहरूमध्येका एक जना बाशानका राजा ओगको समस्त राज्य पर्दथ्यो। मोशाले तिनीहरूलाई जितेर तिनीहरूका देश लिएका थिए।
13तर इस्राएलीहरूले गेशूरी र माकातीहरूलाई धपाएनन्। यसकारण तिनीहरू आजको दिनसम्म इस्राएलीहरूका बीचमा बसोबास गर्दैआएका छन्।
14तर मोशाले लेवीको कुललाई चाहिँ कुनै उत्तराधिकारको भाग दिएनन्। किनकि याहवेह इस्राएलका परमेश्वरले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ, उहाँलाई चढाएका अन्नबलिहरू तिनीहरूको उत्तराधिकारको भाग थियो।
15मोशाले रूबेनको कुललाई वंशअनुसार दिएका भूमि यिनै हुन्:
16अर्नोनको घाटीको किनारमा भएको अरोएरको इलाका र घाटीको बीचमा भएको सहर र मेदेबा पारिको समस्त पठारदेखि
17हेश्बोन र पठारमा भएका सबै सहरहरू, जसमा दीबोन, बामोत-बाल, बेथ-बालमोन सामेल थिए।
18यहसा, कदेमोत, मेपात,
19किर्यातैम, सिब्मा, पहाडी बेँसीको सेरेथ-शेहार,
20बेथ-पोर, पिसगाको भिरालो पाखो र बेथ-यशीमोत,
21पठारका सबै सहरहरू र हेश्बोनमा शासन गर्ने एमोरीहरूको राजा सीहोनका सबै राज्यहरू। मोशाले तिनलाई र मिद्यानका मुखियाहरू एवी, रेकेम, सूर, हूर र रेवा त्यस देशमा बस्ने राजकुमारहरू जो सीहोनसँग मिलेका थिए, तिनीहरूलाई जितेका थिए।
22लडाइँमा मारिएकाहरूबाहेक, इस्राएलीहरूले बालामको छोरा बओरलाई तरवारले मारे, जसले जोखना हेर्ने गर्थे।
23रूबेनीहरूको सिमाना यर्दन नदीको किनार थियो। यी सहरहरू र गाउँहरूचाहिँ रूबेनीहरूका वंशअनुसार उत्तराधिकारको भाग थियो।
24मोशाले गादको कुललाई वंशअनुसार दिएका भूमि यिनै हुन्:
25याजेरको इलाका, गिलादका सबै सहरहरू रब्बाको नजिक अरोएरसम्मको अम्मोनीको आधा देश;
26अनि हेश्बोनदेखि रामत-मिस्पा र बेतोनीमसम्म, र महनाइमदेखि दबीरको इलाकासम्म;
27अनि बेँसीमा, बेथ-हाराम, बेथ-निम्रा, सुक्कोत र सापोनसँगै हेश्बोनको राजा सीहोनका बाँकिरहेको राज्यसम्म (यर्दनको पूर्वपट्टिको गालीलको समुद्रको अन्त्यसम्म)।
28वंशअनुसार यी सहरहरू र तिनीहरूका गाउँहरू गादीहरूको पैतृक सम्पत्ति थियो।
29मनश्शेको वंशअनुसार यसको आधा कुललाई, अर्थात् मनश्शेका सन्तानहरूका आधा परिवारलाई मोशाले दिएका भूमि यिनै थिए:
30महनाइमदेखि बाशानको समस्त इलाकासम्म फैलिएको, बाशानका राजा ओगका समस्त राज्य, बाशानमा भएका याईरका सबै गाउँहरू, साठी वटा सहरहरू,
31गिलादको आधा भाग र अस्तारोत र एद्रई (बाशानमा ओगका राजकीय सहरहरू)। योचाहिँ मनश्शेको छोरा माकीरका सन्तानहरूका लागि थियो। माकीरका छोराहरूलाई तिनीहरूका वंशअनुसार आधालाई दिइएको थियो।
32यरीहोको पूर्वमा भएको यर्दनपारि मोआबको मैदानमा हुँदा मोशाले दिएको उत्तराधिकारको भाग यही थियो।
33तर लेवीको कुललाई चाहिँ मोशाले कुनै उत्तराधिकारको भाग दिएका थिएनन्। तिनले उनीहरूलाई प्रतिज्ञा गरेझैँ, याहवेह इस्राएलका परमेश्वर नै तिनीहरूका उत्तराधिकारको भाग हुनुभयो।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath