योना 3
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1त्यसपछि याहवेहको वचन दोस्रो पटक योनाकहाँ आयो:
2“त्यो ठूलो सहर निनवेमा जा, र मैले तँलाई दिएको सन्देश जे छ, त्यसलाई घोषणा गर्।”
3योनाले याहवेहको वचन पालन गरेर निनवेमा गए। निनवे एक ठूलो सहर थियो; यस सहरलाई पार गर्नलाई तीन दिन लाग्थ्यो।
4योना सहरभित्र पसेर एक दिनको बाटोसम्म यात्रा गरेपछि तिनले परमेश्वरको सन्देश घोषणा गर्न सुरु गरे: “अब चालीस दिनमा निनवे सहर नष्ट पारिनेछ।”
5निनवेका मानिसहरूले परमेश्वरको सन्देशलाई विश्वास गरे। तिनीहरूले उपवासको घोषणा गरे; अनि सानादेखि ठूलासम्म सबैले भाङ्ग्रा लगाए।
6जब यो खबर निनवेका राजाकहाँ पुग्यो, तब तिनी आफ्नो सिंहासनबाट उठे; आफ्नो राजकीय पोशाक फुकाले र भाङ्ग्रा ओढेर खरानीमा बसे।
7त्यसपछि राजाले निनवेमा यस्तो घोषणा जारी गरे: राजा र तिनका अधिकारीहरूका उर्दीअनुसार: “मानिस वा पशुप्राणी, गाईबस्तु वा भेडाबाख्रा, कसैले पनि केही खानेकुरा नचाखोस्; तिनीहरूलाई खान वा पिउन नदिइयोस्।
8तर मानिस र पशुप्राणीहरू सबैले भाङ्ग्रा ओढून्, र तुरुन्तै सबैले परमेश्वरलाई पुकारून्। तिनीहरूले आफ्ना दुष्ट चालहरू छोडून् र आफ्ना हिंसा त्यागून्।
9कसले जान्दछ? हामी नाश नहोऔँ भनी परमेश्वरले अझै पनि आफ्नो मन बदल्नुहुन्छ, वा दयाले भरिएर आफ्नो भयङ्कर क्रोधबाट फर्कनुहोला कि।”
10जब परमेश्वरले तिनीहरूले गरेका काम र तिनीहरू आफ्ना दुष्ट चालहरूबाट फर्केको देख्नुभयो, तब उहाँ दयाले भरिनुभयो र उहाँले दिनुभएको सर्वनाशको धम्की तिनीहरूमाथि ल्याउनुभएन।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath