ईसाई धर्म
पछाडि

योना 2

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1योनाले माछाको पेटभित्रबाट याहवेह आफ्ना परमेश्‍वरलाई प्रार्थना गरे।

2तिनले यसरी याहवेहसँग प्रार्थना गरेर भने: “मेरो सङ्कष्‍टको समयमा मैले याहवेहलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो। मृतकहरूको गहिरो पातालबाट मैले सहायताको निम्ति पुकारेँ; अनि तपाईंले मेरो क्रन्दन सुन्‍नुभयो।

3तपाईंले मलाई समुद्रको गहिराइमा फालिदिनुभयो, समुद्रको मुटुभित्र म डुबेँ; अनि पानीका छालहरूले मलाई घेरे; अनि तपाईंका पानीका छालहरू र लहरहरू ममाथि उर्लेर आए।

4मैले भनेँ, ‘म तपाईंको दृष्‍टिबाट निकालिएको छु; तापनि म फेरि पनि तपाईंको पवित्र मन्दिरतिर हेर्नेछु।’

5डुबाउने पानीले मलाई भयभीत तुल्याए, र समुद्रको गहिराइले मलाई चारैतिर घेरेका थिए; समुद्रका झारहरू मेरो टाउकोमा बेह्रिएका थिए।

6म डुबेर तल पर्वतहरूका फेदसम्मै पुगेँ; पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो। तर पनि तपाईंले, हे याहवेह मेरा परमेश्‍वर, मेरो प्राणलाई खाल्डोबाट निकालेर ल्याउनुभयो।

7“जब मेरो प्राण जानै लागेको थियो, हे याहवेह, मैले तपाईंलाई सम्झेँ; अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरसम्म पुग्यो।

8“जजसले व्यर्थका मूर्तिहरूमा भरोसा गर्छन्, तिनीहरू परमेश्‍वरको अचुक प्रेमबाट टाढा हुन्छन्।

9तर म धन्यवादको स्तुतिसहित तपाईंलाई बलिदान चढाउनेछु। मैले जे भाकल गरेको छु, त्यो म पूरा गर्नेछु। म भन्‍नेछु, ‘उद्धार याहवेहबाट नै आउँछ।’ ”

10अनि याहवेहले माछालाई आज्ञा दिनुभयो र त्यसले योनालाई सुक्खा जमिनमा उकेलिदियो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath