ईसाई धर्म
पछाडि

इयोब 7

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1“के मानिस जातिले पृथ्वीमा कठोर परिश्रम गर्नुपर्दैन र? के तिनीहरूका दिनहरू ज्यालादार मजदुरका जस्ता छैनन् र?

2जसरी एउटा सेवकले बेलुकीको शीतल छायाको चाह गर्छ, अथवा एउटा मजदुरले आफ्नो ज्याला पर्खिरहन्छ,

3त्यसरी नै मेरा निम्ति व्यर्थका महिनाहरू छुट्याइएका छन्, र कष्‍टका रातहरू मेरा निम्ति दिइएका छन्।

4जब म ढल्कन्छु, तब मनमनै आफैँलाई सोध्छु, ‘म कहिले उठूँ?’ रात लामो हुँदैजान्छ, र म बिहानसम्मै कोल्टे फेर्दै छटपटाइरहन्छु।

5मेरो शरीर किरा र पाप्राहरूले ढाकिएको छ, मेरो छाला चिरैचिरा परेको छ र पीप निस्किरहन्छ।

6“मेरा दिनहरू कपडा बुन्‍ने तानको थुरी चलेकोभन्दा छिटो बितिरहेका छन्, र ती आशाविना नै अन्त्य हुन्छन्।

7हे परमेश्‍वर, स्मरण गर्नुहोस्, मेरो जीवन सास मात्र हो; मेरा आँखाहरूले अब कहिल्यै सुखका दिन देख्नेछैनन्।

8अहिले मलाई देख्ने आँखाले, अब उसो फेरि कहिल्यै मलाई देख्नेछैन; तपाईंले मलाई खोज्नुहुनेछ, तर अब उसो फेरि म रहनेछैनँ।

9जसरी बादल लोप भएर जान्छ, त्यसरी नै चिहानमा जाने फेरि फर्केर आउँदैन।

10त्यो आफ्नो घरमा फेरि कहिल्यै फर्केर आउँदैन; त्यसको ठाउँले त्यसलाई फेरि कहिल्यै चिन्‍नेछैन।

11“त्यसैकारण म चुपचाप रहनेछैनँ; म आफ्नो मनको वेदनामा बोल्नेछु, मेरो आत्माको तितोपनामा म गुनासो पोखाउनेछु।

12के म समुद्र हुँ र, अथवा गहिराइको विशाल जन्तु हुँ र तपाईं मलाई निगरानीमा राख्नुहुन्छ?

13जब मलाई मेरो ओछ्यानले आराम दिनेछ; र मेरो पलङले मेरो गुनासो हल्का पार्नेछ भनी सोच्छु,

14तर तपाईंले त झन् मलाई सपनाहरूले भयभीत पार्नुहुन्छ; र दर्शनहरूले मलाई तर्साउनुहुन्छ,

15त्यसैले यस्तो कष्‍ट शरीरमा लिएर बाँच्नुभन्दा, बरु घाँटी अँठ्याएर मर्न चाहन्छु।

16मेरो यस जीवनलाई घृणा गर्दछु; म अनन्तसम्म बाँच्नेछैनँ। मलाई एकलै छोडिदिनुहोस्; किनकि मेरा दिनहरू अर्थहीन छन्।

17“मानिस जाति के हो र तपाईं त्यसको निम्ति यति धेरै महत्त्व राख्नुहुन्छ, र तपाईं त्यसलाई यति धेरै चासो गर्नुहुन्छ;

18किन तपाईं हरेक बिहान तिनीहरूलाई जाँच गर्नुहुन्छ, र हरपल तिनीहरूको परीक्षा गर्नुहुन्छ?

19तपाईंले मलाई हेर्न कहिल्यै छोड्नुहुन्‍न, अथवा एक पल पनि मलाई एकलै रहन दिनुहुन्‍न?

20मानिसले गरेका सबै कुरा हेर्नुहुने तपाईं नै हुनुहुन्छ भने, यदि मैले पाप गरेको भए तापनि मैले तपाईंलाई के हानि गरेको छु र? तपाईंले किन मलाई आफ्नो निशाना बनाउनुहुन्छ? के म तपाईंको निम्ति बोझ भएको छु?

21तपाईंले किन मेरा अपराधहरू माफ गर्नुहुन्‍न र मेरा पापहरू क्षमा गर्नुहुन्‍न? किनकि अब म चाँडै धुलोमा सुतिजानेछु; तपाईंले मलाई खोज्नुहुनेछ, तर भेट्टाउनुहुनेछैन।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath