ईसाई धर्म
पछाडि

इयोब 4

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तब एलीपज तेमानीले इयोबलाई जवाफ दिए:

2“यदि कसैले तपाईंसँग कुरा गर्न खोज्दा के तपाईं झर्को मान्‍नुहुनेछ? तर कोचाहिँ केही नबोली बस्‍न सक्ला र?

3हेर्नुहोस्, तपाईंले धेरैलाई शिक्षा दिनुभएको छ; तपाईंले लुला हातहरूलाई बलियो पार्नुभएको छ।

4ठक्‍कर खानेहरूलाई तपाईंका वचनहरूले सम्हाल्नुभएको छ; निर्बल घुँडाहरूलाई तपाईंले बलियो पार्नुभएको छ।

5तर अहिले तपाईंलाई सङ्कष्‍ट आइपरेको छ, र तपाईं निरुत्साहित हुनुभएको छ; यसले तपाईंलाई प्रहार गरेको छ, त्यसैले तपाईं भयभीत हुनुभएको छ।

6के तपाईंको भक्तिभाव नै तपाईंको निम्ति आत्मविश्‍वास र तपाईंको निर्दोष जीवन नै तपाईंको निम्ति आशा हुनुपर्ने होइन र?

7“अब विचार गर्नुहोस्: कुनै निर्दोष मानिस, कहिल्यै नाश भएको छ? धर्मी मानिसलाई कहाँ नष्‍ट पारिएको छ र?

8दुष्‍टता जोत्ने र सङ्कट छर्नेहरूले त्यही अनुसारको कटनी गरेको मैले देखेको छु।

9परमेश्‍वरको सासद्वारा तिनीहरू नष्‍ट हुन्छन्; उहाँको क्रोधको रापमा तिनीहरू भस्म हुन्छन्।

10सिंहहरू जति नै गर्जून् र ङ्वार्र-ङुर्र गरून्, तर पनि ठूला सिंहहरूका दाँतहरू भाँचिन्छन्।

11शिकारको अभावले गर्दा सिंहहरू मर्छन्, र सिंहनीका डमरुहरू तितरबितर हुन्छन्।

12“गोप्य रूपमा एउटा खबर मकहाँ ल्याइयो, मेरो कानले त्यसको कानेखुसी सुन्यो।

13रातका तर्साउने सपनाहरू बीच मानिसहरू गहिरो निद्रामा परेका बेला,

14मलाई डर र कम्पले छोप्यो, जसले गर्दा मेरा सबै हड्डी समेत काँपे।

15एउटा आत्माले मेरो अनुहार छोएर गयो; अनि मेरो शरीरभरि रौँ ठाडो भयो।

16त्यो टक्‍क अडियो; तर त्यो के हो भनी मैले ठम्याउनै सकिनँ। एउटा आकृति मेरो आँखाको सामु उभियो। एकछिन चकमन्‍न भयो र मैले एउटा मधुर सोर सुनेँ,

17‘के मरणशील मानिस परमेश्‍वरभन्दा धर्मी हुन सक्छ? के कुनै बलियो मानिस पनि उसको सृष्‍टिकर्ताभन्दा पवित्र हुन सक्छ?

18यदि परमेश्‍वरले आफ्नै सेवकहरूमाथि भरोसा गर्नुभएन भने, आफ्नै दूतहरूलाई गल्ती गर्दा दोष लगाउनुभयो भने,

19झन् ती माटोका घरमा बस्‍नेहरूलाई कति बढ्ता गर्नुहोला, जसको जग नै धुलोमा हुन्छ, जसलाई पुतलीलाई भन्दा सजिलैसँग कुल्चीमिल्ची पार्न सकिन्छ!

20तिनीहरू बिहान र बेलुकीको समयमा टुक्रा-टुक्रा पारिन्छन्; कसैले थाहा नपाई तिनीहरू सदाको लागि नाश हुन्छन्।

21तिनीहरूका पालका डोरीहरू तानियो भने, तिनीहरू बुद्धि नपाई मर्दैनन् र?’

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath