इयोब 42
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1तब इयोबले याहवेहलाई जवाफ दिए:
2“म जान्दछु, तपाईंले सबै कुराहरू गर्न सक्नुहुन्छ; तपाईंका कुनै पनि उद्देश्य रोक्न सकिँदैन।
3तपाईंले मलाई सोध्नुभयो, ‘त्यो को हो, जसले ज्ञानविना मेरो योजनालाई अस्पष्ट पार्दछ?’ साँच्चै मैले नबुझेका कुराहरू बोलेँ, मैले जान्नै नसकेका अचम्मका कुराहरू बोलेँ।
4“तपाईंले मलाई भन्नुभयो, ‘अब सुन्, र तँसँग म बोल्नेछु; म तँलाई सोध्नेछु, र तैँले मलाई जवाफ दिनेछस्।’
5तपाईंको बारेमा मेरा कानले सुनेको मात्र थिएँ, तर अहिले तपाईंलाई मेरा आँखाहरूले देखेका छन्।
6यसैकारण म आफूलाई तुच्छ ठान्दछु, अनि म धुलो र खरानीमा बसेर पश्चात्ताप गर्दछु।”
7याहवेहले यी सबै कुराहरू इयोबलाई भन्नुभएपछि, उहाँले एलीपज तेमानीलाई भन्नुभयो, “मेरो सेवक इयोबले मेरो बारेमा सत्य बोलेझैँ तिमीहरूले नबोलेको कारण तँ र तेरा दुई मित्रहरूसँग म क्रोधित भएको छु।
8यसकारण अब सात वटा बहर र सात वटा थुमा लिएर मेरो सेवक इयोबकहाँ जाओ, र आफ्ना निम्ति होमबलि चढाओ। मेरो सेवक इयोबले तिमीहरूका निम्ति प्रार्थना गर्नेछ, र म त्यसको प्रार्थना ग्रहण गर्नेछु; अनि म तिमीहरूका मूर्खता अनुसारको व्यवहार गर्नेछैनँ। मेरो सेवक इयोबले मेरो बारेमा सत्य बोलेझैँ तिमीहरूले बोलेका छैनौ।”
9यसकारण एलीपज तेमानी, बिल्दद शुही र सोपर नमातीले तिनीहरूलाई याहवेहले भन्नुभएजस्तै गरे; अनि याहवेहले इयोबको प्रार्थना स्वीकार गर्नुभयो।
10इयोबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरिसकेपछि याहवेहले तिनको सुदिन फेरि फर्काइदिनुभयो, र तिनलाई तिनीसँग पहिला भएका धनसम्पत्तिभन्दा दोबर दिनुभयो।
11त्यसपछि इयोबका सबै दाजुभाइ तथा दिदीबहिनीहरू र तिनका पहिलेका चिनजानहरू तिनको घरमा तिनीसँग भेटघाट गर्न आए, र तिनीसँग तिनको घरमा भोज गरे। याहवेहले तिनीमाथि ल्याउनुभएका सबै विपत्तिका निम्ति तिनीहरूले तिनीसँग विलाप गरे, र तिनलाई समवेदना र सान्त्वना दिए; अनि हरेकले तिनलाई एक-एक टुक्रा चाँदी र एउटा-एउटा सुनको औँठी दिए।
12याहवेहले इयोबको जीवनको पछिल्लो समयलाई पहिलेको भन्दा अझ बढी आशिष् दिनुभयो। तिनीसँग चौध हजार भेडाबाख्रा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधाहरू थिए।
13तिनका सात छोरा र तीन छोरी पनि भए।
14तिनले जेठी छोरीको नाम यामीमा, माहिलीको कसीआ र कान्छीको केरेन हप्पूक राखे।
15सम्पूर्ण देशभरि इयोबका छोरीहरूजस्ता सुन्दर स्त्रीहरू अरू कोही पनि थिएनन्; अनि तिनीहरूका पिता इयोबले तिनीहरूलाई तिनीहरूका दाजुभाइहरूसरह पैतृक सम्पत्ति दिए।
16त्यसपछि इयोब एक सय चालीस वर्ष बाँचे; तिनले आफ्ना छोराछोरी र तिनीहरूका छोराछोरीहरू गरी चार पुस्तासम्म देखे।
17यसरी इयोब वृद्ध र पूरा वर्ष खाएर मरे।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath