ईसाई धर्म
पछाडि

इयोब 40

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेहले इयोबलाई भन्‍नुभयो:

2“के सर्वशक्तिमान्‌सँग तर्क गर्नेले उहाँलाई सुधार गर्न सक्छ? परमेश्‍वरलाई दोष लगाउनेले नै उहाँलाई जवाफ देओस्!”

3तब इयोबले याहवेहलाई जवाफ दिए:

4“म अयोग्य छु, म तपाईंलाई कसरी जवाफ दिन सक्छु? म मेरो हातले आफ्नो मुख छोप्दछु।

5म एक पटकको लागि बोलिहालेँ, तर मसँग कुनै जवाफ छैनँ, दुई पटक म बोलेँ, तर अब म केही भन्‍नेछैनँ।”

6तब याहवेह आँधीबेहरीको बीचबाट इयोबसँग बोल्नुभयो:

7“अब मर्दझैँ कम्मर कसेर खडा हो; म तँलाई प्रश्न गर्नेछु, अनि तैँले मलाई जवाफ दिनेछस्।

8“के तैँले मेरो न्यायलाई गलत ठहराउँछस्? के तैँले आफूलाई सही ठहराउनलाई मलाई दोषी ठहराउँछस्?”

9के तेरो पाखुरा परमेश्‍वरको जस्तो छ? के तेरो सोर उहाँको जस्तै गर्जन सक्छ?

10त्यसो भए आफूलाई महिमा र गौरवले आभूषित गर्! अनि आफूलाई आदर र सम्मानको वस्त्रले ढाक्।

11तेरो रिसको आगो पोखिदे; घमण्डीहरूलाई हेर्, र तिनीहरूलाई विनम्र पारिदे,

12हरेक घमण्डीलाई हेर्, र तिनीहरूलाई होच्‍च्‍याइदे, दुष्‍टलाई तिनीहरू उभिएकै ठाउँमा कुल्चिदे।

13तिनीहरूलाई एकसाथ धुलोमा गाडिदे; चिहानमा तिनीहरूका अनुहार कात्रोले छोपिदे।

14तब तेरो आफ्नै दाहिने हातले तँलाई रक्षा गर्न सक्छ भनी म आफैँले तँसँग स्वीकार गर्नेछु।

15“तँसँगै मैले बनाएको जलगैँडालाई हेर, जसले गोरुले जस्तै घाँस खान्छ।

16त्यसको कम्मरमा कति बल छ, त्यसको पेटका मांसपेशीहरूमा कति शक्ति छ!

17त्यसको पुच्छर देवदारुजस्तै बलियो हुन्छ; त्यसका तिघ्राका नशाहरू खूब कसिएर बुनिएका छन्।

18त्यसका हड्डीहरू काँसोका नलीहरू जस्तै बलिया छन्; त्यसका हातखुट्टाहरू फलामका छडी जस्तै छन्।

19त्यो परमेश्‍वरका कामहरूमध्ये पहिलो दर्जामा आउँछ; तापनि त्यसलाई बनाउनुहुनेले आफ्नो तरवारले त्यसलाई भेट्न सक्नुहुन्छ।

20डाँडाहरूले तिनीहरूका उब्जनी ल्याउँछन्, र सबै जङ्गली जनावरहरू त्यसको छेउछाउतिरै खेल्छन्।

21कमलको बोटमुनि त्यो ढल्कन्छ, सिमसारका निगालोहरूका आडमा लुक्छ।

22कमलका फूलहरूले त्यसलाई आफ्ना छायामुनि लुकाउँछन्; खोलाको किनारका लहरे पीपलले त्यसलाई घेरेर राख्छन्।

23वेगसँग उर्लेर आएको नदीलाई देखेर त्यो डराउँदैन; यर्दन नदीको भेल त्यसको विरुद्ध मुखैमा उर्लेर आए तापनि त्यो सुरक्षित रहन्छ।

24के त्यसको आँखा खुल्‍ला हुँदा कसैले त्यसलाई पक्रन सक्छ? वा त्यसलाई पासोमा पारेर त्यसको नाक छेड्न सक्छ?

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath