ईसाई धर्म
पछाडि

इयोब 3

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1त्यसपछि इयोबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई धिक्‍कार्न थाले।

2तिनले भने:

3“म जन्मेको त्यो दिनलाई धिक्‍कार होस्! र ‘एउटा छोराको गर्भधारण भयो’ भनेर भनिएको त्यो रात पनि मेटिओस्!

4त्यो दिन अन्धकारमा परिणत होस्; उच्‍चमा हुनुहुने परमेश्‍वरले त्यस दिनको वास्तै नगरून्; न त त्यो दिनमाथि कुनै ज्योति चम्कियोस्।

5त्यो दिनलाई अँध्यारो र निस्पट्ट अन्धकारले एक पटक फेरि कब्जा गरोस्; त्यो दिनमाथि बादल छाओस्; र घोर अन्धकारले भयभीत पारोस्।

6त्यो रात निस्पट्ट अँध्यारोले त्यसलाई छोपोस्; त्यो दिन, त्यस वर्षका दिनहरूका गन्तीमा नआओस्; न त त्यो दिन कुनै महिनामा आओस्।

7त्यो रात बाँझो होस्; त्यो रातमा कुनै आनन्दको सोर नसुनियोस्।

8दिनलाई सराप्नेहरूले, लिव्यातनलाई उठाउनेहरूले समेत त्यो दिनलाई धिक्‍कारून्।

9त्यसका बिहानीका ताराहरू अँध्यारो होऊन्; त्यसको ज्योति देख्ने पर्खाइ व्यर्थ होस्। र मिरमिरेको पहिलो किरण देख्न नपाओस्;

10किनभने त्यो रातले मेरी आमाको गर्भका ढोकाहरू मेरा निम्ति बन्द गरेन, न त त्यसले मेरा आँखाहरूबाट दुःख नै लुकायो।

11“किन म जन्मँदै मरिनँ, अनि किन म गर्भदेखि निस्कँदा-किस्किँदै मरिनँ?

12किन म जन्मँदा मलाई स्वागत गर्ने घुँडाहरू, र मलाई दूधपान गराउने स्तनहरू थिए?

13नत्रता म अहिले शान्तिमा ढल्किरहेको हुनेथिएँ; म सुतेको अवस्थामा विश्राम पाउँथेँ।

14पृथ्वीका राजाहरू र राजाका सल्‍लाहकारहरूसँग, जसले आफ्ना निम्ति महान् भवनहरू निर्माण गरे, जो अहिले भत्किएका अवस्थामा छन्;

15सुन भएका भारदारहरूसँग, जसले आफ्ना घरहरू चाँदीले भरेका छन्।

16अथवा नजन्मँदै मरेको बालकजस्तै म किन गाडिनँ, अथवा ज्योति देख्न नपाउँदै तुहिएका ती शिशुहरूजस्तै किन भइनँ?

17दुष्‍ट मानिसहरू पनि चिहानमा दुष्‍ट्याइँ गर्न छोड्छन्; र त्यहाँ थकितहरूले विश्राम पाउँछन्।

18त्यहाँ कैदीहरू पनि तिनीहरूको सुखमा रमाउँछन्; न त दासहरूले फेरि हाकिमहरूका सोर सुन्छन्।

19साना र ठूला मानिसहरू त्यहाँ हुन्छन्; अनि दासहरू पनि आफ्ना मालिकहरूबाट त्यहाँ मुक्त हुन्छन्।

20“किन कष्‍टमा भएकाहरूलाई ज्योति, र हृदयमा विरक्त भएकाहरूलाई जीवन दिइन्छ?

21जो मर्न चाहन्छन्, तर मृत्यु आउँदैन; जसले मृत्युलाई गाडधनभन्दा बढी खोजी गर्छन्,

22तिनीहरू मृत्यु आउँदा आनन्दले भरिन्छन्; अनि चिहानमा पुग्दा खूबै रमाउँछन्।

23मानिसलाई जीवन किन दिइन्छ? जसको मार्ग लुकिएको छ, जसलाई परमेश्‍वरले दुःखको घेरा भित्र राख्नुभएको छ।

24किनकि मेरा निम्ति प्रत्येक दिनको भोजन सुस्केरा भएको छ; मेरा चीत्कारहरू पानीजस्तै बग्दछन्।

25म जेसँग डराउँथे, त्यही कुरा ममाथि आइपरेको छ; अनि जुन कुरादेखि म भयभीत हुन्थेँ, त्यही नै भएको छ।

26न मलाई शान्ति छ, न त सुख नै छ; मेरा निम्ति आराम छैन, तर दुःख-कष्‍ट मात्र छ।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath