इयोब 39
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1“के तैँले घोरलहरू कहिले बियाउँछ भनी जान्दछस्? के तैँले हरिणीहरूले बच्चाहरू बियाएका कहिल्यै देखेको छस्?
2के तैँले तिनीहरूले बच्चा बियाउँने महिनाहरू गन्दछस्? के तैँले तिनीहरूको बच्चा बियाउँने समय जान्दछस्?
3तिनीहरूले निहुरेर बच्चा बियाउँछन्; तब तिनीहरूको प्रसव वेदनाको अन्त्य हुन्छ।
4तिनीहरूका बच्चाहरू हुर्कन्छन्, र जङ्गलमा बलिया हुँदै जान्छन्; तिनीहरूले आफ्ना घरलाई छोड्छन् र फर्केर आउँदैनन्।
5“कसले जङ्गली गधालाई स्वतन्त्र छाडिदियो? कसले त्यसका डोरीहरू खोलिदियो?
6गधाका निम्ति मैले मरुभूमिलाई घरको रूपमा, र नुनिला बेँसीहरू निवासको रूपमा दिएको छु।
7त्यसले सहरको होहल्लालाई खिसी गर्छ; त्यसले धपाउनेको गाली सुन्दैन।
8त्यो चरनको निम्ति डाँडातिर घुमिहिँड्छ, र त्यसले हरेक हरियो कुराको खोजी गर्दछ।
9“के जङ्गली साँढेले तेरो सेवा गर्न मान्ला र? के त्यसले तेरो गोठमा रात बिताउला र?
10के तैँले जङ्गली साँढेलाई जुवाको डोरीले बाँध्न सक्छस् र? के त्यसले तेरो पछिल्तिरको बेँसीहरू जोत्ला र?
11के तैँले त्यसको ठूलो शक्तिमाथि भरोसा गर्नेछस्? के तेरो गाह्रो काम त्यसलाई छोडिदिनेछस्?
12के त्यसले तेरो अन्न जम्मा गर्ला र खलामा ल्याइदेला भनेर तँ ढुक्क हुन सक्छस्?
13“शुतुरमुर्गका पखेटाहरू आनन्दले फर्फराउँछन्, यद्यपि तिनीहरूलाई सारसका पखेटाहरू र प्वाँखहरूसँग तुलना गर्न सकिँदैन।
14त्यसले आफ्ना अण्डाहरू बालुवाले तातो पारिदिओस् भनी जमिनमा अण्डाहरू पारेर छोडिराख्छे।
15अनि खुट्टाले तिनलाई कुल्चेला, अथवा कुनै जङ्गली पशुले धुलोपिठो पार्ला भनी त्यसले सोच्दिन।
16आफ्ना चल्लाहरू त्यसले आफ्ना होइनन् जस्तै गरी निर्दयी व्यवहार गर्छे; त्यसले आफ्नो प्रसव वेदना खेर गएकोमा वास्तै गर्दिन,
17किनकि परमेश्वरले त्यसलाई बुद्धि दिनुभएको छैन, अथवा त्यसलाई असल विवेक दिनुभएको छैन।
18तापनि जब त्यसले दगुर्नलाई आफ्नो पखेटाहरू फैलाउँछे, त्यसले घोडा र घोडसवारको खिसी गर्छे।
19“के तैँले घोडालाई त्यसको शक्ति दिएको हो र? अथवा त्यसको घिच्रोमा जगर पहिर्याएको हो र?
20के तैँले त्यसलाई सलहलाई जस्तै उफार्न सक्छस् र? त्यसको घमण्डी हिनहिनाइले त्रसित पार्दैन र?
21त्यसले आफ्नो शक्तिमा आनन्दित हुँदै डरलाग्दो गरी टाप मार्छ, र युद्धको निम्ति जाइलाग्छ।
22त्यसले डरलाई खिसी गर्छ, कुनै कुरासँग डराउँदैन; त्यसले तरवारलाई देखेर पनि पिठिउँ फर्काएर भाग्दैन।
23त्यसको छेउमा काँडको ठोकर बज्दछन्, र त्यसको साथमा बर्छा र भाला चम्कन्छन्।
24अति जोशसँग त्यो धेरै वेग गतिका साथ अगि बढ्छ ; तुरहीको आवाज सुनेर त्यो स्थिर रहन सक्दैन।
25तुरहीका आवाजहरू गुन्जँदा त्यसले, ‘आह!’ भन्छ, अनि त्यसले टाढैबाट लडाइँको गन्ध थाहा पाउँछ, सेनापतिहरूका गर्जन र लडाइँको चर्को आवाजहरू थाहा पाउँछ।
26“के तेरो बुद्धिद्वारा बाज उँभो-उँभो उड्छ; र त्यसले आफ्ना पखेटाहरू दक्षिणतिर फैलाउँछ र?
27के चीलले तेरो हुकुम पाएर उँभो उड्छ, र त्यसले आफ्नो गुँड अग्लो ठाउँमा बनाउँछ र?
28त्यो पहरामा बास गर्छ, र रातमा त्यहीँ नै बस्छ; त्यसको गढ चट्टानको धाँदो हो।
29त्यहाँबाट त्यसले आफ्नो शिकार खोज्छ; त्यसका आँखाहरूले यसलाई टाढैबाट चिनिहाल्छ।
30त्यसका बचेराहरूले रगत चुस्छन्; र जहाँ सिनो हुन्छ, त्यो त्यहीँ नै हुन्छ।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath