ईसाई धर्म
पछाडि

इयोब 37

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1“यस्ता कुराले गर्दा मेरो मुटुको ढुकढुकी ज्यादै बढ्छ, अनि यो आफ्नो ठाउँबाट उफ्रन्छ।

2सुन्‍नुहोस्! उहाँको आवाजको गर्जनलाई सुन्‍नुहोस्, उहाँको मुखबाट निस्केको गडगडाहट सुन्‍नुहोस्।

3उहाँले आफ्नो बिजुली सारा स्वर्गमुनि छोडिदिनुहुन्छ; र यसलाई पृथ्वीको अन्तिमसम्म पठाइदिनुहुन्छ।

4त्यसपछि उहाँको गर्जनको आवाज आउँछ; उहाँ आफ्नो प्रतापी आवाजमा गर्जनुहुन्छ। जब उहाँको आवाज गुञ्जन्छ, तब उहाँले केही पनि रोकेर राख्नुहुन्‍न।

5परमेश्‍वरको आवाज अद्‌भुत किसिमले गर्जन्छ; उहाँले हाम्रो समझभन्दा बाहिरका महान् कामहरू गर्नुहुन्छ।

6उहाँले हिउँलाई भन्‍नुहुन्छ, ‘पृथ्वीमा झर्,’ भारी वर्षालाई भन्‍नुहुन्छ, ‘मुसलधारे झरी पर्।’

7यसर्थ उहाँले सृष्‍टि गर्नुभएका हरेक मानिसहरूले उहाँका कामलाई जानून्, उहाँले सबै मानिसहरूलाई तिनीहरूका परिश्रमबाट रोक्नुहुन्छ।

8पशुहरू ओडारमा पस्छन्; तिनीहरू आफ्ना गुफामा बस्छन्।

9प्रचण्ड आँधी आफ्नो स्थानबाट निस्कन्छ, र तेज बतासबाट धेरै जाडो आउँछ।

10परमेश्‍वरको सासले बरफ उत्पादन गर्छ, र फराकिलो समुद्रको पानी जम्छ।

11उहाँले बादललाई ओसको भारी बोकाउनुहुन्छ; उहाँले आफ्नो बिजुली बादलद्वारा छर्नुहुन्छ।

12उहाँको आदेशमा उहाँले खटाउनुभए अनुसार तिनीहरू पृथ्वीको सतहभरि मडारिन्छन्।

13परमेश्‍वरले मानिसहरूलाई दण्ड दिन, अथवा उहाँको पृथ्वीलाई भिजाउन र उहाँको प्रेम देखाउन बादललाई पठाउनुहुन्छ।

14“इयोब, यो कुरा सुन्‍नुहोस्; रोकिनुहोस्, र परमेश्‍वरका अद्‌भुत कार्यहरूमा विचार गर्नुहोस्।

15परमेश्‍वरले बादललाई कसरी वशमा राख्नुहुन्छ, अनि कसरी आफ्नो बिजुली चम्काउनुहुन्छ भनी के तपाईं जान्‍नुहुन्छ?

16बादल कसरी शान्त भएर एक ठाउँमा अडिरहन्छ, ज्ञानमा सिद्ध हुनुहुनेले कसरी ती अद्‌भुत कार्यहरू गर्नुहुन्छ भन्‍ने कुरा के तपाईं जान्‍नुहुन्छ?

17देश दक्षिणी बतासको प्रभावमा परेको बेला तपाईं आफ्ना वस्त्रहरूभित्र न्यानो भएर रहनुहुन्छ,

18के तपाईं काँसोको ऐनाजस्तै कडा आकाशलाई, फैलाउने काममा उहाँलाई साथ दिन सक्नुहुन्छ?

19“हामीले उहाँलाई के भन्‍नुपर्छ, भन्‍नुहोस्; हामी अन्धकारमा रहेको कारण आफ्नो तर्क प्रस्तुत गर्न सक्दैनौँ।

20के उहाँलाई म केही बोल्न चाहन्छु भनेर बताउनुपर्छ र? के कुनै मानिसले आफू निलिएको चाहन्छ र?

21तर अब बतासलाई बढारेर सफा पारेको आकाशमा भएको चम्किलो सूर्यलाई कसैले पनि हेर्न सक्दैन।

22उत्तरतिरबाट उहाँ सुनौलो भव्यतामा आउनुहुन्छ; परमेश्‍वर अद्‌भुत महिमामा आउनुहुन्छ।

23सर्वशक्तिमान् हाम्रो पहुँचभन्दा बाहिर र शक्तिमा उच्‍च हुनुहुन्छ; उहाँको न्याय र महान् धार्मिकतामा उहाँले मानिसहरूलाई थिचोमिचो गर्नुहुन्‍न।

24यसकारण मानिसहरूले उहाँलाई श्रद्धा गर्दछन्; किनकि उहाँले हृदयमा बुद्धिमान् छु भनेर दाबी गर्नेहरू सबैलाई आदर गर्नुहुन्‍न।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath