ईसाई धर्म
पछाडि

इयोब 36

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1एलिहू बोल्दै गए:

2“मसँग केही बेर धैर्य धारण गर्नुहोस्, र म तपाईंलाई देखाउनेछु, कि परमेश्‍वरको पक्षबाट भन्‍नुपर्ने कुराहरू अझ धेरै छन्।

3मैले आफ्नो ज्ञान टाढाबाट पाउनेछु; र न्यायको श्रेय मेरा सृष्‍टिकर्तालाई दिनेछु।

4मेरा कुराहरू झूटो होइनन् भनी निश्‍चित रहनुहोस्; ज्ञानमा अति सिद्ध हुनुहुने उहाँ तपाईंसँग हुनुहुन्छ।

5“परमेश्‍वर शक्तिशाली हुनुहुन्छ, तर उहाँले कसैलाई तुच्छ ठान्‍नुहुन्‍न; उहाँ शक्तिशाली र उहाँको उद्देश्यमा दृढ हुनुहुन्छ।

6उहाँले दुष्‍टलाई जीवित राख्नुहुन्‍न; तर पीडितहरूलाई तिनीहरूका अधिकार दिनुहुन्छ।

7उहाँले धर्मीहरूबाट आफ्नो नजर हटाउनुहुन्‍न; उहाँले तिनीहरूलाई राजाहरूसँग सिंहासनमा बसाल्नुहुन्छ; र तिनीहरूलाई सदाकालको निम्ति उच्‍च पार्नुहुन्छ।

8तर यदि मानिसहरू साङ्लामा बाँधिएका, र पीडाका डोरीहरूले जकडिएका छन् भने,

9तिनीहरूले के गरे भनी उहाँले तिनीहरूलाई भन्‍नुहुन्छ— किनकि तिनीहरूले घमण्डसाथ पाप गरेका छन्।

10उहाँले तिनीहरूलाई सुधार्नको लागि सल्‍लाह दिनुहुन्छ, र तिनीहरूलाई आफ्ना दुष्‍टताबाट पश्‍चात्ताप गर्न आज्ञा दिनुहुन्छ।

11यदि तिनीहरूले आज्ञा मानेर उहाँको सेवा गरे भने, तिनीहरूले आफ्ना बाँकी रहेका दिनहरू समृद्धिमा र तिनीहरूका वर्षहरू सुखैसुखमा बिताउनेछन्।

12तर यदि तिनीहरूले सुनेनन् भने, तिनीहरू तरवारद्वारा नाश हुनेछन्, र ज्ञानविनै मरेर जानेछन्।

13“ईश्‍वरहीन मानिसहरूले हृदयमा क्रोध पाल्छन्; परमेश्‍वरले तिनीहरूलाई बन्धनमा राख्दाधरि तिनीहरू सहायताका निम्ति पुकार्दैनन्।

14तिनीहरू मन्दिरका देवदासहरूका बीचमा अनैतिक जीवन बिताएर, जवान उमेरमै मरेर जान्छन्,

15तर उहाँले पीडितहरूलाई तिनीहरूका पीडाबाट छुटाउनुहुन्छ; उहाँ तिनीहरूको कष्‍टमा तिनीहरूसँग बोल्नुहुन्छ।

16“उहाँले तपाईंलाई कष्‍टको मुखबाट निकालेर स्वतन्त्रताको खुल्‍ला ठाउँमा, मिठो भोजनले भरिएको तपाईंको आरामदायी टेबुलमा ल्याउनुहुनेछ।

17तर अहिले तपाईं अरू दुष्‍टको दण्डको कारणले लादिनुभएको छ; अहिले तपाईंलाई न्याय र दण्डले पक्रिराखेको छ।

18होसियार हुनुहोस्, कसैले पनि तपाईंलाई धनसम्पत्तिले नलोभ्याओस्; तपाईंलाई प्रशस्त घूसले नबहकाओस्।

19के तपाईंको धन अथवा तपाईंको सारा सामर्थी प्रयासले तपाईंलाई थाम्न सक्छ र तपाईंले कष्‍ट भोग्नुपर्दैन?

20मानिसहरूलाई तिनीहरूका घरहरूबाट घिस्याएर लैजाने रातको चाह नगर्नुहोस्।

21दुष्‍टताबाट फर्कन होसियार हुनुहोस्; किनकि तपाईं कष्‍टभन्दा त्यसैलाई रुचाउँदै हुनुहुन्छ।

22“परमेश्‍वर उहाँको शक्तिमा उच्‍च पारिनुभएको छ। उहाँजस्तो शिक्षक को छ र?

23कसले उहाँका निम्ति मार्ग निर्धारित गरिदिएको छ, अथवा कसले उहाँलाई, ‘तपाईंले गल्ती गर्नुभएको छ’ भनी भन्‍न सक्छ र?

24तपाईंले उहाँको कामको प्रशंसा गर्न स्मरण गर्नुहोस्, जुन कामलाई मानिसहरूले गीतद्वारा प्रशंसा गरेका छन्।

25सबै मानिस जातिहरूले उहाँको कामलाई देखेका छन्; मरणशील मानिसहरूले टाढाबाट त्यसलाई हेरिरहन्छन्।

26परमेश्‍वर कति महान् हुनुहुन्छ—हाम्रो समझशक्तिभन्दा बाहिर! उहाँका आयुका वर्षहरू पत्ता लगाउन असम्भव छ।

27“उहाँले पानीका थोपाहरू माथितिर खिँच्नुहुन्छ, जसलाई त्यसको बाफअनुसार झरीको रूपमा बर्साउनुहुन्छ।

28बादलले तिनीहरूको आफ्नो ओस पृथ्वीमा बर्साउँछन्, अनि मानिस जातिहरूमा प्रचुर झरी भएर बर्सिन्छ।

29उहाँले बादललाई कसरी फिँजाउनुभयो, उहाँको मण्डपबाट मेघ कसरी गर्जन्छ भनी कसले बुझ्न सक्छ?

30उहाँले कसरी आफ्नो चारैतिर बिजुली चम्काउनुहुन्छ, तर समुद्रको गहिराइचाहिँ अँध्यारो नै रहन्छ।

31उहाँले यसरी जाति-जातिहरूमाथि शासन गर्नुहुन्छ, र तिनीहरूलाई प्रशस्त मात्रामा भोजन जुटाउनुहुन्छ।

32उहाँले आफ्नो हात बिजुलीले भर्नुहुन्छ; अनि बिजुलीलाई निशानामा प्रहार गर्ने आज्ञा दिनुहुन्छ।

33उहाँको मेघ गर्जनले आँधीबेहरी आउने सूचना दिन्छ; गाईबस्तुले समेत आँधीबेहरी आइरहेको आभास गर्छन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath