इयोब 34
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1तब एलिहूले भने:
2“हे बुद्धिमान् मानिसहरू हो, मेरा कुराहरू सुन्नुहोस्; हे विद्वान् मानिसहरू हो, मेरा कुरा सुन्नुहोस्।
3किनकि जिब्रोले भोजनलाई चाखेजस्तै, कानले शब्दहरूको जाँच गर्छ।
4जे ठिक छ, त्यसलाई हामी आफैँले छुट्याऊँ; जे कुरा असल छ, त्यो कुरा एकसाथ मिलेर सिकौँ।
5“इयोबले भन्नुहुन्छ, ‘म निर्दोष छु, तर पनि परमेश्वरले मलाई न्याय गर्न इन्कार गर्नुभयो।
6म ठिक भए तापनि म झूटो ठहराइएको छु; म दोषरहित भए तापनि उहाँको काँडले निको नहुने चोट दिएको छ।’
7इयोबजस्तै अर्को कुनै मानिस छ, जसले अपमानलाई पानी पिएजस्तै पिउँछ?
8जसले दुष्ट काम गर्नेहरूको सङ्गत गर्छन्; जो दुष्ट मानिसहरूसँग मिल्नुहुन्छ।
9किनकि उहाँ भन्नुहुन्छ, ‘परमेश्वरलाई खुशी पार्न खोजेर मानिसलाई केही लाभ छैन।’
10“यसकारण मेरो कुरा सुन्नुहोस्, तपाईं समझदार मानिसहरू। दुष्ट काम गर्न परमेश्वरबाट अलग हुनुहोस्, गलत काम गर्न सर्वशक्तिमान्बाट टाढा रहनुहोस्।
11उहाँले मानिसहरूलाई तिनीहरूका कामअनुसार प्रतिफल दिनुहुन्छ; उहाँले तिनीहरूका व्यवहारअनुसारको फल दिनुहुन्छ।
12परमेश्वरले दुष्ट कार्य गर्नुहुन्छ, र सर्वशक्तिमान्ले खराब गर्नुहुन्छ भन्ने कुरा सोच्नै नसकिने कुरा हो।
13कसले उहाँलाई पृथ्वीमा नियुक्त गर्यो? कसले उहाँलाई सारा संसारको जिम्मा दियो?
14यदि उहाँको यस्तो इच्छा भएको भए र उहाँले आफ्नो आत्मा र सास फर्काउनुभयो भने,
15सारा मानव-जाति एकसाथ नाश हुनेछन्, र मानिस जाति सबै माटैमा फर्किजानेछन्।
16“यदि तपाईंसँग समझशक्ति भए, यो कुरा सुन्नुहोस्; म के कुरा भन्छु, त्यो सुन्नुहोस्।
17जसले न्यायलाई घृणा गर्छ, के उसैले शासन गर्न सक्छ र? के तपाईं धर्मी र सर्वशक्तिमान्लाई दोषी ठहराउनुहुन्छ र?
18के उहाँ त्यही परमेश्वर हुनुहुन्न, जसले राजाहरूलाई, ‘तिमीहरू बेकामे छौ,’ र शासकहरूलाई, ‘तिमीहरू दुष्ट मानिसहरू हौ,’ भन्नुहुन्छ,
19जसले शासकहरूलाई पक्षपात गर्नुहुन्न, र गरिबलाई भन्दा धनीलाई निगाह देखाउनुहुन्न, किनकि तिनीहरू सबै उहाँकै हातका काम हुन्?
20तिनीहरू अचानक मध्यरातमा मरेर जान्छन्; मानिसहरू हल्लाइन्छन् र तिनीहरू मरिहाल्छन्; शक्तिशाली शासकहरू मानिसको हातै नपरे तापनि लोप भएर जान्छन्।
21“उहाँका नजर मरणशील मानिसहरूका मार्गमा हुन्छ; उहाँले तिनीहरूका हरेक कदम देख्नुहुन्छ।
22यस्तो कुनै अँध्यारो, घोर अन्धकार स्थान छैन, जहाँ दुष्ट काम गर्नेहरू उहाँको नजरदेखि लुक्न सक्छन्।
23परमेश्वरको सामु न्यायको निम्ति को आउनुपर्छ भनेर उहाँले मानिसहरूलाई जाँचिरहनुपर्दैन।
24उहाँले शक्तिशालीलाई सोधपुछ नै नगरी चकनाचुर पार्नुहुन्छ, र तिनीहरूका ठाउँमा अरूलाई बसाल्नुहुन्छ।
25किनकि उहाँले तिनीहरूका कामको ख्याल राख्नुहुन्छ, उहाँले तिनीहरूलाई रातमा भताभुङ्ग पार्नुहुन्छ, र तिनीहरू धुलोपिठो भएर जान्छन्।
26उहाँले तिनीहरूलाई तिनीहरूका दुष्टताको निम्ति दण्ड दिनुहुन्छ, जहाँ हरेक मानिसहरूले तिनीहरूलाई देख्न सक्छन्,
27किनभने तिनीहरूले परमेश्वरलाई पछ्याउन छोडेका छन्, र उहाँका मार्गहरूको कुनै पनि मतलब नै गर्दैनन्।
28तिनीहरूको कारण गरिबको चीत्कार उहाँको कानमा पर्छ, त्यसैले उहाँले खाँचोमा परेकाहरूको पुकार सुन्नुहुन्छ।
29तर यदि उहाँ चुप रहनुभयो भने कसले उहाँलाई दोष दिन सक्छ र? यदि उहाँले आफ्नो मुहार लुकाउनुभयो भने उहाँलाई कसले देख्न सक्छ र? यद्यपि उहाँ त हरेक मानिस र जाति-जातिहरू दुवैमाथि हुनुहुन्छ;
30ताकि ईश्वरहीन मानिस शासक नबनोस्, र मानिसहरू पासोमा नपरून्।
31“मानौ कुनै मानिसले परमेश्वरलाई यसो भन्यो, ‘म दोषी छु, तर अब कहिल्यै अपराध गर्दिनँ।
32मैले देख्न नसकेका कुराहरू मलाई सिकाउनुहोस्; यदि मैले गलत गरेको छु भने अब म फेरि त्यसो गर्नेछैनँ।’
33तपाईंले पश्चात्ताप गर्न अस्वीकार गर्नुहुँदा, के परमेश्वरले तपाईंको सर्तअनुसार तपाईंलाई प्रतिफल दिनुपर्छ? मैले होइन, तपाईंले नै निर्णय लिनुपर्छ; यसकारण तपाईंलाई के थाहा छ, त्यो मलाई भन्नुहोस्।
34“समझशक्ति भएका मानिसहरूले घोषणा गर्छन्, मेरा कुरा सुन्ने बुद्धिमान् मानिसहरूले मलाई भन्छन्,
35‘इयोबले ज्ञानविनै बोल्छन्; तिनका कुराहरूमा अन्तर्ज्ञान छैन।’
36अहो, दुष्ट मानिसले जवाफ दिएजस्तै विवाद गरेकोमा इयोबलाई सकेसम्म जाँच गरिएको भए त!
37तिनको पापमा तिनले विद्रोह थप्दछन्; तिनले हाम्रो बीचमा अपमानको ताली बजाउँछन्, र परमेश्वरको विरुद्ध अझ धेरै कुराहरू बोल्छन्।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath