ईसाई धर्म
पछाडि

इयोब 29

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1इयोबले आफ्नो बहस जारी राखेर भने:

2“अहो, म मेरा बितेका महिनाहरूको कत्ति धेरै चाहना गर्दछु, किनकि ती दिनहरूमा परमेश्‍वरले मेरो हेरचाह गर्नुहुन्थ्यो;

3जब उहाँको बत्ती मेरो शिरमाथि चम्कन्थ्यो, र उहाँको ज्योतिद्वारा म अन्धकारमा हिँड्‍डुल गर्थेँ;

4अहो, सुखका ती मेरा दिनहरू, जब परमेश्‍वरसँगको घनिष्‍ठ मित्रताले मेरो घरमा आशिष् ल्याउँथ्यो;

5जब सर्वशक्तिमान् मसँगै हुनुहुन्थ्यो, र मेरा छोराछोरीहरू मेरा चारैतिर हुन्थे;

6जब मेरा पाइलाहरू नौनीले भिजेका हुन्थे, र चट्टानले मेरो निम्ति जैतुनको तेलका खोलाहरू बहाउँथ्यो।

7“जब म सहरको मूलढोकामा जान्थेँ, र सार्वजनिक चोकमा आफ्नो आसन ग्रहण गर्थेँ।

8जवान मानिसहरू मलाई देखेर बाटो छोड्थे, र वृद्ध मानिसहरू आदरसाथ बसेको ठाउँबाट उठ्थे;

9सहरका प्रमुख मानिसहरू बोल्न छोड्थे, र तिनीहरूले आफ्ना मुख हातले छोप्थे;

10शासकहरूका आवाज मन्द हुन्थ्यो, र तिनीहरूको जिब्रो तिनीहरूको तालुमा टाँसिन्थ्यो।

11मलाई सुन्‍नेहरूले मेरो विषयमा राम्रो कुरा गर्थे, र मलाई देख्नेहरूले मेरो गुणगान गर्थे;

12किनकि सहायताको लागि गरिबहरूले पुकार्दा म तिनीहरूलाई सहायता गर्न तत्पर रहन्थेँ, मैले असहाय अनाथहरूलाई छुटाउथेँ।

13मर्न आँटेको मानिसले मलाई आशिष् दिन्थ्यो; मैले विधवाको हृदयलाई आनन्दले गाउन सक्ने तुल्याउँथेँ।

14मैले धार्मिकतालाई मेरो लुगाझैँ पहिरने गर्दथेँ; न्याय मेरो लवेदा र मेरो फेटा थियो।

15म अन्धाका निम्ति आँखा, र लङ्गडाका निम्ति खुट्टा थिएँ।

16खाँचोमा परेकाहरूका निम्ति म बुबा थिएँ; म परदेशीहरूको पक्षमा मुद्दा लिन्थेँ।

17मैले दुष्‍ट मनिसहरूका बङ्गारा तोडिदिएँ, र तिनीहरूका दाँतहरूबाट पीडितहरूलाई खोसेँ।

18“मैले सोच्ने गर्थेँ, ‘म मेरो आफ्नै घरमा मर्नेछु, मेरा दिनहरू बालुवाका कणहरूझैँ धेरै छन्।

19मेरा जराहरू पानीसम्म पुग्नेछन्; र मेरा हाँगाहरूमा रातभरि नै शीत रहनेछ।

20मेरो गौरव कहिल्यै घट्नेछैन; मेरो धनु सदाकाल मेरो हातमा नयाँ भइरहनेछ।’

21“मानिसहरू आशावादी भएर मेरो कुरा सुन्थे, चुपचाप लागेर मेरो सल्‍लाह पर्खिरहन्थे।

22मैले बोलिसकेपछि तिनीहरूले भन्‍ने कुरा रहँदैनथ्यो; मेरा शब्दहरू तिनीहरूका कानमा बिस्तारै पर्दथ्यो।

23तिनीहरूले झरीलाई झैँ मलाई पर्खन्थे; र मेरा वचनहरूलाई बसन्तको झरीझैँ पिउँथे।

24मैले तिनीहरूसँग मुस्कुराउँदा तिनीहरूलाई पत्यार लाग्दैनथ्यो; मेरो अनुहारको उज्यालो तिनीहरूका निम्ति विशेष थियो।

25तिनीहरूका निम्ति म मार्ग छनौट गरिदिन्थेँ, र तिनीहरूका प्रमुखझैँ भएर बस्थेँ; राजा आफ्ना सेनाहरूसँग बसेझैँ म बस्थेँ; शोक गर्नेहरूलाई सान्त्वना दिने मानिसजस्तै म थिएँ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath