इयोब 27
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1तब इयोबले आफ्नो बहस जारी राखे:
2“सर्वशक्तिमान् परमेश्वर जीवित हुनुभएझैँ, जसले मेरो न्याय गर्नलाई इन्कार गर्नुभएको छ, र मेरो जीवन तितो बनाइदिनुभएको छ,
3जबसम्म मभित्र जीवन रहन्छ, र परमेश्वरको सास मेरा नाकमा रहन्छ,
4मेरा ओठले कहिल्यै पनि खराबी बोल्नेछैन, मेरो जिब्रोले झूटो कुरा उच्चारण गर्नेछैन।
5तपाईंहरू ठिक हुनुहुन्छ भनी म कहिल्यै मान्नेछैनँ; म नमरुन्जेल मेरो निष्ठालाई म इन्कार गर्नेछैनँ।
6म मेरो धार्मिकतालाई कायम राख्नेछु र त्यसलाई कहिल्यै छोड्नेछैनँ; म बाँचुन्जेल मेरो विवेकले मलाई धिक्कार्नेछैनँ।
7“मेरो शत्रु दुष्टजस्तै, र मेरो विरोधीचाहिँ अधर्मीजस्तै होऊन्!
8किनकि जब ईश्वरहीन मानिस नाश हुन्छ, तब त्यसको के आशा हुन्छ र? जब परमेश्वरले त्यसको जीवनलाई लिनुहुन्छ,
9तब त्यसमाथि कष्ट आइलाग्दा, के परमेश्वरले त्यसको विलाप सुन्नुहुनेछ र?
10के त्यसले सर्वशक्तिमान्बाट आनन्द पाउनेछ र? के त्यसले सधैँ परमेश्वरको नाम पुकार्नेछ र?
11“म तपाईंहरूलाई परमेश्वरको शक्तिको विषयमा सिकाउनेछु; सर्वशक्तिमान्का मार्गहरू म लुकाउनेछैनँ।
12तपाईंहरू आफैँले यो कुरा देख्नुभएको छ। तर पनि तपाईंहरू यस्ता व्यर्थका कुराहरू गर्नुहुन्छ।
13“परमेश्वरले दुष्ट मानिसहरूको यस्तो दशा तोक्नुहुन्छ, निर्दयी मानिसले सर्वशक्तिमान्बाट प्राप्त गर्ने उत्तराधिकार यही हो:
14त्यसका छोराछोरीहरू जति धेरै भए तापनि त्यसको अन्त्य तरवारद्वारा हुनेछ; त्यसका सन्तानहरूसँग कहिल्यै पनि प्रशस्त भोजन हुनेछैन।
15अनि बाँचेकाहरूलाई रूढीले चिहानमा लानेछ, र त्यसका विधवाहरूले त्यसका निम्ति शोक गर्नेछैनन्।
16त्यसले धुलोसरी चाँदी थुपारे तापनि माटोको थुप्रो जतिकै लुगाफाटा थुपारे तापनि
17त्यसले थुपारेका कुराहरू धर्मीहरूले पहिरनेछन्, र निर्दोषहरूले त्यसको चाँदी बाँडचुँड गर्नेछन्।
18त्यसले बनाएको घर माकुराको जालजस्तै कमजोर हुन्छ, पहरेदारले बनाएको झुपडीजस्तै हुन्छ।
19दुष्ट धनी भएर सुत्छ, तर अब उसो त्यसले गर्न सक्नेछैन; त्यसले आफ्नो आँखा खोल्दा सबै गइसकेका हुनेछन्।
20भलबाढीले जस्तै त्यसलाई त्रासले हताश पार्नेछ; आँधीले रातमा त्यसलाई खोसेर टाढा लैजानेछ।
21पूर्वीय बतासले त्यसलाई उडाएर लैजान्छ, र त्यो रहँदैन; बतासले त्यसलाई उसको ठाउँबाट सोहोरेर लैजानेछ।
22बतासको शक्तिबाट त्यो टाढा भागे तापनि बतास त्यसको विरुद्धमा दया नदेखाई जाइलाग्नेछ।
23बतासले त्यसलाई उपहासको थपडी मार्नेछ, र सुसेल्दै त्यसको ठाउँबाट त्यसलाई हटाउनेछ।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath