ईसाई धर्म
पछाडि

इयोब 23

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तब इयोबले जवाफ दिए:

2“आज पनि मेरो गुनासो तितो छ; म आर्तनादमा छु, तर पनि उहाँको हात ममाथि भार भएको छ।

3यदि मैले उहाँलाई कहाँ भेट्टाउन सक्छु भनी जानेको भए; यदि म उहाँको वासस्थानमा जान सक्ने भए,

4म आफ्नो मुद्दा उहाँको सामु पेश गर्नेथिएँ, र मेरो मुख तर्कहरूले भर्नेथिएँ।

5उहाँले मलाई कस्तो जवाफ दिनुहुँदो रहेछ भनी म पत्तो लगाउनेथिएँ, र उहाँले मलाई के भन्‍नु हुँदोरहेछ, त्यो विचार गर्नेथिएँ।

6के उहाँले मलाई आफ्नो महान् शक्तिले विरोध गर्नुहुन्थ्यो? होइन, उहाँले मेरो विरुद्ध आरोप लगाउनुहुनेथिएन।

7त्यहाँ धर्मी मानिसले तिनीहरूको निर्दोषता उहाँको सामु स्थापित गर्न सक्छन्, र त्यहाँ मेरा न्यायकर्ताबाट मैले सदाको निम्ति छुटकारा पाउन सक्थेँ।

8“यदि म पूर्वमा गएँ भने, उहाँ त्यहाँ हुनुहुन्‍न; यदि म पश्‍चिममा गएँ भने, म उहाँलाई भेट्टाउन सक्दिनँ।

9जब उहाँ उत्तरमा काम गर्नुहुन्छ, म उहाँलाई देख्न सक्दिनँ; जब उहाँ दक्षिणतिर फर्कनुहुन्छ, म उहाँको एक झलक पनि पाउन सक्दिनँ।

10तर उहाँले मैले लिएको मार्ग जान्‍नुहुन्छ; जब उहाँले मलाई जाँच गर्नुहुन्छ, म निखुर सुनजस्तै भएर आउनेछु।

11मेरा खुट्टाहरूले उहाँका पाइलाहरूलाई नजिकबाट पछ्याएका छन्; मैले नतर्किकन उहाँका मार्गहरूलाई पछ्याएको छु।

12म उहाँका ओठका आज्ञाहरूबाट तर्किएर गएको छैनँ; मैले उहाँका मुखका वचनहरूलाई मेरो दैनिक भोजनभन्दा पनि ज्यादै साँचेर राखेको छु।

13“तर उहाँ अपरिवर्तनीय हुनुहुन्छ, र कसले उहाँको विरोध गर्न सक्छ? उहाँले जे रुचाउनुहुन्छ, त्यही गर्नुहुन्छ।

14उहाँले आफ्नो आदेश मेरो विरुद्धमा जारी गर्नुहुन्छ, र उहाँले अझै यस्ता धेरै योजनाहरू साँच्नुभएको छ।

15यसैकारण म उहाँको सामु त्रसित हुन्छु; जब म यी सबै कुरा विचार गर्छु, तब म उहाँसँग भयभीत हुन्छु।

16परमेश्‍वरले मेरो हृदयलाई मूर्च्छा पार्नुभएको छ; सर्वशक्तिमान्‌ले मलाई त्रसित बनाउनुभएको छ।

17बाक्लो अन्धकारले मेरो अनुहारलाई छोप्छ, तापनि अन्धकारले मलाई चुप लगाउन सक्दैन।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath