इयोब 21
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1तब इयोबले जवाफ दिए:
2“मेरो कुरा ध्यानपूर्वक सुन्नुहोस्; यही नै तपाईंहरूले मलाई दिनुहुने सान्त्वना होस्।
3म बोल्दा तपाईंहरूले मलाई सहिदिनुहोस्, र मैले बोलिसकेपछि मेरो गिल्ला गर्दैरहनुहोस्।
4“के मेरो गुनासो मानिसहरूसँगको हो र? म किन अधैर्य नहुनु?
5मलाई हेर्नुहोस् र अचम्म मान्नुहोस्; छक्क परेर दुवै हातले आफ्नो मुख छोप्नुस्।
6जब म यो कुरा सोच्दछु, म त्रसित हुन्छु; मेरो शरीर डरले काँप्छ।
7दुष्ट मानिसहरू किन दीर्घायु हुन्छन्, तिनीहरू किन वृद्ध अवस्थासम्म बाँचिरहन्छन्, र शक्तिमा बढ्दै जान्छन्?
8तिनीहरूले आफ्ना छोराछोरीहरूलाई तिनीहरूकै वरिपरि स्थापित भएका र तिनीहरूका सन्तानहरू आफ्ना आँखाकै अगाडि रहेका देख्न पाउँछन्।
9तिनीहरूका घरहरू सुरक्षित र भयरहित छन्; परमेश्वरको छडी तिनीहरूमाथि पर्दैन।
10तिनीहरूका साँढेहरू प्रजनन्मा कहिल्यै असफल हुँदैनन्; तिनीहरूका गाईहरू बियाउँछन्, र तुहिँदैनन्।
11तिनीहरूका छोराछोरीहरू भेडाका बगालजस्तै दौडन्छन्; तिनीहरूका स-साना केटाकेटीहरू नाच्दै उफ्रन्छन्।
12तिनीहरूले खैँजडी र वीणाको सङ्गीतमा गाउँछन्; तिनीहरूले बाँसुरीको धुनमा आनन्द मनाउँछन्।
13तिनीहरूले आफ्ना वर्षहरू सम्पन्नतामा बिताउँछन्, र शान्तिसँग चिहानमा जान्छन्।
14तापनि तिनीहरूले परमेश्वरलाई भन्छन्, “हामीलाई एकलै छाडिदिनुहोस्! हामीलाई तपाईंका मार्गहरू जान्ने इच्छा छैन।
15सर्वशक्तिमान् को हुनुहुन्छ र हामी उहाँको सेवा गरौँ? उहाँलाई प्रार्थना गरेर हामीलाई के नै लाभ हुन्छ र?”
16तर तिनीहरूको उन्नति तिनीहरूको आफ्नो हातमा छैन, यसकारण म दुष्ट मानिसहरूको सल्लाहबाट धेरै टाढा रहन्छु।
17“तरै पनि दुष्ट मानिसको बत्ती कति पटक निभ्छ र? तिनीहरूमाथि कति पटक विपत्ति आउँछ र, परमेश्वरले आफ्नो क्रोधमा तिनीहरूलाई दण्ड दिनुभएको छ र?
18तिनीहरू कति पटक बतासको अगाडिको परालजस्तै, र आँधीले उडाएको भुसजस्तै भएका छन् र?
19यसो भनिएको छ, ‘परमेश्वरले दुष्ट मानिसहरूको दण्ड तिनका छोराछोरीहरूका निम्ति साँचेर राख्नुहुन्छ।’ उहाँले त्यस दुष्टलाई दण्ड देऊन्, ताकि तिनीहरू आफैँले त्यो अनुभव गरून्!
20तिनीहरूका आफ्नै आँखाहरूले आफ्नो विनाश देखून्; तिनीहरूले सर्वशक्तिमान्को क्रोधको कचौरा पिऊन्।
21जब तिनीहरूका तोकिएका महिनाहरू समाप्त हुन्छन्, तिनीहरूले आफूले छोडेर जाने परिवारको निम्ति के वास्ता गर्छन् र?
22“यदि परमेश्वरले सर्वोच्चमा हुनेलाई समेत न्याय गर्नुहुन्छ भने, के कसैले उहाँलाई ज्ञान सिकाउन सक्छ?
23कोही मानिस मृत्युको दिनसम्म स्वस्थ रहन्छ, पूर्ण रूपले सुरक्षित र सुखमा,
24हृष्टपुष्ट शरीरमा, हड्डी मासीले भरिएको अवस्थामा मर्छ।
25तर कोही मानिस भने असल कुराहरूको कहिल्यै उपभोग गर्न नपाई, आफ्नो प्राणको तितोपनामा मर्छ;
26ती दुवै सँगसँगै धुलोमा पस्रिएका हुन्छन्, र ती दुवैलाई किराहरूले ढाक्दछन्।
27“तपाईंहरूले के सोच्दै हुनुहुन्छ भनी म राम्ररी जान्दछु, मलाई हानि पुर्याउने तपाईंहरूको दुष्ट योजना मलाई थाहा छ।
28तपाईंहरूले भन्नुहुन्छ, ‘अब त्यो महान् मानिसको घर कहाँ छ, त्यो पाल जहाँ दुष्ट मानिस बस्दछ?’
29के तपाईंहरूले ती यात्रा गर्नेहरूलाई कहिल्यै सोध्नुभएको छैन? के तपाईंहरूले तिनीहरूले भनेका कुराहरूप्रति ध्यान दिनुभएको छैन—
30कि दुष्ट मानिसहरू विपत्तिको दिनमा बचाइनेछन्, तिनीहरू क्रोधको दिनबाट छुटाइनेछन्?
31कसले तिनीहरूकै सामु तिनीहरूलाई दोष लगाउँछ र? तिनीहरूले जे गरेका छन्, त्यसको बदला कसले लिन्छ र?
32तिनीहरूलाई चिहानमा लगिन्छ, र तिनीहरूको चिहानमाथि पहरा लगाइन्छ।
33बेँसीको माटो तिनीहरूलाई मिठो लाग्छ; सबै मानिसहरूले तिनीहरूलाई पछ्याउँछन्, र असंख्य भीड तिनीहरूको अगि लाग्छन् ।
34“यसकारण तपाईंहरूले मलाई आफ्ना व्यर्थका कुराहरूले कसरी सान्त्वना दिन सक्नुहुन्छ? तपाईंहरूका जवाफ असत्यबाहेक अरू केही होइन!”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath