ईसाई धर्म
पछाडि

इयोब 19

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तब इयोबले जवाफ दिए:

2“तपाईंहरूले मलाई कहिलेसम्म यातना दिइरहनुहुन्छ र तपाईंहरूको वचनले मलाई आघात पुर्‍याउनुहुन्छ?

3तपाईंहरूले मलाई अहिलेसम्म दश पटक अपमान गर्नुभएको छ; तपाईंहरू मलाई निर्लज्ज भएर आक्रमण गर्नुहुन्छ।

4यदि म बरालिएको साँचो हो भने मेरो गल्तीको सरोकार मसँगै मात्र रहन्छ।

5यदि तपाईंहरूले आफूलाई मभन्दा उच्‍च ठान्‍नुहुन्छ, र मेरो अपमान मेरै विरुद्धमा प्रयोग गर्नुहुन्छ भने,

6तपाईंहरूले यो कुरा बुझ्नुहोस् कि परमेश्‍वरले ममाथि अन्याय गर्नुभएको छ, र उहाँले मलाई चारैतिरबाट पासोमा पार्नुभएको छ।

7“मैले, ‘अन्याय!’ भनेर कराए तापनि मैले कुनै जवाफ पाउँदिनँ; मैले सहायताको निम्ति गुहार मागे तापनि म कुनै न्याय पाउँदिनँ।

8उहाँले मेरो बाटो थुनिदिनुभएको छ त्यसैले म पार गर्न सक्दिनँ; उहाँले मेरो मार्गलाई अन्धकारले ढाकिदिनुभएको छ।

9उहाँले मेरो सम्मान मबाट खोस्‍नुभएको छ, र मेरो शिरबाट मुकुट हटाइदिनुभएको छ।

10उहाँले म नाश नभएसम्म चारैतिरबाट छिन्‍नभिन्‍न पार्नुहुन्छ; उहाँले एउटा रूखलाईझैँ मेरो आशालाई जरैसमेत उखेलिदिनुहुन्छ।

11उहाँको क्रोध मेरो विरुद्धमा जल्छ; उहाँले मलाई आफ्ना शत्रुहरू मध्येको एक ठान्‍नुहुन्छ।

12उहाँका सेनाहरू शक्तिसाथ अगि बढ्छन्; तिनीहरूले मेरो विरुद्ध घेरा लगाएर बस्छन्, र मेरो पालका चारैतिर छाउनी बनाएर बस्छन्।

13“उहाँले मेरा परिवारलाई मबाट बिरानो बनाइदिनुभएको छ; मेरा इष्‍टमित्रहरू पूर्ण रूपले मबाट पराई भएका छन्।

14मेरा आफन्तहरू टाढा भएका छन्; मेरा नजिकका मित्रहरूले मलाई बिर्सेका छन्।

15मेरा पाहुनाहरू र मेरा सेविकाहरूले मलाई विदेशीझैँ ठान्छन्; तिनीहरूले मलाई पराईझैँ ठान्छन्।

16म मेरो सेवकलाई बोलाउँछु, मैले आफैँले त्यसलाई अनुरोध गरे तापनि त्यसले मलाई जवाफ दिँदैन;

17मेरो सास मेरी पत्नीलाई आपत्तिजनक छ; मेरा आफ्नै दाजुभाइहरूका बीचमा म घृणित भएको छु।

18साना केटाकेटीहरूसमेतले मलाई हेला गर्छन्; जब म देखा पर्छु, तिनीहरूले मेरो हाँसो उडाउँछन्।

19मेरा सबै मिल्ने साथीहरूले मलाई घृणा गर्छन्; मैले अति प्रेम गरेकाहरू सबै मेरो विरुद्धमा उठेका छन्।

20अब त म मात्र हाड र छाला भएको छु; म मेरो दाँतको छालाले मात्र बचेर उम्केको छु।

21“मलाई दया देखाउनुहोस्, मेरा मित्रहरू, मलाई दया देखाउनुहोस्; किनकि परमेश्‍वरको हातले मलाई प्रहार गर्नुभएको छ।

22परमेश्‍वरले मेरो खेदो गर्नुभएझैँ तपाईंहरूले पनि किन मेरो खेदो गर्नुहुन्छ? मेरो मासु चपाएर के तपाईंहरूलाई अझै पुगेन?

23“अहो, मेरा शब्दहरू लेखिएका भए, ती एउटा चर्मपत्रमा लेखिएका भए,

24यदि ती सिसामा फलामको औजारले खोपिएका भए, अथवा सदाको निम्ति चट्टानमा खोपिएका भए हुनेथियो!

25म जान्दछु मेरा उद्धारकर्ता जीवित हुनुहुन्छ, र उहाँ अन्त्यको दिनमा यस पृथ्वीमा खडा हुनुहुनेछ।

26अनि मेरो छाला नष्‍ट भइसकेपछि पनि, अझै म मेरो शरीरमा परमेश्‍वरलाई देख्नेछु;

27म आफैँले उहाँलाई देख्नेछु, मेरो आफ्नै आँखाले—अरू कसैले होइन। मेरो हृदय मभित्र कति इच्छुक हुन्छ!

28“यदि तपाईंहरूले यसरी भन्‍नुहुन्छ, ‘हामी कसरी त्यसलाई दुःख दिन सक्छौँ; किनकि समस्याको जड त त्यो आफैँ हो,’

29तपाईंहरू आफैँमाथि तरवारको डर रहोस्; किनकि क्रोधले तरवारद्वारा दण्ड ल्याउनेछ, र त्यसपछि तपाईंहरूले न्याय छ भनेर जान्‍नुहुनेछ।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath