ईसाई धर्म
पछाडि

इयोब 16

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तब इयोबले जवाफ दिए:

2“मैले यस्ता धेरै कुराहरू सुनेको छु; तपाईंहरू सबै दुःखको सान्त्वना दिनेहरू हुनुहुन्छ!

3तपाईंहरूको वाहियात भाषणहरूको अन्त्य कहिल्यै हुँदैन? के कुराले गर्दा तपाईंहरू बहस गरिरहनुहुन्छ?

4यदि तपाईंहरू मेरो ठाउँमा हुनुभएको भए, म पनि तपाईंहरूजस्तै बोल्न सक्नेथिएँ, म तपाईंहरूको विरुद्धमा असल भाषण दिन सक्नेथिएँ; र तपाईंहरूको विरुद्धमा आफ्नो टाउको हल्‍लाउँदै हाँसो उडाउने थिएँ।

5तर मेरो मुखले तपाईंहरूलाई हौसला दिन्थ्यो; मेरा ओठको सान्त्वनाले तपाईंहरूलाई आराम दिने थियो।

6“मैले बोले तापनि मेरो दुःख कम हुँदैन; र म नबोल्दा पनि मेरो पीडा घट्दैन।

7साँच्‍चै नै परमेश्‍वर, तपाईंले मलाई थकित पार्नुभएको छ; तपाईंले मेरो पूरै परिवारलाई उजाड पार्नुभएको छ।

8तपाईंले मलाई हाड र छाला मात्र बनाउनुभएको छ, र यो मेरो विरुद्ध एउटा साक्षी भएको छ; म दुब्लो र पातलो भएको कारणले यसले मेरो विरुद्ध साक्षी दिन्छ।

9परमेश्‍वरले आफ्नो क्रोधमा मलाई छिन्‍नभिन्‍न पार्नुहुन्छ र घृणा गर्नुहुन्छ; र उहाँले मेरो विरुद्धमा दाह्रा किट्नुहुन्छ; मेरो शत्रुले मलाई आँखा तरेर हेर्छ।

10मानिसहरूले मलाई जिस्काउन आफ्ना मुख खोल्छन्; तिनीहरूले मलाई खिसी गर्दै मेरो गालामा हिर्काउँछन्, र मेरो विरुद्धमा एकमत हुन्छन्।

11परमेश्‍वरले मलाई अधर्मीहरूका हातमा सुम्पिदिनुभएको छ, र मलाई दुष्‍टहरूका पासोमा फ्याँकिदिनुभएको छ।

12सबै कुरा मसँग ठिकठाक थियो, तर उहाँले मलाई चकनाचुर पार्नुभएको छ; उहाँले मलाई गर्दनमा पक्रनुभयो र चुर-चुर पार्नुभयो। उहाँले मलाई आफ्नो निशाना बनाउनुभएको छ;

13उहाँका धनुर्धारीहरूले मलाई चारैतिरबाट घेरेका छन्। उहाँले दया नदेखाई मेरा मिर्गौलाहरू छेड्नुहुन्छ, र मेरो पित्त भुइँमा पोखाउनुहुन्छ।

14उहाँ पटक-पटक ममाथि आइलाग्नुहुन्छ; उहाँ एक योद्धाझैँ मलाई झम्टिनुहुन्छ।

15“मैले मेरो छालामाथि भाङ्ग्रा सिलाएको छु, र मैले मेरो सम्मान धुलोमा गाडेको छु।

16रुँदा-रुँदा मेरो अनुहार रातो भएको छ, मेरो आँखाको वरिपरि कालो छायाले घेरेको छ;

17तापनि मेरा हातहरूले हिंसा गरेका छैनन्, र मेरो प्रार्थना शुद्ध छ।

18“हे पृथ्वी, मेरो रगतलाई नछोप्; मेरो रोदनले कहिल्यै विश्राम नपाओस्!

19अहिले पनि मेरो साक्षी स्वर्गमा हुनुहुन्छ; मेरो अधिवक्ता उच्‍चमा हुनुहुन्छ।

20मेरा आँखाले परमेश्‍वरको सामु धरधरी आँसु झार्दा मेरो मध्यस्थ मेरा मित्र हुन्छन्;

21एक व्यक्तिले मित्रको पक्षमा बिन्ती गरेझैँ, उसले मानिसको पक्षबाट परमेश्‍वरसँग बिन्ती गर्दछ।

22“थोरै वर्ष बितेर गइसकेपछि, म त्यो बाटो जानेछु, जहाँबाट म फेरि फर्कनेछैनँ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath