इयोब 15
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1तब एलीपज तेमानीले जवाफ दिए:
2“के बुद्धिमान् मानिसले यस्तो खोक्रो ज्ञानले जवाफ दिन्छ, अथवा तिनीहरूको पेट तातो पूर्वीय बतासले भर्छन् र?
3के तिनीहरूले यस्ता व्यर्थका शब्दहरू र मूल्यहीन कुराहरूसँग बहस गर्छन् र?
4तर तपाईंले त परमेश्वरको सम्मानलाई नै त्याग्नुहुन्छ, र उहाँको भक्तिलाई बाधा पुर्याउनुहुन्छ।
5तपाईंको पापले तपाईंको मुखलाई उत्प्रेरित गर्छ; तपाईंले धूर्त जिब्रो रुचाउनुहुन्छ।
6तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ, मैले होइन; तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा साक्षी दिन्छ।
7“के तपाईं सबैभन्दा पहिलो जन्मेको मानिस हुनुहुन्छ? के तपाईं पहाडहरूभन्दा पहिले सृष्टि गरिनुभएको थियो?
8के तपाईंले परमेश्वरको सभामा बसेर सुन्नुभएको छ? के तपाईंको मात्रै बुद्धिमा एकाधिकार छ?
9हामीले नजानेको कुनचाहिँ कुरा तपाईं जान्नुहुन्छ? हामीसँग नभएको कस्तो अन्तर्ज्ञान तपाईंसँग छ?
10तपाईंका पिताभन्दा वृद्ध मानिस, केश फुलेका र पाका मानिसहरू हाम्रो पक्षमा छन्।
11परमेश्वरको सान्त्वना, तपाईंलाई भनिएका मधुर शब्दहरू तपाईंका निम्ति पर्याप्त छैनन् र?
12तपाईंको हृदयले तपाईंलाई किन बहकाउँछ? अनि तपाईंका आँखाहरूमा किन क्रोधको ज्वाला छन्?
13त्यसैले तपाईं आफ्नो रिस परमेश्वरको विरुद्ध भड्काउनुहुन्छ र आफ्ना मुखबाट यस्ता शब्दहरू पोख्नुहुन्छ?
14“मरणशील मानिस को हो र तिनीहरू शुद्ध हुन सक्छन्, अथवा स्त्रीबाट जन्मनेहरू, जो धर्मी हुन सक्छन्?
15यदि परमेश्वरले आफ्ना पवित्र जनहरूमाथि भरोसा राख्नुभएन भने, यदि उहाँको दृष्टिमा स्वर्गहरू पनि शुद्ध छैनन् भने,
16झन् मरणशील मानिस त कति कम होला, जो नीच र भ्रष्ट छन्, जसले दुष्टतालाई पानीझैँ पिउँछन्!
17“मेरो कुरा सुन्नुहोस् र म तपाईंलाई बयान गर्नेछु; मैले जे देखेको छु, तपाईंलाई भन्न दिनुहोस्,
18बुद्धिमान् मानिसहरूले जे घोषणा गरेका छन्, तिनीहरूका पितापुर्खाहरूबाट पाएका कुराहरू लुकाएका छैनन्,
19(जसलाई मात्रै देश दिइएको थियो, जबकि कुनै परदेशीहरूले तिनीहरूका बीचमा बसोबास गरेनन्।)
20दुष्ट मानिसले त्यसको जीवनकालभरि नै यातना भोग्छ, निर्दयी मानिसका निम्ति वर्षौँसम्म दुःख साँचिएको हुन्छ।
21त्यसका कान डरलाग्दा आवाजहरूले भरिएका हुन्छन्; जब सबै कुरा ठिक देखिएजस्तो हुन्छ, तब डाँकुहरूले त्यसलाई आक्रमण गर्छन्।
22त्यसमा अन्धकारको संसारबाट उम्कने आशा हुँदैन; किनकि त्यो तरवारको निशानामा हुन्छ।
23त्यो गिद्धजस्तै आहाराको निम्ति भौँतारिन्छ; त्यसले अन्धकारका दिनहरू नजिकै छन् भनी जान्दछ।
24कष्ट र वेदनाले त्यसलाई तर्साउँछ; आक्रमण गर्न तयार भएको राजाझैँ विपत्तिले त्यसलाई व्याकुल पार्छ;
25किनकि त्यसले आफ्नो मुड्की परमेश्वरको विरुद्धमा बढाउँछ, र त्यसले सर्वशक्तिमान्को विरुद्ध जोरी खोज्छ,
26आफ्नो मोटो र बलियो ढाल लिएर परमेश्वरको विरुद्धमा जाइलाग्छ।
27“त्यसको अनुहारलाई बोसोले छोपेको भए तापनि र त्यसको कम्मर मासुले भरिएको भए तापनि
28त्यो भत्किएका सहरहरूमा बास बस्नेछ, ती घरहरूमा जो भत्किएर थुप्रिनै लागेका छन्, जहाँ कोही पनि बास गर्दैनन्।
29त्यो फेरि धनी हुनेछैन, र त्यसको धनसम्पत्ति रहनेछैन, न त त्यसको सम्पत्ति देशभरि फैलिनेछ।
30त्यो अन्धकारबाट उम्कन सक्दैन; त्यसका टुसाहरूलाई आगोले सुकाइदिनेछ, र परमेश्वरको मुखको सासले त्यसलाई उडाउनेछ।
31त्यसले व्यर्थका कुराहरूमा भरोसा राखेर आफैँलाई धोका नदेओस्; किनकि त्यसको साटोमा त्यसले केही पनि पाउनेछैन।
32त्यसको समयभन्दा पहिले नै त्यो सुकेर जानेछ, र त्यसका हाँगाहरू फस्टाउने छैनन्।
33त्यो त नपाकिकनै झरेको अङ्गुरजस्तै हुनेछ, र फूल झरेको जैतुनको रूखजस्तै हुनेछ।
34किनकि परमेश्वर नमान्नेहरूको सङ्गत गर्नेहरू बाँझो हुनेछन्, र घूस लिन रुचाउनेहरूका पालहरू आगोले भस्म हुनेछन्।
35तिनीहरूले विपत्तिलाई गर्भधारण गर्छन्, र दुष्टता जन्माउँछन्; तिनीहरूका गर्भले छल रच्तछन्।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath