इयोब 14
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1“स्त्रीको कोखबाट जन्मेको मरणशील मानिसको आयु छोटो र दुःख-पीडाले भरिएको हुन्छ।
2तिनीहरू फूलझैँ फक्रन्छन्, र ओइलाइहाल्छन्; हराइजाने छायाजस्तै तिनीहरू रहिरहँदैनन्।
3के तपाईंले त्यस्ता प्राणीहरूमा आफ्नो दृष्टि राख्नुहुन्छ? के तपाईंले मलाई न्यायको लागि आफ्नो सामु ल्याउनुहुन्छ?
4अशुद्ध वस्तुबाट कसले शुद्ध वस्तु बनाउन सक्छ र? कसैले पनि सक्दैन!
5हरेक व्यक्तिका दिनहरू निर्धारित छन्; तपाईंले त्यसका महिनाहरूको संख्या तोकिदिनुभएको छ र त्यसले पार गर्न नसक्ने सीमा राखिदिनुभएको छ।
6यसकारण ज्यालादार मजदुरले जस्तै आफ्नो समय पूरा नगरेसम्म, त्यसबाट आफ्नो दृष्टि टाढा राख्नुहोस् र त्यसलाई एकलै रहन दिनुहोस्।
7“किनकि रूखको समेत पनि आशा हुन्छ: त्यो काटेर ढालिए तापनि त्यो फेरि पलाउनेछ, र त्यसका नयाँ टुसाहरू निक्लन छोड्नेछैन।
8त्यसका जराहरू जमिनमै छिप्पिए पनि र त्यसको ठुटो माटोमा सुके तापनि
9पानीको गन्ध पायो भने त्यसमा फेरि पालुवा लाग्न थाल्छ, र नयाँ बोटबिरुवामा जस्तै त्यसमा टुसा उम्रन्छ।
10तर मानिस मरेपछि मेटिएर जान्छ; जब उसले अन्तिम सास फेर्छ, र त्यसपछि त्यो कहाँ रहन्छ?
11तालको पानी सुकेजस्तै, अथवा खोलानदी सुकेर सुक्खा भएजस्तै हुन्छ,
12त्यसरी नै मानिस मर्छ, र फेरि उठ्दैन; जबसम्म आकाशहरू टलेर जाँदैनन्, मानिसहरू बिउँझनेछैनन्, अथवा तिनीहरू निद्राबाट फेरि उठ्नेछैनन्।
13“यदि तपाईंले मलाई चिहानमा लुकाइदिनुभएको भए त, अनि तपाईंको रिस नमरेसम्म मलाई लुकाउनुभएको भए त हुनेथियो! यदि तपाईंले, मेरो समयको सीमा तोकिदिनुभएको भए त, अनि मलाई फेरि सम्झनुभएको भए हुनेथियो!
14कोही मरेपछि फेरि जीवित हुन्छ र? मेरो कठिन परिश्रम जतिसुकै लामो भए तापनि मेरो नवीकरणको निम्ति म प्रतीक्षा गर्नेछु।
15तपाईंले बोलाउनुहुनेछ, र म तपाईंलाई जवाफ दिनेछु; तपाईं आफ्नो हातले बनाउनुभएको प्राणीलाई हेर्न उत्सुक हुनुहुनेछ।
16तब निश्चय नै तपाईंले मेरा पाइलाहरू गन्नु हुनेछ, तर मेरो पापको हिसाबचाहिँ राख्नुहुनेछैन।
17मेरा अपराधहरूलाई एउटा थैलीमा लाहाछाप लगाएर राख्नुहुनेछ; तपाईंले मेरो पाप ढाकिदिनुहुनेछ।
18“तर पर्वतहरू बिस्तारै खिइएर खसेझैँ र चट्टान त्यसको ठाउँबाट हटेर गएझैँ,
19पानीले ढुङ्गाहरू खियाएर लगेझैँ, र भलबाढीले माटो बगाएर लगेझैँ, त्यसरी नै तपाईंले मानिसको आशा नष्ट पारिदिनुहुन्छ।
20तपाईंले तिनीहरूलाई एकै पटकमा सधैँको निम्ति जित्नुहुन्छ, र तिनीहरू समाप्त भएर जान्छन्; तपाईंले तिनीहरूको स्वरूपलाई कुरूप बनाइदिनुहुन्छ र तिनीहरूलाई टाढा पठाइदिनुहुन्छ।
21तिनीहरूका सन्तानहरूले सम्मान पाए तापनि तिनीहरूले त्यो थाहा पाउँदैनन्; यदि तिनीहरूका सन्तानहरू होच्याइए तापनि तिनीहरूले त्यो देख्दैनन्।
22तिनीहरूले आफ्नै शरीरको पीडा मात्र महसुस गर्छन्, र आफ्नै लागि मात्र विलाप गर्छन्।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath