ईसाई धर्म
पछाडि

इयोब 13

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1“मेरा आँखाले यी सबै कुरा देखेका छन्, मेरा कानले सुनेका छन्, र मैले यो बुझेको छु।

2तपाईंहरूले जे जान्‍नुहुन्छ, त्यो म पनि जान्दछु; म पनि तपाईंहरूभन्दा कमको छैनँ।

3तर म सर्वशक्तिमान्‌सँग कुरा गर्न चाहन्छु, र मेरो मुद्दाको विषयमा परमेश्‍वरसँग बहस गर्न चाहन्छु।

4तर तपाईंहरूको झूटले मलाई बदनाम गर्नुहुन्छ; तपाईंहरू सबै जना निकम्मा वैद्यहरू हुनुहुन्छ!

5यदि तपाईंहरू चुप लागेर बसिदिनुभए त! यही नै तपाईंहरूको निम्ति बुद्धिमानी हुनेथियो।

6अब मेरो बहस सुन्‍नुहोस्; मेरा ओठका बिन्ती ध्यानसँग सुन्‍नुहोस्।

7के तपाईंहरू परमेश्‍वरको पक्षबाट झूटो बोल्नुहुनेछ? के तपाईंहरू उहाँको निम्ति छलपूर्ण कुरा गर्नुहुनेछ?

8के तपाईंहरूले उहाँलाई पक्षपात गर्नुहुनेछ? के तपाईंहरूले परमेश्‍वरको निम्ति मुद्दाको बहस गर्नुहुनेछ?

9यदि उहाँले तपाईंहरूलाई जाँच गर्नुभयो भने के त्यो असल होला र? मानिसहरूलाई छल गरेझैँ के तपाईंहरूले उहाँलाई छल्न सक्नुहुन्छ र?

10यदि तपाईंहरूले गुप्‍तमा पक्षपात गर्नुभयो भने उहाँले तपाईंहरूलाई निश्‍चय नै हप्काउनुहुनेछ।

11के उहाँको महानताले तपाईंहरूलाई भयभीत पार्दैन र? अनि उहाँको डर तपाईंहरूमाथि आइपर्दैन र?

12तपाईंहरूका उपदेशहरू खरानीका उखानहरूजस्तै छन्; तपाईंहरूका सुरक्षाहरू माटोजस्तै कमजोर छन्।

13“चुप लाग्नुहोस् र मलाई बोल्न दिनुहोस्; अनि ममाथि जे आइपर्ला, सो भोग्न तयार छु।

14मैले आफूलाई किन जोखिममा पारूँ, र मेरो जीवन आफ्नै हातमा लिएर हिँडूँ?

15उहाँले मेरो ज्यान लिनुभए तापनि उहाँमाथि नै म आफ्नो भरोसा राख्नेछु; निश्‍चय नै म उहाँसामु आफ्नो निम्ति बहस गर्नेछु।

16सम्भवतः यी कुराहरू मेरो छुटकाराको निम्ति हुनेछन्, किनकि दुष्‍ट मानिसहरू उहाँको सामु आउने साहस गर्न सक्दैनन्!

17मैले भनेका कुराहरू ध्यानसित सुन्‍नुहोस्; मेरा शब्दहरू तपाईंहरूका कानभित्र गुञ्जोस्!

18अहिले मैले मेरो मुद्दा तयार गरिसकेको छु, म जान्दछु कि म निर्दोष ठहरिनेछु।

19कसले मेरो विरुद्धमा आरोप लगाउन सक्छ? यदि सक्छ भने म चुपचाप बस्‍नेछु र मर्नेछु।

20“हे परमेश्‍वर, मलाई केवल यी दुई कुराहरू मात्र दिनुहोस्, त्यसपछि म तपाईंदेखि लुक्नेछैनँ:

21तपाईंको हात मबाट टाढा हटाउनुहोस्; र तपाईंका डरले मलाई भयभीत नपारोस्।

22तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु, अथवा मलाई बोल्न दिनुहोस्, र मलाई तपाईंले जवाफ दिनुहोस्।

23मैले कति गल्ती र पापहरू गरेँ? मलाई मेरो अपराध र मेरो पाप देखाइदिनुहोस्।

24किन तपाईंले आफ्नो मुहार लुकाउनुहुन्छ, र मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ?

25के तपाईं हावाले उडाएको एउटा पातलाई सताउनुहुन्छ? के तपाईं सुकेको भुसलाई लखेट्नुहुन्छ?

26किनकि तपाईंले मेरो विरुद्धमा तिता कुराहरू लेख्नुहुन्छ, र मैले जवानीमा गरेका पापहरूको कटनी गराउनुहुन्छ।

27तपाईंले मेरा पाउहरू साङ्लोले बाँध्नुभएको छ; मेरा खुट्टाका पैतालाहरूमा छाप लगाउनुभएर, मेरा सबै कदमहरूलाई नजिकबाट नियाल्नुहुन्छ।

28“त्यसकारण मानिस कुहेको फोहोरमैलाझैँ, किराले खाएको लुगाझैँ नष्‍ट भएर जान्छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath