ईसाई धर्म
पछाडि

इयोब 12

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तब इयोबले जवाफ दिएर भने:

2“निस्सन्देह, तपाईंहरू मात्र सबै कुरा जान्‍ने मानिसहरू हुनुहुन्छ, र बुद्धि तपाईंहरूसँगै मर्नेछ!

3तर तपाईंहरूसँग भएझैँ मसँग पनि समझ छ; म पनि तपाईंहरूभन्दा कमको छैनँ। यी सबै कुरा कसले जान्दैन र?

4“यद्यपि मैले परमेश्‍वरलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो— तर पनि म आफ्ना साथीहरूको निम्ति एउटा हाँसोको पात्र बनेको छु, धर्मी र निर्दोष मानिस त एउटा हाँसोको पात्र पो बनिँदो रहेछ!

5सुखी मानिसहरूले दुःखमा पर्नेहरूलाई उपहास गर्छन्; र खुट्टा चिप्लनेहरूका खुट्टा तान्‍ने गर्छन्।

6परमेश्‍वर तिनीहरूकै हातमा भएझैँ, चोरहरू घरमा शान्तिसँग बस्दछन्, र परमेश्‍वरलाई रिस उठाउनेहरू सुरक्षित छन्।

7“तर जनावरहरूलाई सोध्नुहोस्, र तिनीहरूले तपाईंहरूलाई सिकाइदिनेछन्; अथवा आकाशका चराचुरुङ्गीहरूलाई पनि सोध्नुहोस्, तिनीहरूले तपाईंहरूलाई बताइदिनेछन्;

8अथवा पृथ्वीसँग बोल्नुहोस्, र त्यसले तपाईंहरूलाई सिकाउनेछ; अथवा समुद्रका माछाहरूले तपाईंहरूलाई बताइदेऊन्।

9यी सबै कुरा याहवेहकै हातले गरेका हुन् भनी यीमध्ये कसलाई थाहा छैन र?

10हरेक प्राणीको जीवन र सबै मानव-जातिको सास उहाँकै हातमा छ।

11जिब्रोले भोजनको स्वाद चाखेजस्तै के कानले शब्दहरूको जाँच गर्दैन र?

12के बुढापाकाहरूका बीचमा बुद्धि पाइँदैन र? के जीवनको दीर्घायुले समझ ल्याउँदैन र?

13“बुद्धि र शक्ति परमेश्‍वरका हुन्; परामर्श र समझशक्ति उहाँकै हुन्।

14उहाँले भत्काउनुभएको कुरालाई फेरि बनाउन सकिँदैन; उहाँले कैद गर्नुभएकोलाई कसैले छुटाउन सक्दैन।

15यदि उहाँले पानीलाई रोक्नुभयो भने खडेरी पर्छ; यदि उहाँले पानीलाई छोडिदिनुभयो भने त्यसले जमिनलाई विध्वंस पार्छ।

16शक्ति र बुद्धि परमेश्‍वरका हुन्; धोका दिने र धोका खाने दुवै उहाँकै हुन्।

17उहाँले शासकहरूलाई नाङ्गो खुट्टा हिँडाउनुहुन्छ। र न्यायकर्ताहरूलाई मूर्ख बनाउनुहुन्छ।

18उहाँले राजाहरूद्वारा बाँधिएका बन्धनहरूलाई फुकाइदिनुहुन्छ र तिनीहरूका कम्मरमा पेटी बाँधिदिनुहुन्छ।

19उहाँले पुजारीहरूलाई नाङ्गो खुट्टा हिँडाउनुहुन्छ र धेरै अगाडिदेखि अधिकार गर्ने शासकहरूलाई खसालिदिनुहुन्छ।

20उहाँले भरपर्दा सल्‍लाहकारहरूको ओठलाई चुप गराइदिनुहुन्छ, र प्रधानहरूका अन्तर्दृष्‍टिलाई हटाइदिनुहुन्छ।

21उहाँले भारदारहरूमाथि अपमान खन्याउनुहुन्छ र शक्तिशालीहरूलाई निःशस्त्र तुल्याउनुहुन्छ।

22उहाँले अन्धकारमा भएका गहिरा कुराहरूलाई प्रकट गर्नुहुन्छ, र घोर अन्धकारलाई ज्योतिमा ल्याउनुहुन्छ।

23उहाँले राष्ट्रहरूलाई महान् बनाउनुहुन्छ, र तिनीहरूलाई नाश पनि गर्नुहुन्छ; उहाँले राष्ट्रहरूलाई बढाउनुहुन्छ, र तिनीहरूलाई तितरबितर पनि पार्नुहुन्छ।

24उहाँले पृथ्वीका शासकहरूबाट तिनीहरूका समझशक्ति खोस्‍नुहुन्छ; तिनीहरूलाई बाटो नभएको बिरानो ठाउँमा भौँतारिने बनाउनुहुन्छ।

25तिनीहरू उज्यालो नभएको अँध्यारोमा छामछाम-छुमछुम गरिहिँड्छन्; उहाँले तिनीहरूलाई मातेको मानिसजस्तै धरमरिँदै हिँड्ने बनाउनुहुन्छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath