ईसाई धर्म
पछाडि

इयोब 10

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1“म यो जीवनदेखि विरक्तिएको छु; यसकारण म धीत नमरुन्जेल गुनासो पोख्नेछु; र म मेरो मनको तितोपना व्यक्त गर्नेछु।

2म परमेश्‍वरलाई भन्दछु: मलाई दोषी नठहराउनुहोस् तर मेरो विरुद्ध तपाईंका कस्ता आरोपहरू छन्, मलाई भन्‍नुहोस्।

3मलाई सताएर, आफ्नै हातको कामलाई घृणा गरेर के तपाईंलाई खुशी मिल्छ र? जबकि तपाईं दुष्‍टको युक्तिमा चाहिँ मुस्कुराउनुहुन्छ?

4के तपाईंका आँखाहरू मानिसका जस्ता छन्? के तपाईं मरणशील मानिसले हेरेँझैँ हेर्नुहुन्छ र?

5के तपाईंका दिनहरू मरणशील मानिसका जस्तै छन् र? अथवा तपाईंका वर्षहरू एक बलियो मानिसका जस्तै छन् र?

6तब तपाईंले मेरा दोषहरू सोधखोज गर्नुहुन्छ, र मेरा पापहरू खोतल्नुहुन्छ?

7यद्यपि म दोषी छैनँ भनेर तपाईं जान्‍नुहुन्छ, र मलाई तपाईंको हातबाट कसैले छुटाउन सक्दैन।

8“तपाईंका आफ्नै हातले मलाई आकार दिनुभयो, र मलाई बनाउनुभयो। के अब तपाईं आफैँले मलाई नाश गर्नुहुन्छ त?

9सम्झना गर्नुहोस्, तपाईंले नै मलाई माटोबाट रच्नुभयो; के अब तपाईंले मलाई फेरि धुलोमै पठाउनुहुन्छ?

10के तपाईंले मलाई दूधजस्तै खन्याउनुभएको, अनि मलाई पनिरझैँ जमाउनुभएको छैन र?

11तपाईंले मलाई छाला र मासु पहिराउनुभई, अनि मलाई हड्डी र नसाहरूले एकसाथ गाँस्‍नुभएको होइन र?

12तपाईंले मलाई जीवन दिनुभयो र मलाई दया देखाउनुभएको छ; र तपाईंको हेरचाहले मेरो आत्मा सुरक्षित भएको छ।

13“तर यी कुराहरू तपाईंले आफ्नो हृदयमा लुकाएर राख्नुभएको थियो; र यी कुराहरू तपाईंको मनमा थियो भनी म जान्दछु:

14यदि मैले पाप गरेको भए, तपाईंले मलाई हेरिरहनुहुनेथियो; र मेरा अपराधको दण्ड नदिई छोड्नुहुने थिएन।

15यदि म दोषी छु भने मलाई धिक्‍कार होस्! म निर्दोष भए तापनि म आफ्नो शिर उठाउन सक्दिनँ; किनकि म शर्ममा परेको छु, अनि आफ्नो दुःखमा डुबेको छु।

16यदि मैले शिर उठाउन कोसिस गरेँ भने पनि, सिंहले झैँ तपाईंले मलाई खेद्नुहुन्छ; र फेरि मेरो विरुद्धमा तपाईंले आफ्नो डरलाग्दो शक्ति देखाउनुहुन्छ।

17तपाईंले फेरि मेरो विरुद्धमा नयाँ साक्षीहरू भेला पार्नुहुन्छ, र मेरो विरुद्ध आफ्नो क्रोध बढाउनुहुन्छ; तपाईंका सेनाहरू मेरो विरुद्धमा छालहरू जस्तै आइलाग्छन्।

18“मलाई त्यस्तै गर्ने तपाईंको आसय थियो भने किन तपाईंले मलाई गर्भबाट बाहिर निस्कन दिनुभयो? कसैको आँखाले मलाई देख्नुअगि नै बरु म मरेको भए हुनेथियो।

19यदि म अस्तित्वमै नआएको भए हुनेथियो, अथवा गर्भबाट सीधै चिहानमा लगिएको भए हुनेथियो!

20के अब मेरा थोरै दिनहरू सकिनै लागेका छैनन् र? मबाट टाढा रहनुहोस्, ताकि केही क्षणको निम्ति म आनन्द पाउन सकूँ।

21मबाट टाढा रहनुहोस्, म फेरि नफर्किने देशमा जानुअगि; जहाँ अन्धकार र घोर अन्धकार छ।

22घोर अन्धकारको त्यो देशमा जान दिनुहोस्, जहाँ अन्धकार र अस्तव्यस्त छ, जहाँ उज्यालो पनि अँध्यारोझैँ छ।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath