ईसाई धर्म
पछाडि

यूहन्‍ना 10

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1“म तिमीहरूलाई साँच्‍चै भन्दछु, जुन मानिस भेडागोठको ढोकाबाट भित्र पस्दैन, तर कुनै अर्कै ठाउँबाट चढेर पस्छ, त्यही नै चोर र डाँकु हो।

2तर ढोकाबाट भित्र पस्‍ने मानिसचाहिँ आफ्नो भेडाको गोठालो हो।

3गोठ कुर्नेले उसका निम्ति ढोका खोलिदिन्छ, र भेडाहरूले उसको सोर सुन्छन्। उसले आफ्ना भेडाहरूलाई नाम काढि-काढि बोलाउँछ र तिनीहरूलाई बाहिर लैजान्छ।

4उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालिसकेपछि, ऊ तिनीहरूका अगि-अगि हिँड्छ, र भेडाहरूले उसलाई पछ्याउँछन्। किनकि तिनीहरूले उसको सोर चिन्छन्।

5तर तिनीहरूले नचिनेको व्यक्तिलाई कहिल्यै पछ्याउँदैनन्; बरु त्यसदेखि भाग्छन्। किनकि तिनीहरूले नचिनेको व्यक्तिको सोर चिन्दैनन्।”

6येशूले यो दृष्‍टान्तको प्रयोग गर्नुभयो, तर उहाँले तिनीहरूलाई भन्‍नुभएको कुरा के थियो, सो तिनीहरूले बुझेनन्।

7त्यसकारण येशूले फेरि भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, भेडाहरूको ढोका म नै हुँ।

8मभन्दा अगि आउनेहरू सबै चोर र डाँकुहरू थिए, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्।

9ढोका म नै हुँ, जो मद्वारा भित्र पस्छ, उसले मुक्ति पाउनेछ; भित्र र बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ।

10चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भनेर आएँ।

11“असल गोठालो म नै हुँ। असल गोठालाले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्दछ।

12भाडाको मान्छे भेडाहरूको आफ्नै होइनन्। त्यसकारण जब त्यसले ब्वाँसो आउँदैगरेको देख्छ, तब त्यसले भेडाहरूलाई छोड्छ, र भाग्छ। त्यसपछि ब्वाँसोले बगाललाई आक्रमण गर्छ र तितरबितर पारिदिन्छ।

13त्यो मानिसचाहिँ भाग्छ; किनकि त्यो त भाडाको मानिस हो, त्यसले भेडाहरूका लागि केही वास्ता गर्दैन।

14“असल गोठालो म नै हुँ; म आफ्ना भेडाहरूलाई चिन्छु र मेरा भेडाहरूले मलाई चिन्छन्।

15जसरी पिताले मलाई चिन्‍नुहुन्छ, र म पितालाई चिन्छु, र म मेरो प्राण आफ्ना भेडाहरूका लागि अर्पण गर्छु।

16मेरा अरू पनि भेडाहरू छन्, जो यस गोठका होइनन्। मैले तिनीहरूलाई पनि ल्याउनु परेको छ। तिनीहरूले पनि मेरो सोर सुन्‍नेछन्; र एउटै बगाल र एउटै गोठालो हुनेछ।

17मेरा पिताले मलाई प्रेम गर्नुहुने कारण यही हो, म आफ्नो प्राण, यसलाई फेरि फिर्ता लिनका लागि अर्पण गर्दछु।

18मेरो प्राण मबाट कसैले लिन सक्दैन, तर म स्वेच्छाले यो अर्पण गर्दछु। मसँग अर्पण गर्ने यो अधिकार पनि छ; यसलाई फेरि लिने अधिकार पनि छ। किनकि यो आज्ञा मैले मेरा पिताबाट प्राप्‍त गरेको हुँ।”

19यी वचनहरूका कारण यहूदी समूहहरूको बीचमा फेरि फाटो आयो।

20तिनीहरूमध्ये धेरैले यसो भने, “यसलाई भूत लागेको छ, र यो बहुलाएको छ; यसका कुरा किन सुन्छौ?”

21तर अरूहरूले भने, “यी वचनहरू भूत लागेको मानिसका होइनन्। के कुनै भूतले दृष्‍टिविहीनका आँखा खोलिदिन सक्छ र?”

22यरूशलेममा मन्दिर समर्पणको चाड आयो। यो हिउँदको समय थियो।

23अनि येशू मन्दिरको क्षेत्रभित्र हुनुहुन्थ्यो, र सोलोमनको दलानमा हिँड्दैहुनुहुन्थ्यो।

24केही यहूदीहरू उहाँका वरिपरि भेला भएर सोधे, “हामीलाई तपाईंले कहिलेसम्म दोधारमा राख्नुहुन्छ? यदि तपाईं नै ख्रीष्‍ट हुनुहुन्छ भने हामीलाई स्पष्‍ट भनिदिनुहोस्।”

25येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिसकेको छु, तर तिमीहरू विश्‍वास गर्दैनौ। मैले मेरा पिताको नाममा गरेका अचम्मका कामहरूले मेरो विषयमा नै गवाही दिन्छन्।

26तर तिमीहरूले विश्‍वास गर्दैनौ; किनकि तिमीहरू मेरा बगालका भेडाहरू होइनौ।

27मेरा भेडाहरूले मेरो सोर सुन्छन्, म तिनीहरूलाई चिन्छु; र तिनीहरूले मलाई पछ्याउँछन्।

28म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै पनि नाश हुनेछैनन्।

29मेरा पिता जसले ती सबै मलाई दिनुभयो; उहाँ सबैभन्दा महान् हुनुहुन्छ। मेरा पिताको हातबाट तिनीहरूलाई कसैले पनि खोसेर लैजान सक्दैन।

30म र मेरा पिता एक हौँ।”

31यहूदीहरूले फेरि उहाँलाई हान्‍नलाई ढुङ्गाहरू टिपे।

32तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै ठूला अचम्मका कामहरू देखाएँ। तीमध्ये कुन कामको कारणले मलाई ढुङ्गाले हान्छौ?”

33ती यहूदीहरूले जवाफ दिए, “तीमध्ये कुनै पनि कामको कारणले हामी तिमीलाई ढुङ्गाले हान्दैनौँ, तर परमेश्‍वरको निन्दा गरेको कारणले, किनकि तिमी एउटा मानिस भएर पनि आफैँलाई परमेश्‍वर हुँ भनी दाबी गर्छौ।”

34येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के तिमीहरूका व्यवस्थामा ‘तिमीहरू देवहरू हौ भनी मैले भनेको छु’ भनी लेखिएको छैन?

35त्यसकारण यदि जसकहाँ परमेश्‍वरको वचन आयो, तिनीहरूलाई त ‘देवहरू’ भनिन्छ, र धर्मशास्त्र भङ्ग हुन सक्दैन भने,

36पिताले उहाँको आफ्नैलाई झैँ पवित्र र अलग गरी संसारमा पठाउनुभएको व्यक्तिका विषयमा चाहिँ के भन्‍ने त? त्यसो हो भने मैले ‘म परमेश्‍वरको पुत्र हुँ’ भनेकोमा मलाई किन परमेश्‍वरको निन्दाको दोष दिन्छौ?

37मेरा पिताले जे गर्नहुन्छ, मैले पनि त्यही नगरेसम्म मलाई विश्‍वास नगर।

38यदि मैले ती कामहरू गर्दछु भने तिमीहरूले ममाथि विश्‍वास नगरे तापनि ती अचम्मका कामलाई विश्‍वास गर। अनि तिमीहरूले यो जान्‍न र बुझ्न सक्नेछौ, पिता ममा हुनुहुन्छ र म उहाँमा छु।”

39फेरि तिनीहरूले उहाँलाई पक्रन खोजे, तर उहाँ तिनीहरूका हातबाट उम्कनुभयो।

40त्यसपछि येशू फर्केर यर्दन नदीपारि यूहन्‍नाले पहिले बप्‍तिस्मा दिने गरेको ठाउँमा जानुभयो। उहाँ त्यहीँ बस्‍नुभयो,

41र धेरै मानिसहरू उहाँकहाँ आए। तिनीहरूले भने, “यूहन्‍नाले कहिल्यै कुनै अलौकिक चिन्ह गरेनन्; तापनि यूहन्‍नाले यी मानिसको विषयमा बताएका सबै कुरा सत्य रहेछन्।”

42अनि त्यस ठाउँमा धेरैले येशूमाथि विश्‍वास गरे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath