ईसाई धर्म
पछाडि

यर्मिया 49

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1अम्मोनीहरूको विषयमा: याहवेह यसो भन्‍नुहुन्छ: “के इस्राएलका छोराहरू छैनन्? के त्यसका उत्तराधिकारीहरू छैनन्? त्यसो भए किन मोलेखले गादमाथि अधिकार जमाएको छ? उहाँका मानिसहरू किन त्यसका सहरहरूमा बस्छन्?

2तर दिनहरू आउँदैछन्,” याहवेह घोषणा गर्नुहुन्छ। “जब म अम्मोनीहरूका रब्बाको विरुद्धमा युद्धको ध्वनि सुनाउनेछु; अनि त्यो एउटा भग्नावशेषको थुप्रो हुनेछ, र त्यसका चारैतिरका गाउँहरूमा आगो लगाइनेछ। तब जसले इस्राएललाई धपाएका थिए, तिनीहरूलाई इस्राएलले धपाउनेछ,” याहवेह भन्‍नुहुन्छ।

3“हे हेश्बोन, विलाप गर्; किनकि ऐ नाश भएको छ! हे रब्बाका छोरीहरू हो, चर्कोगरी रोओ! भाङ्ग्रा लगाएर शोक गर; पर्खालभित्र यताउता दगुर; किनकि मोलेख आफ्ना पुजारीहरू र अधिकारीहरूसँग कैदमा जानेछ।

4तँ किन आफ्ना उपत्यकाहरूमा घमण्ड गर्छस्? तँ आफ्ना फलदायक उपत्यकाका निम्ति किन घमण्ड गर्छस्? हे विश्‍वासीघाती आमोनका छोरी, तँ आफ्ना धनसम्पत्तिमा भरोसा राख्छेस् र भन्छेस्, ‘हामीलाई कसले आक्रमण गर्ला?’

5म तेरा चारैतिरबाट तँमाथि आतङ्क ल्याउनेछु,” प्रभु सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। “तिमीहरू हरेक धपाइनेछौ; अनि भागेर जानेहरूलाई कसैले पनि भेला गर्नेछैन।

6“अनि त्यसपछि म अम्मोनीहरूको सुख-शान्ति फर्काइदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

7एदोमको विषयमा: सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “के अब तेमानमा बुद्धि छैन? के बुद्धिमान्‌हरूबाट परामर्श नष्‍ट भएर गएको छ? के तिनीहरूको बुद्धि भ्रष्‍ट भएकै हो?

8हे ददानमा बस्‍नेहरू हो, भाग, फर्केर जाओ! र गहिरा ओडारहरूमा गएर लुक; किनकि एसावलाई दण्ड दिने समयमा म एसावमाथि विपत्ति ल्याउनेछु।

9यदि तँकहाँ अङ्‌गुर टिप्नेहरू आए भने, के तिनीहरूले केही अङ्‌गुरहरू छोड्दैनन् र? यदि रातको समयमा चोरहरू आए भने, के तिनीहरूले आफूलाई चाहिए जति मात्र चोर्दैनन् र?

10तर म एसावलाई पूर्ण रूपमा नाङ्गो बनाइदिनेछु; म त्यसका लुक्ने ठाउँहरू उदाङ्गो पारिदिनेछु, ताकि त्यसले आफूलाई लुकाउन नसकोस्। त्यसका हतियारधारीहरू र त्यसका छोराछोरी, आफन्तहरू र छिमेकीहरू नष्‍ट हुनेछन्; यसकारण यसो भन्‍ने मान्छे कोही पनि हुनेछैन,

11‘तिमीहरूका टुहुरा-टुहुरीहरूलाई छोडिराख्; म तिनीहरूको हेरचाह गर्नेछु। तिमीहरूका विधवाहरूले पनि ममाथि भरोसा राखून्।’ ”

12याहवेह यसो भन्‍नुहुन्छ: “यदि कोही कचौराबाट पिउन योग्यको नभए तापनि त्यसले पिउनैपर्छ भने, के तँ दण्ड नपाई उम्कनेछस् र? दण्डबाट तँ उम्कनेछैनस्, तर तैँले दण्डको कचौराबाट पिउनैपर्छ।

13म आफ्नै नाममा शपथ खान्छु,” याहवेह घोषणा गर्नुहुन्छ, “बोज्रा ध्वस्त हुनेछ; त्यो त्रास, निन्दा र सरापको पात्र हुनेछ; अनि त्यसका सबै सहरहरू सदाका निम्ति ध्वस्त हुनेछन्।”

14मैले याहवेहबाट एउटा सन्देश सुनेको छु; राष्ट्रहरूलाई यसो भन्‍ने एक जना दूत पठाइयो, “आफ्ना सेनाहरू युद्धको निम्ति भेला गर! एदोमसँग लडाइँ गर्नका निम्ति तयार होओ!

15“हेर्, अब म तँलाई राष्ट्रहरूमध्ये सबैभन्दा सानो तुल्याउनेछु; तँ मानव-जातिहरू बीच घृणित हुनेछस्।

16तेरो डरलाग्दो व्यवहार र तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ; हे चट्टानका दरारहरूमा बस्‍ने, हे डाँडाका अग्ला-अग्ला ठाउँहरू ओगट्ने, तैँले चीलको गुँड झैँ अग्लो ठाउँमा बास बनाए तापनि म तँलाई त्यहाँबाट तल झारिदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

17“एदोम त्रासको पात्र हुनेछ; त्यसका सबै घाउहरूका कारण त्यसका छेउबाट भएर जाने हरेक तर्सनेछ, र त्यसलाई खिसी गर्नेछ।

18जसरी सदोम र गमोरा तिनीहरूका छेउछाउका सहरहरूसहित नष्‍ट भएका थिए,” याहवेह भन्‍नुहुन्छ, “त्यसरी नै त्यहाँ कोही पनि बस्‍नेछैन; त्यहाँ कोही पनि बसोबास गर्नेछैन।

19“हेर, यर्दन नदीका झाडीहरूबाट हरियो खर्कबाट निस्केर आइरहेको सिंहझैँ, म निस्कनेछु; र म एदोमलाई झट्टै त्यसकै देशबाट खेद्नेछु। यस देशको निम्ति जसलाई चुन्छु, उसैलाई नियुक्त गर्नेछु। मजस्तो को छ र? मलाई कसले चुनौती दिन सक्छ? अनि कुनचाहिँ गोठालो मेरो विरुद्धमा खडा हुन सक्छ?”

20यसकारण एदोमको विरुद्धमा याहवेहको योजना, र तेमानमा बस्‍नेहरूको विरुद्धमा उहाँको उद्देश्य के छ, त्यो कुरा सुन: बगालका कलिला पाठाहरूलाई घिसारेर लगिनेछ; तिनीहरूको खर्क पूर्ण रूपमा उजाड हुनेछ।

21तिनीहरूको पतनको आवाजले पृथ्वी थरथर काँप्‍नेछ; तिनीहरूको चीत्कार लाल समुद्रसम्म गुञ्जिनेछ।

22हेर! एउटा चील आफ्ना पखेटा फैलाउँदै वेगसित बोज्रामाथि झम्टेर आउनेछ। त्यस दिन एदोमका योद्धाहरूका हृदय प्रसव-वेदनामा परेकी स्त्रीको हृदयजस्तै हुनेछ।

23दमस्कसको विषयमा: “हमात र अर्पाद हतोत्साहित भएका छन्; किनकि तिनीहरूले खराब समाचार सुनेका छन्। तिनीहरू निराश भएका छन्, अशान्त समुद्रजस्तै विचलित भएका छन्।

24दमस्कसका मानिसहरू कमजोर भएका छन्; तिनीहरू भाग्नलाई पछि फर्केका छन्, र तिनीहरूलाई त्रासले समातेको छ; कष्‍ट र वेदनाले तिनीहरूलाई पक्रेको छ, प्रसव-वेदनामा परेकी स्त्रीको जस्तै पीडाले पक्रेको छ।

25त्यो प्रसिद्ध सहर कसरी त्यागिएको छैन; त्यो सहर जसमा म प्रसन्‍न हुन्छु?

26निश्‍चय नै तिनीहरूका जवान मानिसहरू सडकहरूमा ढल्नेछन्; त्यस दिन त्यसका सबै सेनाहरू मारिनेछन्,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।

27“म दमस्कसका पर्खालहरूमा आगो लगाइदिनेछु; त्यो आगोले बेन-हददको किल्‍लालाई भस्म पारिदिनेछ।”

28बेबिलोनका राजा नबूकदनेसरले आक्रमण गरेका केदार र हासोरका राज्यहरूको बारेमा: याहवेह यसो भन्‍नुहुन्छ: “उठ र केदारलाई आक्रमण गर, र पूर्वका मानिसहरूलाई नाश गर।

29तिनीहरूका पालहरू र तिनीहरूका बगालहरू लगिनेछन्; तिनीहरूका ओत लाग्ने छाप्राहरू, तिनीहरूका सबै मालसामानहरू र ऊँटहरूसमेत लगिनेछन्। मानिसहरूले तिनीहरूलाई भन्‍नेछन्, ‘चारैतिर त्रासै-त्रास छ!’

30“छिटो टाढा भाग! हे हासोरमा बस्‍नेहरू हो, तिमीहरू गहिरा ओडारहरूमा बस,” याहवेह घोषणा गर्नुहुन्छ। बेबिलोनको राजा नबूकदनेसरले तिमीहरूको विरुद्धमा षड्यन्त्र रचेको छ; त्यसले तिमीहरूको विरुद्धमा एउटा योजना बनाएको छ।

31“उठ र शान्तिमा रहेको राष्ट्रलाई आक्रमण गर, जो आरामसँग ढुक्‍क भएर बसेको छ,” याहवेह घोषणा गर्नुहुन्छ। “एउटा राष्ट्र, जसका न मूलढोकाहरू, न त गजबारहरू नै छन्; त्यस राष्ट्रका मानिसहरू खतराबाट टाढा बस्छन्।

32तिनीहरूका ऊँटहरू लुटका माल हुनेछन्; अनि तिनीहरूका ठूला-ठूला बथानहरू लुटिएका माल हुनेछन्। म टाढा ठाउँमा रहेकाहरूलाई बतासमा छरपस्ट पारिदिनेछु र म तिनीहरूमाथि चारैतिरबाट विपत्ति ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

33“हासोर सहर स्यालको वासस्थान हुनेछ; सदाको निम्ति उजाडस्थान बन्‍नेछ। त्यहाँ कोही पनि बस्‍नेछैन; त्यहाँ कुनै पनि मानिस बसोबास गर्नेछैन।”

34यहूदाका राजा सिदकियाहको शासनकालको सुरुका समयमा एलामको बारेमा अगमवक्ता यर्मियाकहाँ आएको याहवेहको वचन यही हो:

35सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “हेर, म एलामको धनु, तिनीहरूको शक्तिको मुख्य आधार भाँचिदिनेछु।

36म एलामको विरुद्धमा आकाशका चारै दिशाबाट चार वटा बतासहरू ल्याउनेछु; म तिनीहरूलाई चार वटा बतासहरूमा छरपस्ट पार्नेछु; अनि एलामबाट निर्वासनमा नगएको कुनै राष्ट्र हुनेछैन।

37म एलामलाई तिनीहरूका शत्रुहरूको सामु चकनाचुर पार्नेछु; तिनीहरूको शत्रुहरूको सामु, जसले तिनीहरूलाई मार्न चाहन्छन्; म मेरो भयानक क्रोधमा, तिनीहरूमाथि विनाश ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “म तिनीहरूलाई पूर्ण रूपले नष्‍ट नपारुन्जेल, तिनीहरूलाई तरवार लिएर खेद्नेछु।

38म एलाममा आफ्नो सिंहासन खडा गर्नेछु; अनि त्यसका राजा र अधिकारीहरूलाई नाश गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

39“तापनि आउँदा दिनहरूमा म एलामको सुख-शान्ति फर्काइल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath