ईसाई धर्म
पछाडि

यर्मिया 47

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1फारोले गाजा सहरमाथि आक्रमण गर्नुअगि पलिश्तीहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको याहवेहको वचन यही हो:

2याहवेह यसो भन्‍नुहुन्छ: “हेर, उत्तर दिशामा पानीका छालहरू कसरी उठिरहेका छन्; तिनीहरू डुबाउने बाढीको भलजस्तै हुनेछन्। त्यसले जमिन र त्यसमा भएका सबै थोकलाई सहरहरू र त्यसमा बस्‍नेहरू सबैलाई डुबाउनेछ। मानिसहरू सहायताको निम्ति चिच्याउनेछन्; देशमा बस्‍नेहरू सबै विलाप गर्नेछन्,

3दौडिरहेका घोडाहरूका खुरहरूको आवाजमा वेगसित दगुर्ने शत्रुहरूका रथहरूका चक्‍काका गडगडाहट सुनेर आमाबुबाहरू आफ्ना छोराछोरीलाई सहायता गर्न फर्केर हेर्नेछैनन्; तिनीहरूका हातहरू लुला हुनेछन्।

4किनकि सबै पलिश्तीहरूलाई नाश गर्ने दिन आएको छ, टायर र सीदोनलाई सहायता दिन सक्ने बाँचेकाहरू सबैलाई नष्‍ट गर्ने दिन आएको छ। याहवेहले कप्‍तोरका किनारमा बाँकी रहेका सबै पलिश्तीहरूलाई नष्‍ट गर्न लाग्नुभएको छ।

5गाजाले शोकमा आफ्नो कपाल खौरनेछ; अश्कलोन मौन हुनेछ। हे तराईका अवशेष हो, तँ कहिलेसम्म आफूलाई चोट पारिरहन्छस्?”

6रुँदै तैँले भन्‍नेछस्, “ ‘ओह, याहवेहको तरवार, तँ कहिले शान्त हुन्छस्? ए तरवार, तँ आफ्नो म्यानमा फर्किजा, र शान्तसँग बस्।’

7तर यो कसरी शान्त बस्‍न सक्छ? किनकि याहवेहले यसलाई अश्कलोन र समुद्री किनारको विरोधमा आक्रमण गर्न आदेश दिनुभएको छ।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath