ईसाई धर्म
पछाडि

यर्मिया 45

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1जब नेरियाहका छोरा बारूकले यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालको चौथो वर्षमा यर्मियाले भनेका वचनहरू एउटा चर्मपत्रमा लेखे, तब यर्मिया अगमवक्ताले बारूकलाई यसो भने:

2“याहवेह इस्राएलका परमेश्‍वरले, तिमीलाई यसो भन्‍नुहुन्छ, बारूक:

3तैँले भनिस् ‘धिक्‍कार छ मलाई! याहवेहले मेरो दुःखमा पीडा थपिदिनुभएको छ; म सुस्केरा मार्दा-मार्दा थकित भएको छु र मलाई कतै पनि आराम छैनँ।’ ”

4तर याहवेहले मलाई तिमीलाई यसो भन् भनेर भन्‍नुभएको छ, “याहवेह यसो भन्‍नुहुन्छ: ‘मैले जे बनाएको छु, त्यो म भत्काउनेछु, मैले देशभरि जे रोपेको छु, त्यो म उखेलिदिनेछु।

5त्यसो भए के तैँलेचाहिँ आफ्नो निम्ति महान् कुराहरू खोज्दैछस्? ती कुराहरू नखोज्। याहवेह घोषणा गर्नुहुन्छ; किनकि म सबै मानिसहरूमाथि विपत्ति ल्याउनेछु, तर तँ जहाँ गए तापनि म तँलाई लुटको मालसरह जीवितै उम्कन दिनेछु।’ ”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath