यर्मिया 43
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1जब यर्मियाले मानिसहरूलाई याहवेह तिनीहरूका परमेश्वरले तिनीहरूलाई भन्नू भनेर पठाउनुभएको प्रत्येक कुराहरू तिनले भनिसिद्ध्याए,
2तब होशायाहका छोरा अजर्याह, कारेहका छोरा योहानान र सबै अहङ्कारी मानिसहरूले यर्मियालाई यसो भने, “तिमीले झूट बोलिरहेका छौ! याहवेह हाम्रा परमेश्वरले तिमीलाई ‘तिमीहरू इजिप्टमा बसोबास गर्नलाई जाँदै नजानू’ भनेर भन्न पठाउनुभएको होइन;
3तर बेबिलोनीहरूले हामीलाई मारून् अथवा हामीलाई कैद गरेर बेबिलोनमा लैजाऊन् भनी नेरियाहका छोरा बारूकले तिमीलाई हाम्रो विरुद्धमा बेबिलोनीहरूको हातमा हामीलाई सुम्पिदिन उस्काउँदैछ।”
4यसकारण कारेहका छोरा योहानान, सेनाका सबै अधिकारीहरू र सबै मानिसहरूले यहूदाको देशमै बस्नू भन्ने परमेश्वरको आज्ञापालन गरेनन्।
5त्यसको सट्टा यहूदाका बाँकी रहेका सबै मानिसहरू, जो अरू देशमा तितरबितर भएका थिए; अनि अहिले यहूदामा बस्नलाई फर्केर आएका थिए, तिनीहरूलाई कारेहका छोरा योहानान र सेनाका सबै अधिकारीहरूले आफूसितै लगे।
6राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले शापानका नाति अहीकामका छोरा गदल्याहको जिम्मामा छोडेकाहरू—पुरुषहरू, स्त्रीहरू, केटाकेटीहरू र राजाका छोरीहरू, यर्मिया अगमवक्ता र नेरियाहका छोरा बारूकसमेत सबै मानिसहरूसँगै तिनीहरूले लगे।
7यसरी तिनीहरू याहवेहको आज्ञा उल्लङ्घन गर्दै इजिप्टमा प्रवेश गरे, र तहपनेससम्म पुगे।
8तहपनेसमा याहवेहको वचन यर्मियाकहाँ आयो:
9“यहूदीहरूले हेरिरहेका बेला, तैँले आफूसँग केही ठूला ढुङ्गाहरू लिनू, र तहपनेसमा भएको फारोको राजमहलको प्रवेशद्वारको बाटोमा छापेका इँटामुनिको माटोमा ती ढुङ्गालाई गाडिदिनू।
10त्यसपछि तिनीहरूलाई यसो भन्नू, ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: हेर, म मेरो सेवक बेबिलोनको राजा नबूकदनेसरलाई ल्याउनेछु र यस ठाउँमा पठाउनेछु; अनि म त्यसको सिंहासन मैले गाडेका यी ढुङ्गाहरूमाथि खडा गर्नेछु। त्यसले आफ्नो राजकीय मण्डप यसमाथि फैलाउनेछ।
11तब त्यो आउनेछ र त्यसले इजिप्टमाथि आक्रमण गर्नेछ; अनि मृत्युको निम्ति छुट्याइएकाहरूमा मृत्यु नै आउनेछ, कैदको निम्ति छुट्याइएकाहरू कैदमा नै जानेछन्, र तरवारका निम्ति छुट्याइएकाहरू तरवारले काटिनेछन्।
12त्यसले इजिप्टका देवताहरूका मन्दिरहरूमा आगो लगाइदिनेछ, र तिनीहरूका मन्दिरहरू जलाइदिनेछ; अनि तिनीहरूका देवताहरूलाई कैद गरेर लैजानेछ। जसरी गोठालाले आफ्नो लुगालाई सफा गर्न जुम्रा निकालेर फ्याँक्छ, त्यसरी नै त्यसले इजिप्टलाई निकालेर सफा गरेर सुरक्षितसाथ बाटो लाग्नेछ।
13त्यहाँ इजिप्टमा भएको सूर्यको मन्दिरका पवित्र खम्बाहरूलाई ढालिदिनेछ; अनि इजिप्टका देवताहरूका मन्दिरहरूलाई आगोले भस्म पारिदिनेछ।’ ”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath