यर्मिया 41
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल, जो राज घरानाका र राजाका अफिसरहरूमध्येका एक थिए; तिनले दश जना मानिसहरू लिएर मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ आए। जब तिनीहरू सबै एकैसाथ त्यहाँ भोजन खाइरहेका थिए,
2तब तिनीहरूसँग भएका नतन्याहका छोरा इश्माएल र दश जना मानिसहरू उठे, र बेबिलोनका राजाले त्यस देशमाथि राज्यपाल नियुक्त गरेका व्यक्ति शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तरवारले प्रहार गरेर मारे।
3इश्माएलले मिस्पामा गदल्याहसँग भएका सबै यहूदी र त्यहाँ भएका बेबिलोनी सेनाहरूलाई पनि मारे।
4गदल्याहको हत्याको भोलिपल्ट त्यस घटनाको बारेमा कसैले थाहा पाउनुअगि नै
5शेकेम, शीलो र सामरियाबाट आफ्ना दाह्री खौरेका, आफ्ना लुगा च्यातेका र आफ्ना शरीरलाई चिरा-चिरा पारेर काटेका असी जना मानिसहरू आफूसँग अन्नबलि र धूप लिएर याहवेहको भवनमा आए।
6नतन्याहका छोरा इश्माएल मिस्पाबाट तिनीहरूलाई भेट्न रुँदै आए। अनि तिनले उनीहरूलाई भेटेर भने, “अहीकामका छोरा गदल्याहकहाँ आओ।”
7जब तिनीहरू सहरभित्र गए, तब नतन्याहका छोरा इश्माएल र तिनीसँग भएका दश जना मानिसहरूले तिनीहरूलाई मारे, र तिनीहरूलाई खाडलभित्र फ्याँकिदिए।
8तर तिनीहरूमध्ये दश जनाले इश्माएललाई भने, “हामीलाई नमार्नुहोस्! हामीले खेतमा गहुँ, जौ, जैतुन तेल र मह लुकाइराखेका छौँ।” यसकारण तिनले तिनीहरूलाई छोडिदिए, र तिनीहरूलाई अरूसँगै मारेनन्।
9जुन खाडलमा तिनले गदल्याहसँगै अरू मानिसहरूलाई पनि मारेर तिनीहरूका मृत शरीरहरू फ्याँकेका थिए, त्यो खाडल राजा आसाले इस्राएलका राजा बाशाको आक्रमणबाट बच्न भनी बनाएका थिए। तर नतन्याहका छोरा इश्माएलले त्यसलाई लासैलासले भरिदिए।
10तब मिस्पामा भएका बाँकी रहेका मानिसहरू, राजाका छोरीहरू र त्यहाँ छोडिएका सबै मानिसहरू, जसमाथि राजकीय सेनापति नबूजरदानले अहीकामका छोरा गदल्याहलाई नियुक्त गरेका थिए, तिनीहरू सबैलाई इश्माएलले कैदी बनाए। नतन्याहका छोराले तिनीहरूलाई कैदी बनाएर अम्मोनीहरूको इलाकामा जानलाई हिँडे।
11जब कारेहका छोरा योहानान र तिनीसँग भएका सेनाका सबै अधिकारीहरूले नतन्याहका छोरा इश्माएलले गरेका सबै अपराधहरूको बारेमा सुने;
12तब तिनीहरूले आफ्ना सबै मानिसहरू लिएर नतन्याहका छोरा इश्माएलसँग लडाइँ गर्न गए। तिनीहरूले इश्माएललाई गिबोनमा भएको ठूलो पोखरीको नजिकै भेट्टाए।
13जब इश्माएलसँग भएका सबै मानिसहरूले कारेहका छोरा योहानान र तिनीसँग भएका सबै सेनाका अधिकारीहरूलाई देखे, तब तिनीहरू आनन्दित भए।
14इश्माएलले मिस्पाबाट कैद गरेर ल्याएका सबै मानिसहरू कारेहका छोरा योहानानतिर फर्केर गए।
15तर नतन्याहका छोरा इश्माएल र तिनका आठ जना मानिसहरू योहानानबाट उम्केर अम्मोनीहरूको देशमा भागेर गए।
16तब कारेहका छोरा योहानान र तिनीसँग भएका सेनाका सबै अधिकारीहरूले मिस्पाबाट बाँचेर आएका सबै मानिसहरूलाई फर्काएर लगे, जसलाई नतन्याहका छोरा इश्माएलले गदल्याहलाई मारेपछि बन्दी बनाएका थिए। इश्माएलबाट योहानानले तिनीहरूलाई छुटाएर ल्याएका थिए। ती मानिसहरू यिनै थिए: सेनाहरू र अहीकामले गिबोनबाट ल्याएका स्त्रीहरू, केटाकेटीहरू र अदालतका अधिकारीहरू।
17अनि तिनीहरू बेबिलोनीहरूदेखि उम्कन इजिप्ट जाने बाटोमा बेथलेहेमको छेउमा गेरूत किमहाममा बास बसे।
18तिनीहरू बेबिलोनीहरूसँग डराएका थिए; किनकि नतन्याहका छोरा इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेका थिए, जसलाई बेबिलोनका राजाले देशमाथि राज्यपाल नियुक्त गरेका थिए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath