यर्मिया 39
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यहूदाका राजा सिदकियाहको शासनकालको नवौँ वर्षको दशौँ महिनामा, बेबिलोनका राजा नबूकदनेसर आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेमको विरुद्धमा मोर्चा बाँधेर आए र त्यसलाई घेरा हाले।
2अनि सिदकियाहको शासनकालको एघारौँ वर्षको चौथो महिनाको नवौँ दिनमा सहरको पर्खाल भत्काइयो।
3तब बेबिलोनका राजाका सबै अधिकारीहरू भित्र आए, र बीचको मूलढोकामा बसे: समगरका नेर्गल-सरेसेर, मुख्य अधिकारी नबो-सर्कसीम, उच्च अधिकारी नेर्गल-सरेसेर र बेबिलोनका राजाका अरू सबै अधिकारीहरू पनि थिए।
4जब यहूदाका राजा सिदकियाह र अरू सबै सेनाले बेबिलोनीहरूलाई देखे, तब तिनीहरू भागे; अनि तिनीहरू राजाको बगैँचाका दुई वटा पर्खालहरू बीचको मूलढोकाबाट निस्केर राति नै सहरबाट भागेर अराबातिर लागे।
5तर बेबिलोनी सेनाहरूले तिनीहरूलाई खेदे, र सिदकियाहलाई यरीहोको मैदानमा भेट्टाए। तिनीहरूले तिनलाई पक्रे, र तिनलाई हमातको सहरमा भएको रिब्ला इलाकामा बेबिलोनका राजा नबूकदनेसरकहाँ लगे, जहाँ तिनले सिदकियाहलाई दण्डको आज्ञा सुनाए।
6त्यहाँ रिब्ला इलाकामा बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई र यहूदाका सबै अधिकारीहरूलाई तिनकै आँखाको सामु मारे।
7त्यसपछि तिनले सिदकियाहका आँखा निकालिदिए, र बेबिलोनमा लैजानलाई तिनलाई काँसाका साङ्लाहरूले बाँधे।
8बेबिलोनीहरूले राजदरबार र मानिसहरूका घरहरूमा आगो लगाइदिए; अनि यरूशलेमका पर्खालहरू भत्काइदिए।
9बेबिलोनका राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले सहरमा बचेका मानिसहरू र पहिले तिनीहरूकहाँ भागेर गइसकेका मानिसहरू र त्यहाँका अरू बाँकी मानिसहरूलाई कैद गरेर बेबिलोनमा लगे।
10तर अङ्गरक्षकका सेनापति नबूजरदानले केही पनि नभएका मानिसहरूलाई यहूदामै छोडिदिए; अनि त्यस समय तिनले ती गरिबहरूलाई दाखबारी र खेतबारीहरू दिए।
11अब बेबिलोनका राजा नबूकदनेसरले राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानलाई यर्मियाको बारेमा यस्तो आदेश दिएका थिए:
12“यर्मियालाई ल्याऊ र तिनलाई राम्ररी हेरचाह गर। तिनलाई हानि नगर्नू, तर तिनले जे चाहन्छन्, तिनका निम्ति त्यही गर्नू!”
13यसकारण अङ्गरक्षकका सेनापति नबूजरदान, मुख्य अधिकारी नबूशजवान, उच्च अधिकारी नेर्गल-सरेसेर र बेबिलोनका राजाका अरू सबै अधिकारीहरूले मिलेर
14मानिसहरू पठाए र यर्मियालाई पहरेदारको चोकबाट बाहिर निकालेर ल्याए। तिनीहरूले यर्मियालाई तिनको आफ्नै घरमा लैजान भनी शापानका नाति, अहीकामका छोरा गदल्याहलाई सुम्पिदिए। अनि यसरी तिनी आफ्नै मानिसहरूसँग रहे।
15यर्मिया पहरेदार चोकमा कैदमा रहेको बेला याहवेहको वचन तिनीकहाँ आएको थियो:
16“गएर कूशी एबेद-मेलेकलाई भन्, ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: म यस सहरको विरुद्धमा मेरा वचनहरू पूरा गर्न लागेको छु; उन्नति गरेर होइन, तर विपत्ति ल्याएर। त्यस समयमा तेरा आँखाकै सामु ती सबै पूरा भएको देख्नेछस्,
17याहवेह घोषणा गर्नुहुन्छ। तर त्यस दिन तँलाई म बचाउनेछु। तँ जुन मानिसहरूसँग डराउँछस्, तिनीहरूको हातमा सुम्पिइनेछैनस्।
18म तँलाई बचाउनेछु। तँ तरवारद्वारा मारिनेछैनस्, तर तँ लुटको मालजस्तै जीवितै उम्कनेछस्; किनकि तैँले ममाथि भरोसा राखेको छस्, याहवेह घोषणा गर्नुहुन्छ।’ ”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath