यर्मिया 38
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा येहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भनिरहेका सुने,
2“याहवेह यसो भन्नुहुन्छ: ‘यस सहरमा जो बस्छ, त्यो तरवार, अनिकाल र रूढीले मर्नेछ; तर बेबिलोनी सेनाहरूकहाँ गएर आफैँलाई समर्पण गर्नेचाहिँ जीवित रहनेछ। त्यसले आफ्नो प्राण जोगाउनेछ र जीवित रहनेछ।’
3अनि याहवेह यसो भन्नुहुन्छ: ‘यो सहर निश्चय नै बेबिलोनको राजाका सेनाको हातमा दिइनेछ, जसले यस सहरलाई कब्जा गर्नेछ।’ ”
4तब अधिकारीहरूले राजालाई भने, “यो मानिसलाई मार्नुपर्छ; किनकि यसले मानिसहरूलाई भनिरहेका कुराहरूले यस सहरमा बाँकी रहेका सेना र सबै मानिसहरूलाई समेत निरुत्साहित पार्दैछ। यस मानिसले यी मानिसहरूको भलाइ होइन, तर तिनीहरूको हानि गर्न चाहन्छ।”
5तब राजा सिदकियाहले जवाफ दिए, “त्यो मानिस तिमीहरूकै हातमा छ। म तिमीहरूलाई रोक्न सक्दिनँ।”
6यसकारण तिनीहरूले यर्मियालाई लगेर राजाको छोरा मल्कियाहको पानीको खाडलमा हालिदिए। त्यो खाडल पहरेदारको चोकमा थियो। तिनीहरूले यर्मियालाई डोरीबाट तल अँध्यारो बन्द खाडलभित्र झारिदिए; त्यस अँध्यारो खाडलमा पानी थिएन, तर हिलो मात्र थियो; यसकारण यर्मिया हिलोमा भासिए।
7तर राजमहलका एक जना नपुंसक अधिकारी कूशी एबेद-मेलेकले तिनीहरूले यर्मियालाई बन्द खाडलमा हालेको कुरा सुने। त्यस बेला राजा बेन्यामीन ढोकामा बसिरहेका थिए।
8तब एबेद-मेलेक महलबाट निस्केर गएर राजालाई यसो भने,
9“मेरा प्रभु महाराजा, यी मानिसहरूले यर्मिया अगमवक्तालाई अति दुष्टतापूर्ण व्यवहार गरेका छन्। तिनीहरूले उनलाई खाडलभित्र खसालिदिएका छन्, जहाँ उनी भोकै मर्नेछन्; किनकि सहरमा अब केही खानेकुरा बाँकी छैन।”
10तब राजाले कूशी एबेद-मेलेकलाई आज्ञा दिए, “यहाँबाट आफूसँग तीस जना मानिसहरू लैजाऊ र तिनी मर्नुभन्दा अगि नै यर्मिया अगमवक्तालाई त्यस खाडलबाट निकाल।”
11यसकारण एबेद-मेलेकले आफूसँग ती मानिसहरू लिएर महलमा भएको भण्डारमुनिको कोठामा गए। तिनले त्यहाँबाट केही फाटेका र पुराना लुगाहरू लिए। अनि तिनले ती कपडाहरू डोरीमा बाँधेर खाडलभित्र यर्मिया अगमवक्ताकहाँ झारिदिए।
12अनि कूशी एबेद-मेलेकले यर्मियालाई भने, “यी फाटेका र पुराना कपडाहरूलाई डोरीले नदुःखोस् भनेर तिम्रा काखीमुनि लगाऊ।” तब यर्मियाले त्यसै गरे।
13अनि तिनीहरूले ती डोरीहरूको सहायताले यर्मियालाई खाडलबाट बाहिर निकाले। त्यसपछि यर्मिया पहरेदारको चोकमा रहन थाले।
14तब राजा सिदकियाहले यर्मिया अगमवक्तालाई बोलाउन पठाए, र तिनलाई याहवेहको मन्दिरको तेस्रो प्रवेशद्वारमा ल्याउन लगाए। राजाले यर्मियालाई भने, “म तिमीलाई केही कुरा सोध्न लागेको छु। मबाट केही कुरा पनि नलुकाऊ!”
15यर्मियाले सिदकियाहलाई भने, “यदि मैले तपाईंलाई जवाफ दिएँ भने के तपाईंले मलाई मार्नुहुन्न र? यदि मैले तपाईंलाई सल्लाह दिएँ भने तापनि तपाईंले मेरो कुरा सुन्नुहुनेछैन।”
16तर राजा सिदकियाहले यर्मियासँग गुप्तमा यो शपथ खाए: “हामीलाई सास दिनुहुने जीवित याहवेहको नाममा शपथ खाएर भन्छु, म तिमीलाई मार्नेछैनँ, न त तिमीलाई मार्न चाहनेहरूका हातमा नै तिमीलाई सुम्पिदिनेछु।”
17तब यर्मियाले सिदकियाहलाई भने, “याहवेह सेनाहरूका परमेश्वर, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘यदि तैँले बेबिलोनको राजाका अधिकारीहरूको हातमा आफूलाई समर्पण गरिस् भने तँ जीवित रहनेछस्, र तिनीहरूले यो सहरलाई जलाएर भस्म पार्नेछैनन्; तेरो परिवारसहित तँ जीवित रहनेछस्।
18तर यदि तैँले बेबिलोनका राजाका अधिकारीहरूको हातमा समर्पण गरिनस् भने यो सहर बेबिलोनीहरूका हातमा सुम्पिनेछ, र तिनीहरूले यस सहरलाई जलाएर भस्म पार्नेछन्; तँ आफैँ पनि तिनीहरूका हातबाट उम्कनेछैनस्।’ ”
19राजा सिदकियाहले यर्मियालाई भने, “बेबिलोनीहरूकहाँ शरण लिन गएका यहूदीहरूसँग मलाई डर लागिरहेको छ; किनकि बेबिलोनीहरूले मलाई तिनीहरूका हातमा सुम्पिदेलान्, र तिनीहरूले मसँग दुर्व्यवहार गर्लान्।”
20यर्मियाले जवाफ दिए, “तिनीहरूले तपाईंलाई सुम्पिनेछैनन्। मैले तपाईंलाई भनेका कुरा गरेर याहवेहको आज्ञापालन गर्नुहोस्। तब तपाईंको भलो हुनेछ, र तपाईं जीवित रहनुहुनेछ।
21तर यदि तपाईंले समर्पण गर्न इन्कार गर्नुभयो भने याहवेहले मलाई यो कुरा प्रकट गर्नुभएको छ:
22सुन्नुहोस्, यहूदाको राजाका महलमा छोडिएका ती सबै स्त्रीहरू बेबिलोनका अधिकारीहरूकहाँ बाहिर निकालेर ल्याइनेछन्। ती स्त्रीहरूले तपाईंलाई यसो भन्नेछन्: “ ‘तपाईंले भरोसा गरेका मित्रहरूले, तपाईंलाई धोका दिएर जिते। तपाईंका खुट्टाहरू हिलोमा डुबेका छन्; तपाईंका मित्रहरूले तपाईंलाई त्यागिदिएका छन्।’
23“तपाईंका सबै पत्नीहरू र छोराछोरीहरू बेबिलोनीहरूकहाँ बाहिर निकालेर ल्याइनेछन्। तपाईं आफैँ पनि तिनीहरूका हातबाट उम्कनु हुनेछैन, तर बेबिलोनका राजाद्वारा कब्जामा पारिनुहुनेछ; अनि यो सहरचाहिँ आगोले जलेर भस्म पारिनेछ।”
24तब सिदकियाहले यर्मियालाई भने, “यस कुराकानीको बारेमा अरू कसैलाई पनि केही नभन्नू, नत्रता तिमी मर्नेछौ।
25यदि मैले तिमीसँग बातचित गरेको कुरा अधिकारीहरूले सुनेछन् भने, र तिनीहरू तिमीकहाँ आएर ‘तिमीले राजालाई के भन्यौ र राजाले तिमीलाई के भन्नुभयो हामीलाई भन; यो कुरा हामीबाट नलुकाऊ, नत्रता हामी तिमीलाई मार्नेछौँ,’ भनी भनेछन् भने,
26तब तिनीहरूलाई भनिदेऊ, ‘मलाई मर्नका निम्ति जोनाथनको घरमा फर्काएर नपठाउनुहोस् भनेर म राजासँग बिन्ती गर्दैथिएँ।’ ”
27ती सबै अधिकारीहरू यर्मियाकहाँ आए, र तिनलाई सोधे; अनि यर्मियाले राजाले अधिकारीहरूलाई जे भन्ने आदेश दिएका थिए, ती हरेक कुरा तिनीहरूलाई भनिदिए। यसकारण अधिकारीहरूले यर्मियालाई अरू केही भनेनन्; किनकि राजासित भएको तिनको कुराकानी कसैले पनि सुनेका थिएनन्।
28अनि यरूशलेमको कब्जा हुने दिनसम्म नै यर्मिया राजमहलको पहरेदारको चोकमा नै रहे। यरूशलेमको पतन यसरी यरूशलेमलाई कैदमा लगियो:
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath