यर्मिया 37
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1बेबिलोनका राजा नबूकदनेसरले योशियाहका छोरा सिदकियाहलाई यहूदाका राजा बनाएका थिए; तिनले यहोयाकीमका छोरा यहोयाकीनको सट्टामा राज्य गरे।
2तर न तिनले, न तिनका सेवकहरूले, न त देशका मानिसहरूले नै यर्मिया अगमवक्ताद्वारा बोलिएका याहवेहका वचनहरू पालन गरे।
3तापनि राजा सिदकियाहले शेलेम्याहका छोरा यहूकललाई, मासेयाहका छोरा पुजारी सपन्याहसँग यर्मिया अगमवक्ताकहाँ यो सन्देश पठाए, “कृपया, याहवेह हाम्रा परमेश्वरसँग हाम्रो निम्ति प्रार्थना गरिदिनुहोस्।”
4त्यस बेला यर्मिया मानिसहरूका बीचमा आउजाउ गर्न स्वतन्त्र थिए; किनकि तिनलाई त्यस बेलासम्म झ्यालखानामा राखिएको थिएन।
5फारोको सेना इजिप्टबाट मोर्चा बाँधेर निस्किसकेको थियो, जब यरूशलेमलाई घेरिराखेका बेबिलोनीहरूले तिनीहरूको बारेमा सुने, तब तिनीहरू यरूशलेमबाट पछि हटेर गए।
6तब याहवेहको वचन यर्मिया अगमवक्ताकहाँ आयो:
7“याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यहूदाको राजा, जसले तँलाई मसँग सल्लाह लिन पठाएको छ, त्यसलाई भन्, ‘तँलाई सघाउनको निम्ति मोर्चा बाँधेर निस्किसकेका फारोका सेना त्यसको आफ्नै देश इजिप्टमा फर्किजानेछ।
8तब बेबिलोनीहरू फर्कनेछन् र यस सहरलाई आक्रमण गर्नेछन्। तिनीहरूले यस सहरलाई कब्जा गर्नेछन् र आगोले जलाएर भस्म पार्नेछन्।’
9“याहवेह यसो भन्नुहुन्छ: ‘बेबिलोनीहरूले हामीलाई निश्चय छोडिदिनेछन्,’ भन्ने सोचेर तिमीहरू आफैँलाई धोका नदेओ। तिनीहरूले छोडेर जानेछैनन्!
10यदि तिमीहरूका विरुद्धमा आक्रमण गर्ने सम्पूर्ण बेबिलोनी सेनाहरूलाई परास्त गर्न तिमीहरू सफल भयौ भने तापनि तिनीहरूका पालहरूमा छोडिएका घाइते मानिसहरू बाहिर आएर यस सहरलाई जलाइदिनेछन्।”
11फारोका सेनाको कारण बेबिलोनी सेना यरूशलेमबाट हटेर गयो।
12तब यर्मिया बेन्यामीनको इलाकाका मानिसहरूबाट आफ्नो सम्पत्तिको भाग लिनलाई यरूशलेमबाट निस्के।
13तर जब तिनी बेन्यामीन मूलढोकामा पुगे, तब अङ्गरक्षकका सेनापति जसको नाम यिरियाह थियो, जो हनन्याहका नाति शेलेम्याहका छोरा थिए; उनले यर्मियालाई पक्रेर भने, “तिमी भागेर बेबिलोनीहरूकहाँ जाँदैछौ!”
14यर्मियाले जवाफ दिएर भने, “यो कुरा सत्य होइन! म भागेर बेबिलोनीहरूकहाँ गएको होइनँ।” तर यिरियाहले तिनको कुरा सुन्नै चाहेनन्। यसकारण उनले यर्मियालाई पक्रेर तिनलाई अधिकारीहरूकहाँ ल्याए।
15तिनीहरू यर्मियासँग रिसाएर तिनलाई पिटे, र तिनलाई सचिव जोनाथनको घरमा कैद गरेर राखे; किनकि त्यस घरलाई तिनीहरूले झ्यालखाना बनाएका थिए।
16तिनीहरूले यर्मियालाई एउटा अँध्यारो बन्दी कोठामा राखिदिए, जहाँ तिनी धेरै दिनसम्म रहे।
17तब सिदकियाह राजाले तिनलाई ल्याउन लगाए, र तिनलाई राजमहलमा ल्याए, जहाँ तिनलाई गुप्तमा सोधे, “के याहवेहबाट केही सन्देश छ?” यर्मियाले जवाफ दिए, “हजुर, छ। तपाईं बेबिलोनका राजाको हातमा सुम्पिइनुहुनेछ।”
18तब यर्मियाले राजा सिदकियाहलाई भने, “मैले तपाईं, तपाईंका अधिकारीहरू र यी मानिसहरूको विरुद्धमा के अपराध गरेको छु, र तपाईंले मलाई झ्यालखानामा राख्नुभयो?
19तपाईंका ती अगमवक्ताहरू कहाँ छन्, जसले तपाईंलाई, ‘बेबिलोनका राजाले तिनका सेनासँग तपाईं अथवा यस देशको विरुद्धमा आक्रमण गर्नेछैन’ भनेर अगमवाणी गरेका थिए?
20तर अब हे मेरा मालिक राजा, दया गरी सुनिदिनुहोस्। मलाई मेरो बिन्ती तपाईंको अगि राख्न दिनुहोस्: मलाई सचिव जोनाथनको घरमा फर्काएर नपठाउनुहोस्, नत्रता म त्यहीँ मर्नेछु।”
21तब राजा सिदकियाहको आदेशअनुसार यर्मिया पहरेदारको चोकमा राखिए; अनि सहरका सबै रोटी नसकुन्जेल बजारको पसलबाट दिनहुँ रोटी ल्याएर तिनलाई दिइन्थ्यो। यसरी यर्मिया पहरेदारको चोकमा रहन लागे।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath