ईसाई धर्म
पछाडि

यर्मिया 28

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1त्यही वर्षको पाँचौँ महिनामा, यहूदाका राजा सिदकियाहको शासनकालको चौथो वर्षको सुरुवातमा गिबोनमा बस्‍ने अज्जूरको छोरा हनन्याह अगमवक्ताले याहवेहको भवनमा पुजारीहरू र मानिसहरूका उपस्थितिमा मलाई भने,

2“सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘म बेबिलोनको राजाको जुवा भाँचिदिनेछु।

3बेबिलोनको राजा नबूकदनेसरले यस ठाउँबाट निकालेर बेबिलोनमा लगेका याहवेहको भवनका सबै सामग्रीहरू दुई वर्षभित्र नै म फर्काएर ल्याउनेछु।

4यहोयाकीमका छोरा यहूदाको राजा यहोयाकीन र यहूदाबाट निकालिएर बेबिलोनमा लगिएका अरू सबै मानिसहरूलाई पनि म यस ठाउँमा फर्काएर ल्याउनेछु,’ याहवेह घोषणा गर्नुहुन्छ; ‘किनकि म बेबिलोनको राजाको जुवा भाँचिदिनेछु।’ ”

5तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई याहवेहको भवनमा उभिरहेका पुजारीहरू र सबै मानिसहरूको सामु जवाफ दिए।

6तिनले भने, “आमेन! याहवेहले त्यसै गरून्! याहवेहको भवनका सबै सामग्रीहरू र निर्वासनमा लगिएका सबैलाई बेबिलोनबाट यस ठाउँमा फर्काएर ल्याउने भनेर, तिमीले गरेको अगमवाणीका वचनहरू याहवेहले पूरा गरिदेऊन्।

7तापनि सुन, तिमी र सबै मानिसहरूले सुन्‍ने गरी म केही कुरा भन्‍न चाहन्छु सुन:

8सुरुदेखि नै तिमी र मभन्दा अगिका अगमवक्ताहरूले धेरै देशहरू र ठूला राज्यहरूको विरुद्धमा लडाइँ, विपत्ति र रूढीको अगमवाणी गर्थे।

9तर याहवेहको शान्तिको अगमवाणी गर्ने अगमवक्तालाई साँच्‍चै याहवेहले नै पठाउनुभएको हो भनेर तब मात्र चिनिन्छ, जब त्यसले भनेको अगमवाणीहरू पूरा हुन्छ।”

10तब अगमवक्ता हनन्याहले अगमवक्ता यर्मियाको काँधबाट जुवा निकालेर त्यसलाई भाँचिदिए;

11अनि तिनले सबै मानिसहरूको सामु भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘यसै गरी म दुई वर्षभित्र सबै राष्ट्रहरूका काँधबाट बेबिलोनको राजा नबूकदनेसरको जुवा भाँचिदिनेछु।’ ” त्यसपछि अगमवक्ता यर्मियाचाहिँ आफ्नो बाटो लागे।

12अगमवक्ता हनन्याहले अगमवक्ता यर्मियाको काँधबाट जुवा निकालेर भाँचिदिएपछि यर्मियाकहाँ याहवेहको वचन आयो:

13“जा, र हनन्याहलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: तैँले काठको जुवा भाँचिस्, तर त्यसको ठाउँमा फलामको जुवा पाउनेछस्।’

14सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘बेबिलोनको राजा नबूकदनेसरको सेवा गरून् भनेर म यी सबै राष्ट्रहरूका काँधमा फलामको जुवा राखिदिनेछु; अनि तिनीहरूले नबूकदनेसरको सेवा गर्नेछन्। म त्यसलाई जङ्गली जनावरहरूमाथि पनि अधिकार गर्नलाई दिनेछु।’ ”

15तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई भने, “सुन, हनन्याह! याहवेहले तिमीलाई पठाउनुभएको थिएन, तर पनि तिमीले यस राष्ट्रलाई झूटो अगमवाणीका कुराहरूमा विश्‍वास गर्न लगायौ।

16यसकारण याहवेह यसो भन्‍नुहुन्छ: ‘म तँलाई पृथ्वीबाट हटाउन लागेको छु। तँ यही वर्ष नै मर्नेछस्; किनभने तैँले याहवेहको विरुद्धमा विद्रोहको प्रचार गरिस्।’ ”

17अनि त्यही वर्षको सातौँ महिनामा अगमवक्ता हनन्याहको मृत्यु भयो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath