यर्मिया 24
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यहूदाका राजा यहोयाकीमको छोरा, यहोयाकीन र अधिकारीहरू, यहूदाका कारिगरहरू र शिल्पकारहरूलाई, बेबिलोनको राजा नबूकदनेसरले यरूशलेमबाट बेबिलोनको निर्वासनमा लगेपछि याहवेहले मलाई याहवेहको मन्दिरको सामु राखिएका दुई डाला नेभाराहरू देखाउनुभयो।
2एउटा डालोमा पहिले पाकेका खूब असल नेभाराहरू थिए; अर्को डालोमा चाहिँ अति नराम्रा नेभाराहरू थिए। ती खानै नसकिने अति खराब थिए।
3तब याहवेहले मलाई सोध्नुभयो, “यर्मिया, तँ के देख्दैछस्?” मैले जवाफ दिएँ, “म नेभाराहरू देख्दैछु। राम्रा नेभाराहरू अति राम्रा छन्, तर नराम्राहरूचाहिँ खानै नसकिने खराब छन्।”
4त्यसपछि याहवेहको वचन मकहाँ आयो:
5“याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘म यहूदाका मानिसहरूलाई यी असल नेभाराहरूजस्ता ठान्छु, जसलाई मैले यस ठाउँबाट बेबिलोनीहरूको देशमा निर्वासनमा पठाएको थिएँ।
6तिनीहरूको भलाइका निम्ति म मेरो दृष्टि तिनीहरूमाथि लगाउनेछु, र म तिनीहरूलाई यस देशमा फर्काएर ल्याउनेछु। म तिनीहरूलाई निर्माण गर्नेछु, भत्काउनेछैनँ; म तिनीहरूलाई रोप्नेछु, उखेल्नेछैनँ।
7म तिनीहरूलाई म नै याहवेह हुँ भनी जान्ने हृदय दिनेछु। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु; किनभने तिनीहरू आफ्ना सम्पूर्ण हृदयले मतिर फर्कनेछन्।
8“ ‘याहवेह घोषणा गर्नुहुन्छ, तर ती खानै नसकिने धेरै खराब नराम्रा नेभाराहरूजस्तै, म यहूदाको राजा सिदकियाह, त्यसका अधिकारीहरू र यरूशलेमबाट बाँचेकाहरूसँग ती नेभाराहरूलाई जस्तै व्यवहार गर्नेछु, चाहे तिनीहरू यस देशमा रहून्, अथवा इजिप्टमै रहून्।
9म तिनीहरूलाई पृथ्वीका सबै राज्यहरूका निम्ति अति घृणित र अपमानित तुल्याउनेछु। मैले तिनीहरूलाई निकालेर जहाँ-जहाँ खेदे तापनि तिनीहरूलाई निन्दा, श्राप र गिल्लाको पात्र तुल्याउनेछु।
10मैले तिनीहरू र तिनीहरूका पितापुर्खाहरूलाई दिएको देशबाट तिनीहरू पूरै नाश नभएसम्म म तिनीहरूको विरुद्धमा तरवार, अनिकाल र महामारी पठाउनेछु।’ ”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath