यर्मिया 1
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1बेन्यामीनी प्रान्तको अनातोतमा बस्ने हिल्कियाह, जो पुजारीहरूमध्ये एक थिए; तिनका छोरा यर्मियाका वचनहरू यिनै हुन्।
2यहूदाका राजा आमोनका छोरा योशियाहको शासनको तेह्रौँ वर्षमा याहवेहको वचन तिनीकहाँ आयो।
3यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालदेखि योशियाहका अर्का छोरा सिदकियाहको एघारौँ वर्षको पाँचौँ महिनासम्म, अर्थात् यरूशलेमका मानिसहरू कैदमा लगिएको समयसम्म आइरह्यो।
4याहवेहको वचन मकहाँ आयो,
5“मैले तँलाई गर्भमा सृष्टि गर्नुभन्दा अगि नै तँलाई चिनिसकेको थिएँ; तँ जन्मनुभन्दा अगि नै मैले तँलाई अलग गरेँ; अनि मैले तँलाई जातिहरूका निम्ति अगमवक्ताको रूपमा नियुक्त गरेँ।”
6तब मैले भनेँ, “हे प्रभु याहवेह, म बोल्न जान्दिनँ; किनभने म त बालकै छु।”
7तर याहवेहले मलाई भन्नुभयो, “म बालकै छु भनी नभन्। मैले तँलाई पठाएका सबै मानिसहरूकहाँ तँ जानैपर्छ र मैले तँलाई जे-जे आज्ञा गर्छु, त्यो तैँले भन्नैपर्छ।
8तिनीहरूसित नडरा, किनकि म तँसित छु र तँलाई छुटाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
9त्यसपछि याहवेहले आफ्नो हात पसारेर मेरो मुख छुनुभयो र मलाई भन्नुभयो, “मैले मेरो वचन तेरो मुखमा हालिदिएको छु।
10हेर्, उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, निर्माण गर्न र रोप्न भनी आज म तँलाई राष्ट्रहरू र राज्यहरूमाथि नियुक्त गर्दछु।”
11याहवेहको यो वचन मकहाँ आयो: “यर्मिया तँ के देख्दैछस्?” मैले जवाफ दिएँ, “म हाडे-बदामका रूखको एउटा हाँगा देख्दैछु।”
12याहवेहले मलाई भन्नुभयो, “तैँले ठिक देखेको छस्; किनकि म आफ्नो वचन पूरा भएको देख्दैछु।”
13याहवेहको वचन फेरि मकहाँ आयो: “तँ के देख्दैछस्?” तब मैले जवाफ दिएँ, “म एउटा उम्लिरहेको भाँडो देख्दैछु, जुन उत्तर दिशाबाट हामीतिर ढल्किरहेको छ।”
14याहवेहले मलाई भन्नुभयो, “यस देशमा बस्ने सबै मानिसहरूमाथि उत्तर दिशाबाट विपत्ति खन्याइनेछ।
15म उत्तरी राज्यहरूका सबै जातिहरूलाई भेला गराउन लागेको छु,” याहवेह घोषणा गर्नुहुन्छ। “तिनीहरूका राजाहरू आउनेछन्, र यरूशलेमका मूलढोकाहरूको मुखमा तिनीहरूले आफ्ना सिंहासनहरू स्थापित गर्नेछन्; तिनीहरू त्यसका चारैतिरका पर्खालहरूको विरुद्धमा र यहूदाका सबै नगरहरूको विरुद्धमा आउनेछन्।
16म आफ्ना जातिहरूमाथि आफ्नो न्यायको घोषणा गर्नेछु; किनकि तिनीहरूले मलाई त्यागेर दुष्टता गरेका छन्; अनि आफ्नै हातले बनाएका अरू देवी-देवताहरूका अगि धूप बालेर पूजा गरेका छन्।
17“यसकारण उठ्, र आफूलाई तयार गर्! मैले तँलाई आज्ञा गरेका सबै कुरा तिनीहरूलाई भन्। तिनीहरूसँग नडरा, नत्रता म तँलाई तिनीहरूको अगि भयभीत बनाउनेछु।
18आज मैले तँलाई सम्पूर्ण देशको विरुद्धमा—यहूदाका राजाहरू, त्यसका हाकिमहरू, त्यसका पुजारीहरू र देशका मानिसहरूको विरुद्धमा खडा हुन फलामको खम्बा, काँसाको पर्खाल र एउटा बलियो किल्ला भएको सुरक्षित सहर बनाएको छु।
19तिनीहरू तेरो विरुद्ध लडाइँ गर्नेछन्, तर तँलाई जित्न सक्नेछैनन्; किनकि म तँसित हुनेछु र तँलाई छुटाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath