ईसाई धर्म
पछाडि

न्यायकर्ता 19

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्। अब एफ्राइमको पहाडी मुलुकमा दुर्गम ठाउँमा बस्‍ने एक जना लेवीले यहूदाको बेथलेहेमबाट एउटी उपपत्नी ल्याए।

2तर तिनी आफ्ना पतिप्रति अविश्‍वासी थिइन्। ती स्त्रीले उनलाई छोडेर आफ्ना बुबाको घर यहूदाको बेथलेहेममा गइन्। तिनी त्यहाँ चार महिनासम्म बसिन्।

3तिनका पतिले तिनलाई फर्काइल्याउनका निम्ति आफ्ना सेवक र दुई वटा गधाहरू लिएर तिनीकहाँ गए।

4तब ती स्त्रीले उनलाई आफ्नो बुबाकहाँ लगिन्, र तिनका बुबाले उनलाई देखेपछि उनलाई बस्‍न आग्रह गरे। यसकारण उनी तिनीसित तीन दिनसम्म खानपिन गर्दै त्यहाँ बसे।

5चौथो दिन तिनीहरू बिहानै उठे। तब उनी बिदा हुनको लागि तयार भए, तर ती स्त्रीका बुबाले आफ्ना जुवाइँलाई भने, “केही खानुहोस्, र ताजा भएर जानुहोस्।”

6यसैले तिनीहरू दुवै बसेर एकैसाथ खानपिन गरे। तब ती स्त्रीका बुबाले भने, “कृपया एक रात अझै बसेर रमाइलो गर्नुहोस्!”

7जब उनी जानलाई उठे, तब उनका ससुराले उनलाई अझै बस्‍न आग्रह गरे। यसकारण उनी फेरि पनि एक रात बसे।

8पाँचौँ दिन उनी बिदा हुनलाई बिहानै उठे। तर त्यस स्त्रीका बुबाले भने, “आफूलाई ताजा बनाउनुहोस्। साँझसम्म पर्खनुहोस्!” यसैले तिनीहरू दिउँसो अबेरसम्म नै एकसाथ खानपानमा अल्मलिरहे।

9त्यसपछि ती मानिस आफ्नी उपपत्नी र आफ्ना सेवकसित जानलाई फेरि उठे। तब उनका ससुरा अर्थात् त्यस स्त्रीका बुबाले भने, “हेर्नुहोस् त, अब साँझ पर्नै लाग्यो। आजको रात यहीँ बसिदिनुहोस्; किनकि साँझ पर्न लागिसक्यो। बस्‍नुहोस् र आनन्द मनाउनुहोस्! बरु भोलि बिहानै उठेर तपाईं आफ्ना घरतिर लाग्नुहोस्।”

10तर ती मानिसले त्यो रात बस्‍ने इच्छा गरेनन्; तब उठेर हिँडिहाले। अनि आफ्ना भारी लादेका दुई गधाहरू र उपपत्नीसित यबूस, अर्थात् यरूशलेमतिर लागे।

11जब तिनीहरू यबूसको छेउमा पुगे, तब दिन ढल्किसकेको थियो। उनको सेवकले आफ्ना मालिकलाई भन्यो, “आउनुहोस्, हामी यबूसीहरूको यस सहरतिर लागौँ र रात यहीँ बिताऔँ।”

12तब त्यसका मालिकले जवाफ दिए, “होइन! हामी कुनै परदेशी सहरभित्र जानेछैनौँ, जसका मानिसहरू इस्राएली होइनन्। बरु हामी गेबासम्म जाऔँ।”

13उनले फेरि भने, “आओ, हामी गेबा अथवा रामामा पुग्ने प्रयास गरौँ। अनि त्यहाँ कुनै ठाउँमा बास बसौँ।”

14यसकारण तिनीहरू अगाडि बढे, र बेन्यामीनको गेबाको छेउमा पुग्दा घाम डुबिहाल्यो।

15तिनीहरू त्यहीँ रात बिताउनलाई बसे। तिनीहरू गएर सहरको चोकमा बसे; तर बास दिनका निम्ति कसैले तिनीहरूलाई आफ्नो घरभित्र लगेन।

16त्यस साँझ गेबामा बस्‍ने एक बूढो मानिस एफ्राइमको पहाडी मुलुकबाट खेतको कामबाट फर्किरहेका थिए, जहाँका मानिसहरू बेन्यामीनी थिए।

17ती बूढो मानिसले ती यात्रीहरूलाई सहरको चोकमा देखेर सोधे, “तपाईंहरू कहाँ जाने हो? कहाँबाट आउनुभएको हो?”

18लेवीले भने, “हामी यहूदाको बेथलेहेमबाट आइरहेका छौँ; र आफ्नै घर एफ्राइमको पहाडी मुलुकको दुर्गम ठाउँमा जाँदैछौँ। म यहूदाको बेथलेहेममा गएको थिएँ, र अब याहवेहको घरमा जाँदैछु। तर कसैले पनि मलाई आफ्नो घरमा लगेन।

19म आफैँ, तपाईंकी सेविका र हामीसँग भएको यो जवान मानिसको निम्ति हामीसित रोटी र दाखमद्य, र हाम्रा गधाहरूको लागि पराल र दाना छन्। हामीलाई केही चाहिँदैन।”

20तब ती बूढो मानिसले भने, “तपाईंलाई मेरो घरमा स्वागत छ। तपाईंहरूलाई जे चाहिन्छ, म दिनेछु। तर चोकमा रात नबिताउनुहोस्!”

21यसकारण तिनले उनीहरूलाई आफ्नो घरमा लगे, र उनका गधाहरूलाई दानापानी दिए। तिनीहरूले आ-आफ्ना खुट्टा धोइसकेपछि खानपिन गरे।

22तिनीहरूले आनन्द लिइरहेको बेला त्यस सहरका केही दुष्‍ट मानिसहरूले त्यस घरलाई घेरे। तिनीहरूले ढोकामा प्रहार गर्दै त्यस घरका मालिक, त्यस बूढो मानिसलाई कराउँदै यसो भने, “तिम्रो घरमा आएको त्यस मानिसलाई बाहिर निकाल्, हामी त्यससित सहवास गर्न चाहन्छौँ।”

23तब त्यस घरका मालिक बाहिर आए, र तिनीहरूलाई भने, “होइन, मेरा मित्रहरू हो, यस्तो दुष्‍ट काम नगर्नुहोस्! यी मानिस मेरा पाहुना भएकाले यस्तो शर्मलाग्दो काम नगर्नुहोस्।

24हेर्नुहोस्, यहाँ मेरी कन्या छोरी र यी मानिसकी उपपत्नी छन्। बरु म तिनीहरूलाई अहिले तपाईहरूकहाँ बाहिर ल्याउनेछु। अनि तपाईंहरूले तिनीहरूलाई प्रयोग गरेर जे गर्न इच्छा छ, त्यही तिनीहरूसित गर्नुहोस्। तर यी मानिसमाथि यस्तो शर्मलाग्दो काम नगर्नुहोस्!”

25तर ती मानिसहरूले तिनको कुरा सुन्‍नै चाहेनन्। यसकारण ती मानिसले उनकी उपपत्नीलाई लिएर तिनीहरूकहाँ बाहिर पठाइदिए। अनि तिनीहरूले तिनलाई रातभरि बलात्कार गरे, र दुर्व्यवहार गरे। अनि बिहानै तिनलाई जान दिए।

26बिहान सबेरै हुँदा त्यो स्त्री आफ्ना पतिको घरमा आई र ढोकामा लडी, र उज्यालो नहोउन्जेल त्यहीँ लडिरही।

27बिहान तिनको पति उठेर घरको ढोका खोले। अनि आफ्नो यात्रा अगि बढाउन जब उनी बाहिर निस्के, तब आफ्नी उपपत्नीलाई सँघारमा आफ्ना हात पसारेर लडिरहेकी देखे।

28उनले तिनलाई यसो भने, “उठ, अब हामी जाऔँ।” तर कुनै जवाफ आएन। तब उनले तिनलाई आफ्नो गधामा चढाएर घरतिर लागे।

29घर पुगेपछि उनले एउटा छुरी लिएर आफ्नी उपपत्नीको शरीरलाई बाह्र टुक्रा पारे। अनि ती टुक्राहरूलाई इस्राएलका सारा इलाकाहरूमा पठाइदिए।

30त्यो देख्ने प्रत्येकले भने, “इस्राएल इजिप्टबाट आएको दिनदेखि आजसम्म यस्तो कुरो कहिल्यै भएको थिएन, न त देखियो, न सुनियो नै। यसबारे सोच्नुहोस्, र विचार गर्नुहोस्! अनि के गर्नुपर्छ हामीलाई भन्‍नुहोस्!”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath