न्यायकर्ता 17
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1एफ्राइमको पहाडी मुलुकका मीका नामका एक जना मानिस थिए।
2उनले आफ्नी आमालाई भने, “तपाईंबाट लगिएका ती एघार सय शेकेल चाँदी, जसको विषयमा तपाईंले श्राप दिनुभएको मैले सुनेँ—त्यो चाँदी मसित छ; त्यो मैले नै लिएको थिएँ।” तब उनकी आमाले भनिन्, “मेरो छोरा, याहवेहले तिमीलाई आशिष् देऊन्!”
3उनले ती एघार सय शेकेल चाँदी आफ्नी आमालाई फर्काएपछि तिनले भनिन्, “मैले यो चाँदी मेरा छोराले खोपेको आकृति र ढालेको मूर्ति बनाओस् भनेर याहवेहकहाँ अर्पण गर्छु। म यो तिमीलाई फर्काइदिनेछु।”
4यसरी उनले ती चाँदी आफ्नी आमालाई फर्काइदिए। अनि तिनले चाँदीका दुई सय सेकेल लिएर एउटा शिल्पकारलाई दिइन्, जसले तीबाट एउटा प्रतिमा र एउटा मूर्ति बनायो, र ती मीकाको घरमा राखियो।
5मीकाको एउटा देवस्थान थियो। उनले एउटा एपोद र केही पारिवारिक मूर्तिहरू बनाएर आफ्ना छोराहरूमध्ये एक जनालाई त्यसको पुजारी बनाएर राखे।
6ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्। अनि हरेक मानिसले आफ्नो दृष्टिमा जे ठिक लाग्थ्यो, त्यही गर्दथ्यो।
7यहूदाको बेथलेहेमबाट आएका यहूदाका वंशको बीचमा बस्ने एक जवान लेवी थियो।
8उसले त्यस सहरलाई छोडिदियो, र अर्को बस्ने ठाउँको खोजीमा हिँड्यो; अनि ऊ एफ्राइमको पहाडी मुलुकमा मीकाको घरमा आइपुग्यो।
9मीकाले उसलाई सोधे, “तिमी कहाँबाट आएका हौ?” उसले भन्यो, “म यहूदाको बेथलेहेमबाट आएको एक लेवी हुँ, र म बस्ने ठाउँको खोजीमा छु।”
10तब मीकाले उसलाई भने, “मसँगै बस, र मेरा बुबा र पुजारी होऊ। म तिमीलाई प्रतिवर्ष दश शेकेल चाँदी, तिमीलाई खान-लाउन पनि दिनेछु।”
11यसकारण त्यो लेवी मीकासँग बस्न राजी भयो। उनको लागि त्यो जवान मानिस आफ्नै छोराझैँ भयो।
12तब मीकाले त्यो लेवीलाई नियुक्त गरे, र त्यो जवान मानिस उनको पुजारी भएर उनको घरमा बस्न थाल्यो।
13तब मीकाले भने, “अब म यो जान्दछु, याहवेह मप्रति असल हुनुहुनेछ; किनकि एक लेवी मेरा पुजारी भएका छन्।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath