न्यायकर्ता 14
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1एक दिन जब शिमशोन तिम्नामा झरे, तब एउटी जवान पलिश्ती स्त्रीमा उनको ध्यान गयो।
2उनी फर्केपछि उनले आफ्ना बुबा र आमालाई भने, “मैले तिम्नामा एउटी पलिश्ती स्त्रीलाई देखेको छु। तिनीसित मेरो विवाह गरिदिनुहोस्।”
3उनका बुबा र आमाले जवाफ दिए, “के तेरा आफन्तहरूमध्ये अथवा हाम्रा सबै मानिसहरूमध्ये कुनै ग्रहणयोग्य स्त्री छैन? के तैँले खतना नभएका पलिश्तीहरूबाट नै पत्नी ल्याउनुपर्छ र?” तर शिमशोनले आफ्ना बुबालाई भने, “मलाई त्यही स्त्री नै ल्याइदिनुहोस्। मेरो लागि तिनी नै उपयुक्त छिन्।”
4(यो याहवेहबाट नै भएको हो, जसले पलिश्तीहरूका विरुद्धमा अवसर खोजिरहनुभएको थियो भन्ने कुरा उनका आमा र बुबालाई थाहा थिएन। त्यस बेला तिनीहरूले इस्राएलमाथि शासन गरिरहेका थिए।)
5शिमशोन आफ्ना आमा र बुबासित तिम्नामा झरे। जब तिनीहरू तिम्नाका दाखबारीमा पुगे, तब अचानक एउटा जवान सिंह गर्जँदै शिमशोनमाथि झम्टियो।
6तब याहवेहको आत्मा झट्टै उनीमाथि शक्तिसाथ आउनुभयो, र उनले त्यस सिंहलाई खाली हातले पाठोलाई झैँ च्यातिदिए। तर आफूले जे गरेका थिए, त्यो कुरा उनले आफ्ना आमाबुबालाई बताएनन्।
7तब उनी तल झरे र ती स्त्रीसित कुरा गरे र उनले तिनलाई मन पराए।
8केही समयपछि उनी तिनलाई विवाह गर्न भनी फर्केर जाँदा उनी त्यही सिंहको सिनो हेर्नलाई त्यतातिर लागे। उनले त्यसमा मौरीका एक हुल र केही मह देखे।
9उनले आफ्नो हातबाट मह झिकेर खाँदै गए। तब आफ्ना आमाबुबालाई भेटेर उनले तिनीहरूलाई केही मह दिए, र तिनीहरूले पनि खाए। तर उनले त्यो मह सिंहको सिनोबाट निकालेको कुरा तिनीहरूलाई बताएनन्।
10अनि उनका बुबा ती स्त्रीलाई हेर्न भनी तल झरे; र शिमशोनले त्यहाँ एउटा भोज लगाए; किनकि दुलहाहरूले त्यहाँ त्यस्तै गर्नुपर्ने चलन थियो।
11जब मानिसहरूले शिमशोनलाई देखे, तब उनको साथमा जानलाई तीस जना साथीहरूलाई ल्याए।
12शिमशोनले तिनीहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्छु। मलाई त्यसको जवाफ भोजको सात दिनभित्र तिमीहरूले दिन सक्यौ भने म तिमीहरूलाई तीस थान सुती कपडा र तीस जोर लगाउने लुगा दिनेछु।
13यदि तिमीहरूले यसको जवाफ दिन सकेनौ भने तिमीहरूले मलाई तीस थान सुती कपडा र तीस जोर लगाउने लुगा दिनुपर्छ।” तिनीहरूले भने, “हामीलाई तिम्रो अड्को भन, हामी सुन्नेछौँ।”
14तब उनले जवाफ दिए, “खानेबाट खानेकुरा निस्क्यो; बलियोबाट गुलियो कुरो निस्क्यो।” तीन दिनसम्ममा पनि तिनीहरूले त्यसको जवाफ दिन सकेनन्।
15चौथो दिन तिनीहरूले शिमशोनकी पत्नीलाई भने, “तिम्रा पतिलाई त्यो अड्को हामीलाई बताउनका निम्ति फकाऊ, नत्रता तिमी र तिम्रा बुबाका घरानालाई हामी जलाएर मार्नेछौँ। के तिमीले हामीलाई लुट्नको लागि यहाँ बोलाएकी हौ?”
16तब शिमशोनकी पत्नीले उनलाई अँगालो हालेर रुँदै भनिन्, “तपाईंले मलाई घृणा गर्नुहुँदो रहेछ! तपाईंले मलाई साँच्चै माया गर्नुहुँदो रहेनछ। तपाईंले मेरा मानिसहरूलाई अड्को थाप्नुभयो, तर मलाईचाहिँ त्यसको जवाफ बताउनुभएको छैन।” उनले जवाफ दिए, “हेर, यो त मैले मेरा आमा र बुबालाई पनि बताएको छैनँ; तब के म त्यो तिमीलाई बताऊँ?”
17तब तिनी भोजको सात दिनसम्मै रोइरही। यसकारण आखिरमा उनले तिनलाई सातौँ दिनमा बताइदिए; किनकि तिनले उनलाई कर गरिरहिन्। तिनले उनको अड्को आफ्ना मानिसहरूलाई बताइदिइन्।
18सातौँ दिनको सूर्यास्त पहिले नै सहरका ती मानिसहरूले शिमशोनलाई भने, “महभन्दा गुलियो के हुन्छ र? सिंहभन्दा बलियो के हुन्छ र?” शिमशोनले उनीहरूलाई भने, “यदि तिमीहरूले मेरी कोरलीलाई नजोतेका भए, “तिमीहरूले मेरो अड्को समाधान गर्ने थिएनौ।”
19तब याहवेहका आत्मा उनीमाथि शक्तिसाथ आउनुभयो। तिनी तल अश्कलोनमा झरे, र तिनीहरूका तीस जना मानिसहरूलाई मारे। तिनीहरूका सबै कुरा खोसे, र तिनीहरूका लुगाहरू ती अड्को फुकाउने मानिसहरूलाई दिए। तिनी रिसले चुर भएर आफ्ना बुबाको घरतिर गए।
20तर शिमशोनकी पत्नी त्यसै विवाहमा लोकन्त हुने साथीलाई दिइयो।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath