न्यायकर्ता 10
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1अबीमेलेकको मृत्युपछि इस्साखारका एक जना मानिस, अर्थात् दोदोका नाति, पुवाका छोरा तोला इस्राएललाई बचाउनका निम्ति खडा भए। तिनी एफ्राइमको पहाडी मुलुकको शामीरमा बस्थे।
2तिनले तेईस वर्षसम्म इस्राएलमाथि नेतृत्व गरे, तब तिनी मरे, र शामीरमा गाडिए।
3तिनीपछि गिलादी याईर आए, जसले इस्राएलमाथि बाइस वर्षसम्म नेतृत्व गरे।
4तिनका तीस जना छोराहरू थिए, जो तीस वटा गधामाथि सवार हुने गर्थे। तिनीहरूले गिलादमा तीस वटा सहरहरूमाथि अख्तियार चलाउँथे, जसलाई आजको दिनसम्म हव्वोत-याईर भनिन्छ।
5याईर मरेपछि तिनी कामोनमा गाडिए।
6फेरि पनि इस्राएलीहरूले याहवेहको दृष्टिमा दुष्टता गरे। तिनीहरूले बाल तथा अश्तोरेतका आकृतिहरू, अराम, सीदोन, मोआब, अम्मोनी र पलिश्तीहरूका देवी-देवताहरूको सेवा गरे। इस्राएलीहरूले याहवेहलाई त्यागेर उहाँको सेवा गर्न छाडेका कारण,
7उहाँ इस्राएलीहरूसित रिसाउनुभयो। उहाँले तिनीहरूलाई पलिश्ती र अम्मोनीहरूका हातमा बेचिदिनुभयो।
8त्यस वर्ष तिनीहरूले इस्राएलीहरूलाई दमन गरेर सताए। तिनीहरूले अठार वर्षसम्म सारा इस्राएलीहरूलाई यर्दनको पूर्व एमोरीहरूको देश गिलादमा थिचोमिचो गरे।
9अम्मोनीहरू पनि यहूदा, बेन्यामीन र एफ्राइमका घरानासित लडाइँ गर्न यर्दन तरे; अनि इस्राएल ठूलो सङ्कष्टमा पर्यो।
10तब इस्राएलीहरूले यसो भनेर याहवेहको पुकार गरे, “हामीले हाम्रा परमेश्वरलाई त्यागेर बाल-देवताहरूको सेवा गरेर तपाईंको विरुद्धमा पाप गरेका छौँ।”
11याहवेहले जवाफ दिनुभयो, “जब इजिप्टियन, एमोरी, अम्मोनी, पलिश्ती,
12सीदोनी, अमालेकी, र माओनीहरूले तिमीहरूलाई सताए, र तिमीहरूले सहायताका निम्ति मलाई पुकार्यौ, तब के मैले तिमीहरूलाई तिनीहरूका हातबाट रक्षा गरिनँ र?
13तर तिमीहरूले मलाई त्यागेर अरू देवी-देवताहरूको सेवा गर्यौ। यसकारण अब म फेरि तिमीहरूलाई छुटाउनेछैनँ।
14जाऊ र तिमीहरूले रोजेका देवी-देवताहरूलाई पुकार। तिमीहरू विपत्तिमा पर्दा तिनीहरूले नै तिमीहरूलाई बचाऊन्!”
15तर इस्राएलीहरूले याहवेहलाई भने, “हामीले पाप गरेका छौँ। तपाईंलाई जे ठिक लाग्छ, हामीसित त्यही गर्नुहोस्! तर दया गरी अहिले हामीलाई छुटाउनुहोस्।”
16तब तिनीहरूले तिनीहरूसित भएका विदेशी देवी-देवताहरू फालिदिए, र याहवेहको सेवा गरे। अनि उहाँले इस्राएलको कष्ट अरू सहन सक्नुभएन।
17जब अम्मोनीहरूलाई हतियार भिर्ने आह्वान भयो र तिनीहरूले गिलादमा छाउनी हाले, तब इस्राएलीहरूचाहिँ भेला भएर मिस्पामा छाउनी हाले।
18गिलादका मानिसहरूका अगुवाहरूले आपसमा भने, “जसले अम्मोनीहरूमाथि पहिले आक्रमण गर्ला, त्यही नै गिलादमा बस्ने सबैको मुखिया हुनेछ।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath