याकोब 2
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू हाम्रा महिमित प्रभु येशू ख्रीष्टमा विश्वास गर्नेहरू भएकाले पक्षपात नगर।
2मानौँ, तिमीहरूका सभामा एक जना मानिस सुनको औँठी र सुन्दर लुगा लगाएर आयो, र झुत्रे लुगा लगाएको गरिब मानिस पनि आयो;
3यदि तिमीहरूले सुन्दर लुगा लगाएको त्यस मानिसलाई विशेष ध्यान दिएर “तपाईंको लागि यहाँ असल ठाउँ छ” भन्छौ र त्यस गरिब मानिसलाई चाहिँ “तिमी त्यहीँ उभ” अथवा “भुइँमा मेरो पाउनिर बस” भन्छौ भने,
4के तिमीहरू आपसमा पक्षपात गरेर दुष्ट विचारले न्याय गर्नेहरू भएनौ र?
5मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, ध्यानसित सुन! के संसारको नजरमा गरिब भएकाहरूलाई परमेश्वरले विश्वासमा धनी बनाउन र उहाँलाई प्रेम गर्नेहरू सबैलाई प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारी हुनलाई चुन्नुभएको होइन र?
6तर तिमीहरूले त गरिबहरूलाई अपमान गरेका छौ। के तिमीहरूलाई शोषण गर्ने धनीहरू नै होइनन्? के तिमीहरूलाई अदालतमा घिसारेर लाने धनीहरू नै होइनन्?
7के तिनीहरूले त्यही आदरणीय नामको निन्दा गर्दैनन्, जुन नामले तिमीहरू बोलाइएका छौ?
8यदि “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्ने पवित्र धर्मशास्त्रमा पाइने व्यवस्थाको नियमलाई तिमीहरूले पालन गर्दछौ भने तिमीहरूले ठिक गर्दैछौ।
9तर तिमीहरूले पक्षपात गर्यौ भने तिमीहरूले पाप गर्दछौ र व्यवस्थाले तिमीहरूलाई व्यवस्था उल्लङ्घन गरेको दोष लगाउँछ।
10किनकि कसैले व्यवस्थाका सबै कुरा पालन गर्दछ, तर एउटै कुरामा पनि त्यो चुक्छ भने त्यो सम्पूर्ण व्यवस्था उल्लङ्घन गर्नेजस्तै दोषी हुनेछ।
11किनकि जसले “व्यभिचार नगर्नू” भन्नुभयो, उहाँले “मानव हत्या नगर्नू” पनि भन्नुभयो। यदि तिमीहरू व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरू व्यवस्था उल्लङ्घन गर्नेहरू भयौ।
12स्वतन्त्रता दिने व्यवस्थाद्वारा तिमीहरू जाँचिनेछौ भनेर त्यही किसिमले बोल र काम गर;
13किनकि दया नगर्ने हरेकलाई दयाविना नै न्याय गरिनेछ। दया न्यायमाथि विजयी हुन्छ।
14हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यदि कुनै मानिसले मसँग विश्वास छ भनी दाबी गर्छ, तर कामहरूचाहिँ गर्दैन भने के फाइदा भयो र? के त्यस्तो विश्वासले तिनीहरूलाई बचाउन सक्छ र?
15मानौँ, कोही दाजुभाइ-दिदीबहिनीहरूलाई वस्त्र र दैनिक भोजनको खाँचो छ;
16अनि तिमीहरूमध्ये कसैले तिनलाई “म तिम्रो भलो चिताउँछु, जाऊ र न्यानो बस, अघाउने गरी खाऊ” भन्यो, तर तिनका शारीरिक खाँचोहरूचाहिँ पुर्याइदिँदैन भने त्यसबाट के फाइदा हुन्छ र?
17यस्तै किसिमले कामविनाको विश्वास पनि मरेतुल्य हुन्छ।
18तर कसैले भन्ला, “तिमीसँग विश्वास छ, तर मसँग कामहरू छन्।” कामविनाको तिम्रो विश्वास मलाई देखाऊ, र म तिमीलाई मेरो कामद्वारा आफ्नो विश्वास देखाउनेछु।
19परमेश्वर एक मात्र हुनुहुन्छ भनी तिमी विश्वास गर्छौ; यो असल कुरा हो! दुष्ट आत्माहरूले पनि त्यो विश्वास गर्छन् र काँप्तछन्।
20ए मूर्ख हो, के कामविनाको विश्वास व्यर्थ हो भनेर तिमी बुझ्दैनौ?
21आफ्नो पुत्र इसहाकलाई वेदीमा अर्पण गर्दा के हाम्रा पुर्खा अब्राहाम तिनका कामहरूद्वारा धर्मी ठहरिएका होइनन् र?
22तिमी देख्दछौ, तिनको विश्वास र काम एकसाथ मिलेर काम गर्दैथिए, र तिनले जे गरे, त्यसबाट तिनको विश्वास पूरा भयो।
23“अब्राहामले परमेश्वरमाथि विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो” भन्ने पवित्र धर्मशास्त्र पूरा भयो; र तिनी परमेश्वरका मित्र कहलिए।
24तिमीहरू देख्छौ, विश्वासले मात्र होइन, तर मानिसले जे गर्छ, त्यसबाट ऊ धर्मी ठहरिन्छ।
25यस्तै किसिमले राहाब वेश्या पनि, जब तिनले ती जासुसहरूलाई आश्रय दिएर अर्को दिशातिर पठाइदिइन्, तब के तिनी कामबाट धर्मी ठहरिएकी थिइनन् र?
26जसरी शरीर आत्माविना मरेतुल्य हुन्छ, त्यसरी नै विश्वास पनि कामविना मरेतुल्य हुन्छ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath