यशैया 66
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1याहवेह यसो भन्नुहुन्छ: “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो। मेरा निम्ति तिमीहरूले कहाँ भवन बनाउँछौ? मेरो विश्रामस्थल कहाँ हुनेछ?
2के मेरै हातले यी सबै थोक बनाएको होइन, र यसरी अस्तित्वमा आए?” याहवेह घोषणा गर्नुहुन्छ। “त्यो मानिस, जसलाई म निगाह गर्छु: जो नम्र र आत्मामा दीन छ; अनि जो मेरो वचनमा आज्ञाकारी छ।
3तर जसले बहर बलिदान चढाउँछ, त्यो त कुनै मानिस हत्या गर्नेजस्तै हो, र जसले थुमा चढाउँछ; त्यो कुकुरको घिच्रो भाँच्नेजस्तै हो; जसले अन्नबलि चढाउँछ, त्यो सुँगुरको रगत चढाउनेजस्तै हो; अनि जसले धूप चढाउँछ, त्यो मूर्तिपूजा गर्ने व्यक्तिजस्तै हो। तिनीहरूले आफ्नै मार्ग रोजेका छन्, र तिनीहरू आफ्ना घृणित कामहरूमा खुशी हुन्छन्;
4यसकारण म पनि तिनीहरूका निम्ति कठोर व्यवहार रोज्नेछु; अनि तिनीहरूले डर मानेका कुरा नै तिनीहरूमाथि ल्याउनेछु। किनकि मैले बोलाउँदा कसैले जवाफ दिएन, जब म बोलेँ, कसैले सुनेन। तिनीहरूले मेरो नजरमा दुष्ट काम गरे, र मलाई मन नपर्ने कुरा रोजे।”
5हे याहवेहको वचनमा आज्ञाकारी हुनेहरू हो, याहवेहको वचन सुन: “तिमीहरूका दाजुभाइहरू, जसले तिमीहरूलाई घृणा गर्छन्; अनि मेरो नामको कारण तिमीहरूलाई बहिष्कार गर्छन्, र तिनीहरूले यसो भनेका छन्, ‘याहवेहको महिमा होस्, ताकि हामी तिमीहरूको आनन्द देख्न पाऔँ!’ तर तिनीहरू शर्ममा पर्नेछन्।
6सहरबाट निस्केको होहल्ला सुन, मन्दिरबाट निस्केको आवाज सुन! यो आफ्ना शत्रुहरूलाई सुहाउँदो बदला लिनुहुने याहवेहको आवाज हो।
7“प्रसव वेदना सुरु हुनुभन्दा पहिले नै त्यसले जन्माउँछे; त्यसलाई व्यथा लाग्नुभन्दा पहिले नै त्यसले एउटा छोरा जन्माउँछे।
8के कसैले यस्तो कुरा कहिल्यै सुनेको छ? के कसैले यस्तो कुराहरू कहिल्यै देखेको छ? के कुनै राष्ट्रलाई एकै दिनमा उत्पन्न गराउन सकिन्छ, अथवा कुनै जाति एकै क्षणमा उत्पन्न हुन सक्छ? तर सियोनलाई व्यथा लाग्नसाथ त्यसले आफ्ना सन्तान जन्माउँछे।
9के मैले प्रसव वेदनासम्म ल्याएर पनि जन्मन दिन्नँ र?” याहवेह भन्नुहुन्छ। “के म जन्माउन लाउनेले, गर्भलाई थुन्छु र?” तिमीहरूका परमेश्वर भन्नुहुन्छ।
10“यरूशलेमलाई मन पराउनेहरू सबै त्यससित रमाओ र त्यसको निम्ति खुशी होओ; त्यसको निम्ति शोक गर्नेहरू सबै त्यससित ज्यादै हर्षित होओ।
11किनकि तिमीहरूले त्यसको सान्त्वनाको स्तनपान गर्नेछौ र तृप्त हुनेछौ; तिमीहरूले बेसरी पिउनेछौ र त्यसको दूधको प्रशस्ततामा आनन्दित हुनेछौ।”
12किनकि याहवेह यसो भन्नुहुन्छ: “म नदीझैँ शान्ति र जातिहरूका धन उर्लंदो भेलझैँ त्यसतर्फ फैलाउनेछु; तिमीहरूले दूध पिउनेछौ र हातमा बोकिनेछौ; अनि त्यसको घुँडामा उफ्रनेछौ।
13एउटी आमाले आफ्नो बालकलाई सान्त्वना दिएझैँ, म तिमीहरूलाई सान्त्वना दिनेछु; अनि तिमीहरूले यरूशलेममा नै सान्त्वना पाउनेछौ।”
14जब तिमीहरूले यो देख्छौ, तिमीहरूका हृदय रमाउनेछन्, र तिमीहरू घाँसझैँ मौलाउनेछौ; याहवेहको मदतको हात उहाँका सेवकहरूमाथि पसारिनेछ, तर उहाँको क्रोध उहाँका शत्रुहरूमाथि देखाइनेछ।
15हेर, याहवेह आगोको साथमा आउँदैहुनुहुन्छ, र उहाँका रथहरू आँधीबेहरीझैँ छन्; उहाँले आफ्नो रिस प्रकोपसित र उहाँको हप्की आगोको ज्वालासित ल्याउनुहुनेछ।
16किनकि याहवेहले सबै मानिसहरूमाथि आफ्नो न्याय आगो र तरवारले गर्नुहुनेछ; याहवेहद्वारा मारिने मानिसहरू धेरै हुनेछन्।
17याहवेह घोषणा गर्नुहुन्छ, “तिनीहरू जसले सुँगुर, मुसाको मासु र अरू अशुद्ध चीजहरू खानेहरूका बीचमा भएकालाई पछ्याएर बगैँचासम्म जानलाई आफूलाई पवित्र र शुद्ध पार्छन्—तिनीहरूले पछ्याउनेसँगै तिनीहरूको अन्त्य एकैसाथ हुनेछ।
18“किनकि म तिनीहरूका योजनाहरू र कामहरूको कारण सबै भाषा र जातिहरूलाई एकसाथ भेला गराउन आउन लागेको छु; अनि तिनीहरूले आएर मेरो महिमा देख्नेछन्।
19“म तिमीहरूको बीचमा एउटा चिन्ह राख्नेछु; अनि बाँचेकाहरूलाई म जातिहरूकहाँ पठाउनेछु—तर्शीश, लिबिया, लूदीहरू, जो धनुर्धारी हुन्; तूबल र ग्रीसमा मेरो कीर्तिको बारेमा नसुनेका र मेरो महिमा नदेखेका टाढाका टापुहरूमा पठाउनेछु। तिनीहरूले जातिहरूका बीचमा मेरो महिमा घोषणा गर्नेछन्।
20तब तिनीहरूले सबै देशहरूबाट तिमीहरूका दाजुभाइहरूलाई घोडा, रथ, खच्चर, ऊँट र गाडाहरूमा सवार गराई यरूशलेममा याहवेहको निम्ति भेटीको रूपमा मेरो पवित्र पर्वतमा ल्याउनेछन्,” याहवेह भन्नुहुन्छ। “इस्राएलीहरूले याहवेहको भवनमा विधिपूर्वक शुद्ध पारिएका भाँडाहरूमा आफ्ना अन्नबलि जसरी ल्याउँछन्, त्यसरी नै तिनीहरूले इस्राएलीहरूलाई ल्याउनेछन्।
21तब म तिनीहरूमध्ये केहीलाई पुजारी र केहीलाई लेवी हुनलाई पनि छान्नेछु,” याहवेह भन्नुहुन्छ।
22“जसरी मैले बनाएको नयाँ आकाश र नयाँ पृथ्वी मेरो सामु रहिरहनेछ, त्यसरी नै तिमीहरूका नाम र सन्तान पनि रहिरहनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
23“एउटा औँसीदेखि अर्को औँसीसम्म र एउटा शब्बाथदेखि अर्को शब्बाथ दिनसम्म सबै जातिहरू आएर मेरो सामु झुक्नेछन्,” याहवेह भन्नुहुन्छ।
24“तब तिनीहरू बाहिर जानेछन् र मेरो विरोध गर्नेहरूका मृत शरीरहरूलाई हेर्नेछन्; तिनीहरूलाई खाने किराहरू मर्नेछैनन्, न त तिनीहरूलाई जलाउने आगो निभ्नेछ; अनि तिनीहरू सबै मानिसहरूका लागि घृणित हुनेछन्।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath